Thursday, April 23, 2015

गीत कलेजी रेट्नलाई

नआउ ऊडि परी झैं भेट्नलाई
दिलमा बसी कलेजी रेट्नलाई

यो बन पाखा, नफुले के भो र
नलाउ माया तुरुन्तै मेट्नलाई

त्यसै पनि बग्यो आँसु नुनिलो
नुनीलोमा नै बिषालु फेट्नलाई

मनको यो घाऊ देख्दैन दुनियाँ
पछ्यौरी छनि दुनियाँ छेक्नलाई

मनको बह, आँखाको रह लाई
कसले रोक्ने कबिता लेख्नलाई

नआउ ऊडि परी झैं भेट्नलाई
दिलमा बसी कलेजी रेट्नलाई

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...