Sunday, April 5, 2015

प्रेम पूजारीहरु

शहर् शहरमा, भेटिन्छन्न् प्रेम पूजारीहरु
नजान्दा धुलोमा, मेटिन्छन् प्रेम पूजारीहरु
भक्ति र भगवान्, नचिनेर सायद यहाँ
मन्दिर् अगाडीनै, रेटिन्छन् प्रेम पूजारीहरु

ईशारै ईशारामा, आग लाग्न सक्छ
नहेर जिन्दगीमा दाग लाग्न सक्छ

ठप्प पारेर देश चुस्किमा रमाउछौ
ट्यांकर रोकेर ह्विस्कीमा रमाउछौ

देवता त तस्बिर र मुर्तिमा हुन्छन्
तिमी धर्तिमा रहन सिक मान्छे भएर !

नसारी प्यालामा, पिउंछन् प्रेमका रोगीहरु
फाटेका दिल´नी, सिउंछन् प्रेमका रोगीहरु
भागेर जिन्दगीमा, फर्कान्छन् उही गोरेटो
अाई बजार´मा, जिउंछन् प्रेमका रोगीहरु

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...