Wednesday, April 15, 2015

जननी जन्मभूमिश्च

स्वदेशको बाटो भुले पनि, माटो नभुलौं
पुरानो घाऊ दुख्न सक्छ, खाटो नभुलौं

नभन बिर्सि सकें, बाल´सखी सङ्गिहरु
हुर्की बढी खेलेका गाउँले, पाटो नभुलौं

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी
अपूर्ण रहे पनि जन्मको, साटो नभुलौं

हिमाल´ले लोभ्याउंछ, सगरमाथा शिर
उकाली´मा टेकेका तिनै, भाटो नभुलौं

बिझाउन्न घांटी, झिनुवा बासमतीले तर
यो भिरपाखामा पौरखीका, आटो नभुलौं

बैशाख २ ,२०७२ बुधवार 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...