Sunday, May 4, 2014

गजल - तिम्रो गिठो बिकेपछी

मेरा चामल कुहिदा तिम्रो पिठो बिकेपछि
भारी दाउरा नबिकी तिम्रो सिट्ठो बिकेपछि

बोल्नेको चामल भन्दा पोल्नेको पिठो उत्तम
सक्रान्ती तरुल भन्दा तिम्रो गिठो बिकेपछि

छिप्छिपेमा हात डोबी सागरमा चोब्न जाने
डिटर्जेन्ट बजार मा,तिम्रो रिठो बिकेपछि

खानैछाडे झिनुवाको उसिनेकोमा पल्केपछी
हलुवाको दुकानमा, तिम्रो लिटो बिकेपछि
 
किन छर्छौ सहानुभुतिका, खाली पर्चाहरु
हुकुमी धरातल मा तिम्रो, बिटो बिकेपछि



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...