Saturday, May 3, 2014

गजल - जिन्दगीलाई सलाम छ

हाँस्दाहाँस्दै रुन सिकाउने जिन्दगीलाई सलाम छ
जिन्दगीमा रुन सिकाउने जिन्दगीलाई सलाम छ

बिना कम्प नै तरङ्ग किनार सम्म आउँदा पनि
सागरै मा  हुन सिकाउने जिन्दगीलाई सलाम छ

धुवाका मुस्लोहरु मा सप्त रङ्गहरु खोजी खोजी
आशुले नै धुन सिकाउने जिन्दगीलाई सलाम छ

मोह र त्रिस्णा समानन्तर परिभाषा मायालु सँग
शन्कैशन्का छुन सिकाउने जिन्दगीलाई सलाम छ

भित्र मरेर आँफै दुनियाँ बाच्न सिकाउनेहरु लाई
अध्यारोमा ज्युन  सिकाउने जिन्दगीलाई सलाम छ

कसले कसरी कस्तो व्याख्या गर्छन् जिन्दगीको यहाँ
मरी बाँच्न पुन: सिकाउने जिन्दगीलाई सलाम छ  

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...