Thursday, May 8, 2014

गजल: ईशारामा डुब्दैछु

सागर मझधारमा होइन किनारामा डुब्दैछु
आँखाको गहिराइमा होइन ईशारामा डुब्दैछु

कस्तो तिर चलायौ तिमीले भित्रभित्रै घाइते म
गजलको सतहमा होइन, मिशरामा छुप्दैछु

अचुक निशानामा परे कही कतै भाग्न सकिन
राज मात्र निशानामा होइन यी´चिरामा बुझ्दैछु

थाकेको छैन, भए चलाए हुन्छ अझै तिरहरु
ताक्छौ तिर छातीमा होइन यी´शिरामा फुक्दैछु

नखोज आइन्दा अब देखि¨आफन्त¨लाई बाहिर
पछ्यौरिको फेरोमा होइन, सितारामा लुक्दैछु



चिरा-घाऊ
शिरा-मुटुको धमनीशिरा
सितारा- महिलाले कपाल बाध्ने डोरी धागोमा हुने टल्कने 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...