Saturday, May 3, 2014

मेरा कबिताहरु !

मेरा कबिताहरु !

किन अबमुल्यन हुँदैछन् ?
मेरा कबिताहरु
हो म स्थापित कबी होइन
बिस्थापित पनि छैन
वास्तवमा म कबी पनि होइन,
तर मेरा भावनाहरु कबिता??
हुन्, छन् र रहनेछन्।
घसिटपसिट शब्दहरु छैनन्
जे छन् यथार्थ र सरलिकरण छन्,
तर आधुनिक
सम,देवकोटा,शिरोमणीहरुको
माहोलमा अबमुल्यन हुन थालएका छन्
मेरा कबिताहरु।
कसैले कलम थमाएका होइनन्
मेरा हातमा,स्व-स्फुर्त चलेका हुन्
कुनै क्रान्तिको छलाङ मारेका नहोलान्
कुनै स्वघोसित महाकबिको ¨तथास्तु¨
नभेटेका पनि होलान् तर,
कबिताका तत्व छन् जहाँ
मानबताका प्रेम र क्रन्दन छन् तहा,
परन्तु किन, लत्याइदै छन्
मेरा कबिताहरु
बोल्नेको पिठो भएको छ
दुश्मनहरुलाई मिठो भएका छ्न्
मेरा कबिताहरु,
सहस्राब्दिका ज्वलन्त वास्तबिकता छ्न्
आजको समाज र समाजको बाटो
इन्कित छन्,अन्कित हुँदाहुँदै पनि
किन धरासायी पारीदैछन्
मेरा कबिताहरु,
जहाँ माया प्रितीका दोहोरी छन्
राता झन्डा उचालेका क्रान्तिका गीत छन्
कान्दा र बादरमुढेका चित्कार छन्
कर्णाली र भेरीका सचित्र बर्णन छन्
गौतम बुद्ध र सगरमाथालाई सँगसङै बोकेका छन्
मालश्री र सारङ्गीका धुनमा बज्न सक्छन्
बिहानी पखको जुन सँग रुन सक्छन्
मायालुहरुको मन हुन सक्छन्
मेरा कबिताहरु
शेल्ली र शेक्स्पियरका अनुवाद होइनन्
न कुनै आफन्तीका भावानुवाद हुन्
नितान्त मौलिक छन्
मेरा कबिताहरु,
तर किन बन्चित छन्
कबिताहरुको सागर बाट?
हृदयका सन्चित चाहना
गतिशिल र चेतनशिल छन्
मेरा कबिताहरु!
अहम् होइनन् मेरा शब्दहरु आज
केबल, उज्यालो खोज्दैछन्
कदर होस् भनी गुनासो पोख्दै छन्
गहिराइ मा छन् मेरा कबिताहरु
छिपछिपे हिलोमा मात्र होइनन् ।

श्रीभक्त पौडेल
रामपुर चितवन
हाल स्पेन
३ मे, २०१४

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...