Monday, May 12, 2014

गजल-बाटाको आची चलाएर हेरे


जलेर हेरे जलाएर हेरे
रेतमा पानी तलाएर हेरे

लागेन विश्वाश अझै मलाई
टुप्पोमा आँफै पलाएर हेरे

न मल चाहिने न जल धेरै
झुटको खेती फलाएर हेरे

पानी माथिको ओभानो बनेर
छेवैको ढुङ्गो गलाएर हेरे

अदुवा हलेदो नचिने जस्तो!
बाटाको आची चलाएर हेरे 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...