Monday, May 12, 2014

गजल प्रौढ मर्की मर्की हेर्छन्

तिमी लाई मान्छेहरु फर्की फर्की हेर्छन्
डेरा सरी किन होला तर्की तर्की हेर्छन्

हिजो सम्म हाम्रो गाउँघर यस्तो थिएन
तिम्रो आगमन सबै, कर्की कर्की हेर्छन्

राज केछ मुहारमा केबल तिम्रो चर्चा
युवा मात्र हैन प्रौढ मर्की मर्की हेर्छन्

सगर बाट जुन घाम, पालै पालो गरी
परीहरु टिपी पुष्प, छर्की छर्की हेर्छन्

बषन्त पालुवामा हरियाली बाड्दै मेघ
बिज्ली गर्जी आङ्गनमा दर्की दर्की हेर्छन्



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...