Saturday, May 3, 2014

गजल :अप्सराहरु लाज मान्न थाले

मेरा के कुरा अप्सराहरु लाज मान्न थाले 
गजल का ती उपमाहरु ताज मान्न थाले 

उफ!तिनै काफिया चस्काउने मन यो त्यसै 
हर बहर का शब्दहरु, नाज मान्न थाले

भिन्चिका रङ्ग उडे तिमीले कलम समाउदा
फेरी उनै मोनालिशाहरु, साज मान्न थाले

नगर बयान त्यसरी , ती मुस्कानहरुमा
आफ्नै मिलेका लहरहरु, राज मान्न थाले

मुहार देखाउन सकेनन् , किन हो शहरमा
नभएका खुशी पर्बहरु, आज मान्न थाले 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...