Wednesday, April 15, 2015

गजल म छैन

छैन आज साथी, होशमा म छैन
जिन्दगी जिउने, जोशमा म छैन

थाकेको आकाश, देख्दछु सधैं नै
परन्तु उसै सँग्, रोशमा म छैन

पिडाको पहाड, दुखको सागर्´मा
खोजेर त हेर, कोशमा म छैन

परेला गरुङ्गा, प्याला भरी भरी
तरल् रैछ बग्ने, ठोसमा म छैन

छैन आज साथी, होशमा म छैन
जिन्दगी जिउने, जोशमा म छैन

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...