Sunday, May 4, 2014

प्रित चोरेर लग्यौ गजल

आँखामा बास बसेर किन जित चोरेर लग्यौ
बोलन बोल केही त बोल प्रित चोरेर लग्यौ  

हरेक धड्कन सँगै, मलाई तड्पिन सिकाइ   
थाहै नपाइ मैले मेरो नै गीत कोरेर लग्यौ  

फिर्ता मागेकोछैन जेजे चुड्यौ तिमीले म बाट 
कसै सँग नमिले को हित चित फोरेर लग्यौ  

चुप चाप छौ कता गए हिजो का उनै हर्कत  
मन भित्रको अन्जान तिम्रै मित सोरेर लग्यौ 

छाती मा शिर राखी रुदा पाएका ति स्पर्सहरु  
भन्न लाज लाग्ने मेरा सबै रित जोरेर लग्यौ  



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...