Friday, April 24, 2015

छिटो बित्यो रात जो G

दुई मन, एक सिरानी, छिटो बित्यो रात जो
पापी लाग्यो त्यो बिहानी, छिटो बित्यो रात जो

आधा रात त्यसै बित्यो, चुप चाप थियौ हामी
लाज लाग्ने यो कहानी, छिटो बित्यो रात जो

सुस्त सुस्त् जून् पहाडमा, क्षितिज् रह्यो अंधेरोमै
मिठो चोखो हाम्रो जवानी, छिटो बित्यो रात जो

छोटो मिठो सानो संसार्, कल्पनाको परीधिमा
उन्दा उन्दै जिन्दगानी, छिटो बित्यो रात जो

अधर मा, निधार मा, छोडेका ति डोबहरु
खोज्दैछु ती निशानी, छिटो बित्यो रात जो 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...