Saturday, May 3, 2014

गजल :अप्सराहरु लाज मान्न थाले

मेरा के कुरा अप्सराहरु लाज मान्न थाले 
गजल का ती उपमाहरु ताज मान्न थाले 

उफ!तिनै काफिया चस्काउने मन यो त्यसै 
हर बहर का शब्दहरु, नाज मान्न थाले

भिन्चिका रङ्ग उडे तिमीले कलम समाउदा
फेरी उनै मोनालिशाहरु, साज मान्न थाले

नगर बयान त्यसरी , ती मुस्कानहरुमा
आफ्नै मिलेका लहरहरु, राज मान्न थाले

मुहार देखाउन सकेनन् , किन हो शहरमा
नभएका खुशी पर्बहरु, आज मान्न थाले 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...