Thursday, April 16, 2015

म हुन्छु

खोज मलाई देशको पहरामा हुन्छु
बेली चमेली बनका लहरामा हुन्छु

शालीकग्राम खोज्दछु कालीगण्डकीमा
मुक्तिनाथका पवित्र छहरामा हुन्छु

पवित्र छन हाम्रा मेची महाकाली ति
नियाल्दै कान्तिपुर धरहरामा हुन्छु

चाँदनी दोधारा धनकुटा अनि हिले
इटहरी मेरै धरान् तरहरामा हुन्छु

सुन्छु म गायत्री धरम अहं बेच्दिन
सिक्छु ठूलोबर्णमाला कखरामा हुन्छु


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...