Tuesday, April 21, 2015

अघोरीहरुले अब

नबांध मलाई बिन्ती, सिमा डोरीहरुले अब
रक्त् राजनीतिका भद्धा, र अघोरीहरुले अब

चिलाउंछ घिनाउंछु, कथित बाणिहरु सुन्दा
नलिय जनताको नाम, हे फोहोरीहरुले अब

भुल्यौ आखिर् पापपुण्य, भत्काएर मठमन्दिर
बिर्सने छैन बेनीम्याग्दी, माडी ठोरीहरुले अब

चाहंदिनन् आमा, कामना गर्दछिन निरन्तर
बोक्न नपरोस् बन्दुक, छोरा छोरीहरुले अब

कोही छैनौ ओभानो, पानी माथिका डाम्ना हो
डस्ने छ सल्कायौ हिजो, तिनै कोरीहरुले अब 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...