Wednesday, April 29, 2015

सरकार कहाँ छ? EQ

सोध्दै छ चौतारा सरकार कहाँ छ
यो जिन्दगीको सरोकार कहाँ छ?

ओइरिएको छ भन्छ राहतै राहत
भेटेनौं हामीले परोपकार कहाँ छ?

चाहिएन पहिचान बचाऊ आज नै
खोज्छौं आँफैले उपकार कहाँ छ?

जितार पठायौं राजधानी ए नेता
भोट् चाहिंदाको नमस्कार कहाँ छ

सोध्दै छ देशले सरकार कहाँ छ?
-आफन्त
बैशाख १६, २०७२
बुधवार
photo: onliekhabar.com 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...