Monday, April 27, 2015

खै कस्तो खेल खेल्यो दैबले

चार कांध नशिव नभएका मृत्‍युहरु
अभावमा जलिरहेका छन्
दाउरा घ्यु दागबत्तीहरुको,
चिता आँफै दङ्ग छन्,
रोएका देखिन्छन् धुवां पनि,
आङ्गन घाट बनेका छन्
अहो कति कठोर् हुँदो रहेछ मृत्‍यु
बांचेका पनि मृत्‍यु सरह,
बगरहरु ढाकिका छन्।
शहरहरु रुमल्लिएका छन्
कंक्रिटहरुको चिहानमा।
खै के हेरेर बसेको छ दैब ??

खै कस्तो खेल खेल्यो दैबले
हिमालयको काखमा,
धारेहात लगाएर र
सराप्दा दैबलाई आँफै थाकिसकें,
-----------
बैशाक १४,२०७५


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...