Monday, April 13, 2015

रहेछ

चर्कने छाती, मन दुख्दो रहेछ
नयन भित्रै, आँशु सुक्दो रहेछ

देखाउँछु भन्छु, चर्किएका चिरा
दुनियाँ सामु, पिडा लुक्दो रहेछ

दिन्न म दोश, पुर्पुरो यो अभागी
हुने लाई सब्, थोक पुग्दो रहेछ

तथानाम् गाली, सत्तोसराप् गरेनी
उस्को सामुन्ने, शिर झुक्दो रहेछ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...