Friday, April 24, 2015

जिन्दाबाद लोकतन्त्र

पटक पटक् चुनाव, रहेछ लोकतन्त्र
आखिर बन्दकिताब, रहेछ लोकतन्त्र

भ्रस्टचार बलत्कार, निकै मौलाएछ
बुझियो नयाँ नकाव, रहेछ लोकतन्त्र

नेता त सधैं दुलाहा, जन्ती जनार्दन
मुख भरिको जवाफ, रहेछ लोतन्त्र

सहिदको त्यो सपना, रगत कस्ले बुझ्ने
कुर्ची कुर्चिको हिसाब, रहेछ लोकतन्त्र

मनायौ काटी रिवन!, यस साल पनि
मत्स्य न्याय निशाफ, रहेछ लोकतन्त्र

आफन्त 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...