Tuesday, May 6, 2014

गीत - साँझपख

साँझपख नदि किनार घुम्दै हात समाइ
सुर्यास्तका लालीकिरण चुम्दै हात समाइ

संसार भुल्थे अङ्गालोमा छातीमाथि शीर
भविस्यका मिठा सपना बुन्दै हात समाइ

अहो!कती सुन्दर हेर डुब्दैजादा त्यो घाम
भोलिभेट्ने फेरी है त, झुम्दै हात समाइ

थाहै नपाई दिन बित्थे साँझहरु´नी बित्थे
हाँस्दै हसाउदै कहिले, ठुम्दै हात समाइ

हाम्रो बाल-बैन्श हेर, यी यादहरुमा रोए
भुल्न गार्हो भयो अतित चुम्दै हात समाइ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...