Friday, April 24, 2015

लजाउन चाहन्छु

मनको सृङ्गार नयनमा, सजाउन चाहन्छु
हर रात नब दुलही झैं, लजाउन चाहन्छु

अाइन्दा नभन ब्यर्थै आँसु, बगायौ तिमीले
तिम्रोलागि नै आँसु मोती, बनाउन चाहन्छु  

निम्ताएको छु स्वर्गका सारा, परि र ताराहरु
बुझ्यौ नी स्वागतमा तिम्रो, नचाउन चाहन्छु

निरस लाग्छन् हरमौसम, गीत अनी संगीत
सायद कसिलो अंगालोमा, रमाउन चाहन्छु

ईशारा देउ आउनु अघि, प्रतिक्षामा रहुंला
अंधेरिमा यी चुरा पाउजु, बजाउन चाहन्छु



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...