Sunday, May 4, 2014

गजल - तिम्रो गिठो बिकेपछी

मेरा चामल कुहिदा तिम्रो पिठो बिकेपछि
भारी दाउरा नबिकी तिम्रो सिट्ठो बिकेपछि

बोल्नेको चामल भन्दा पोल्नेको पिठो उत्तम
सक्रान्ती तरुल भन्दा तिम्रो गिठो बिकेपछि

छिप्छिपेमा हात डोबी सागरमा चोब्न जाने
डिटर्जेन्ट बजार मा,तिम्रो रिठो बिकेपछि

खानैछाडे झिनुवाको उसिनेकोमा पल्केपछी
हलुवाको दुकानमा, तिम्रो लिटो बिकेपछि
 
किन छर्छौ सहानुभुतिका, खाली पर्चाहरु
हुकुमी धरातल मा तिम्रो, बिटो बिकेपछि



No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...