Thursday, April 23, 2015

सोच्दिन अब G

पराई सँग मनको कुरा खोल्दिन अब
तस्बिर हेर्दै एकलै एक्लै बोल्दिन अब

सम्झना बासी रहे यादहरुले पोले पनि
आउने जाने बटुवा सँग सोध्दिन अब

एक्लो जीवन एकलो यात्रा लेखेको यही
पुग्छु म जहाँ सहयात्री त खोज्दिन अब

अतित घाऊ बन्यो खाटो बसिसक्यो हिजै
बर्तमान´को सियोले ब्यर्थै घोच्दिन अब

को हो पराई को हो आफन्त नसोध बिन्ती
सोचेर के हुँदो रहेछ र?? सोच्दिन अब 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...