Saturday, May 3, 2014

गीत /गजल:जिताइदिन्थे जिन्दगीमा

गीत /गजल
......................
आएहुन्थ्यो निस्ठुरी राशी जिताइदिन्थे जिन्दगीमा
अङ्गालो मा उसको हासी बिताइदिन्थे जिन्दगीमा
गुलाबी साँझहरु एकान्तमा एक्लै टोलाएर कट्छन्
फुलै फुलको माला गासी, पहिरी दिन्थे जिन्दगीमा
फुलबारिमा रमाउछु, भमरा सँग गीत प्रित साट्दै
तस्बिर यो छातीमा टासी कटाइदिन्थे जिन्दगीमा
गाएहुन्थ्यो मधुर गीत घन्काएर यी बनपाखाहरु
गुलाब का काडा तासी नचाइ दिन्थे जिन्दगीमा
छाएहुन्थ्यो नी बादल बनी माथिमाथि आकाशैमा
बनी ¨श्री¨को फराहा दासी रमाइदिन्थे जिन्दगीमा
.............................
राशी:धनको थुप्रो
तासी:ताछेर

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...