Thursday, May 1, 2014

घोचो १

 (दोश्रो कोशीस)

काडाले घोच्छ भन्थे कोपिलाले घोच्यो मलाई
तिरले भन्दा भन्दै, बचनले रोप्यो मलाई
कमलको मौषममा गुलाबमा आँखा लाग्यो
प्रितको बगानमा, बारुलाले छोप्यो मलाई
तिरले भन्दा भन्दै, बचनले रोप्यो मलाई
प्रितको बगानमा, बारुलाले छोप्यो मलाई
--------------------------------------------------
घोचो २ 

सल्लाह जान्ने भए मान्छे बन्दुक किन बोक्थे 
सहमती जान्ने भए मान्छे मान्छे किन टोक्थे 

मेरा गोरुका बार्है टक्का नत्र राके जुलुश
सुझाब सुने औठा छापे टाउको किन ठोक्थे 

सहमती जान्ने भए मान्छे मान्छे किन टोक्थे
सुझाब सुने औठा छापे टाउको किन ठोक्थे

These 2 GHOCHOS were completely new creations of mine...

1st May,2014.

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...