Thursday, April 16, 2015

के दोश







बषन्तमा फक्रिएनन, मालीको के दोश









बषन्तमा फक्रिएनन, मालीको के दोश
मुस्कुराएनन् ओठहरु लालीको के दोश

भिरको राम्रो लालिगुराँश्, आँखाको गाजल
लतपतियो त्यही गाजल, कालीको के दोश 

जालझेलमा दुनियाँ छ, कस्को छ विश्वाश
आफ्नो धर्म पुरा गर्छन्, जालीको के दोश

जोवन् चढ्यो पंख सँगै, गुँडको के माया
उडी जान्छन् चरीहरु, डालीको के दोश

बषन्तमा फक्रिएनन, मालीको के दोश
मुस्कुराएनन् ओठहरु लालीको के दोश ??

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...