Wednesday, May 7, 2014

गीत / गजल , रोउँ रोउँ लाग्यो आज

सोध्दै खोज्दै उन्को गाउँ जाउँ जाउँ लाग्यो आज
टिप्दै टिप्दै यीनै फुल, लाउँ लाउँ लाग्यो आज

कस्तो दिन आँखा जुध्यो भुल्न आज गाह्रो भयो
नाच्दै नाच्दै प्रेम गीत गाउँ गाउँ लाग्यो आज

उन्कै लागि गुन्यो चोलो मन भरी माया बोकी
दौडी दौडी भागी भागी धाउँ धाउँ लाग्यो आज

चिन्छु जस्तो लाग्छ गाउँ घर पनि किन किन
भेटी फर्की छिट्टै साँझ आउँ आउँ लाग्यो आज

दाँया होकी बाँया होला,  जाने बाटो उन्को गाउँ
सोधुं भने कोही छैन ,  रोउँ रोउँ लाग्यो आज

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...