Monday, April 20, 2015

गजल राहू पुरानै

किन निको हुन्थ्यो, देशको घाऊ पुरानै
सताइ राख्ने त्यो, बन´को राहू पुरानै

सरापे कै त हो, आखिर सतिले यहाँ
छिर्कने हान्दै छ, छिमेकी साहू पुरानै

मुस्किल् छ सागर, ज्वारभाटा रोकिन्नन्
असक्त छ माझी, टुटेको नाऊ पुरानै

बुझ्दैनन् जनता, भए टाठा बाठा नेता
राजनीतिको खेल्, कुर्चिको दाऊ पुरानै

रेगिस्तान ढाक्यो, पौरखी पाखुरा उहिं
स्वदेश´मा हेर्नुस्, त बल´बाहु पुरानै

किन निको हुन्थ्यो, देशको घाऊ पुरानै
सताइ राख्ने त्यो, बन´को राहू पुरानै
----------------------
बलबाहु:-(बलिया पाखुरा, अरनिको को वास्तविक नाम पनि) 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...