Friday, May 9, 2014

सपना टुटाउदै छन् मेरा मेरै जिन्दगीमा

सपना टुटाउदै छन् मेरा मेरै जिन्दगीमा
बिपना फुटाउदै छन् मेरा मेरै जिन्दगीमा

माछोमाछो भ्यागुतो झुक्याय किन अती मलाई
सम्बन्ध छुटाउदै छन् मेरा मेरै जिन्दगीमा

खै?कस्तो सहयात्री बनी साथ दिए हिजो सम्म
पराई खुट्याउदै छन् मेरा मेरै जिन्दगीमा

निभेको आगो त यहाँ कसले पो ताप्छ भन्नुस्
दुश्मन जुटाउदै छन् मेरा मेरै जिन्दगीमा

धकेल्न छाडी शिखरमा खुट्टा तान्न लागि परे
¨आफन्त¨ कुटाउदै छन् मेरा मेरै जिन्दगीमा

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...