Friday, April 24, 2015

लामा लाग्छन् रातहरु

लामा धेरै लामा, लाग्छन् मेरा रातहरु
भाग्य चोर्न होकी, माग्छन् मेरा हातहरु

बाचा लामै गरेपनि, बिच त्यो बाटोमा
थाहा छैन किन, भाग्छन् मेरा साथहरु

पराई को के कुरा भो, आज भोली यहाँ
आफ्ना´हरु झुटा, मान्छन् मेरा बातहरु

होशमा को छ र, तै पनि यो शहरमा
नाटक हो कि झैं , ठान्छन् मेरा मातहरु

लामा धेरै लामा, लाग्छन् मेरा रातहरु
बैगुनी´ले ब्यर्थै, ताक्छन् मेरा रातहरु  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...