Friday, April 24, 2015

बताउने कस्ले G

आफ्नाहरु आफ्नै हुन्छन्, बताउने कस्ले
न´भिजाई रुमाल् धुन्छन्, बताउने कस्ले

तारा झारे जमिनमा, सित बिलाई गयो
बातै बातमा जुन छुन्छन्, बताउने कस्ले

टुप्पो बाट पलाए कि, भुइँ भुलि गए
बिना त्यान्द्रो जाल बुन्छन्, बताउने कस्ले

बनावटी मुस्कान् उन्का, ओठ्मा हांसो छैन
भित्र-भित्रै एक्लै रुन्छन्, बताउने कस्ले

पिडा आफ्नै खुशी आफ्नै, आफ्नै जिन्दगानी
के आफ्नाहरु आफ्नै हुन्छन्, बताउने कस्ले 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...