Tuesday, April 21, 2015

पिरतीका गीत् गाऔं

चौकीदार नराख, तिम्रा गाउँ नाकाहरुमा
खोज्न आउँदैछु आँफैलाई ती आँखाहरुमा

नहेर भो त्यो एेना, मेरा किताबहरु पढ्
भेट्नेछ्यौ मुहार हरेक पन्ना खाकाहरुमा

ए सुन त कोईलीले बोलाएको छ तिमीलाई
कि म आउँदैछु हुँदै, तिम्रा बन् पाखाहरुमा

आउँदैछ आफन्त डोली जन्ती दुलाहा बनी
सिंगारीएर् बसे सानु, पाल्पाली ढाकाहरुमा

नसुन भो गीत अब न्याउली र सारङ्गिका
पिरतीका गीत् गाऔं मिलनका भाकाहरुमा 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...