Tuesday, April 21, 2015

गजल जाम लिने छैन

भुलेर् बेईमानी´को, नाम लिने छैन
फेरी उस्कै नामको, जाम लिने छैन

विश्वाश सारा उड्यो, पिरतीको पंक्षि
खांदै बाचा कसम, राम लिने छैन

धोका रहेछ माया, नबुझ्नाले हिजो
भोलि कसैको हात, थाम लिने छैन

दोबाटो´को फकीर, प्रेम´को पूजारी
सुनाएर् आफन्तले, दाम लिने छैन

लेख्नेछु कथा बेथा, जिन्दगीका यहाँ
बेचि आफ्नै कहानी, खाम लिने छैन 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...