Monday, May 12, 2014

गजल-बाटाको आची चलाएर हेरे


जलेर हेरे जलाएर हेरे
रेतमा पानी तलाएर हेरे

लागेन विश्वाश अझै मलाई
टुप्पोमा आँफै पलाएर हेरे

न मल चाहिने न जल धेरै
झुटको खेती फलाएर हेरे

पानी माथिको ओभानो बनेर
छेवैको ढुङ्गो गलाएर हेरे

अदुवा हलेदो नचिने जस्तो!
बाटाको आची चलाएर हेरे 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...