Thursday, April 23, 2015

पिरतीको, जात थाहा छैन G

दिन त यसै उसै बित्यो, रात थाहा छैन
भोलि सबेरै उनी सँ´को, बात थाहा छैन

रुवाउने र हसाउने, साहिनो गासौं भने
नसोध भो पिरती´को, जात थाहा छैन

बहार् लाग्छ हर मौषम, घाम जून एकै  
जिन्दगीमा आज सम्म, घात थाहा छैन

मनको चोखो नजरको चोखो, हजुर्‍कै काले
देखाउने र टोक्ने अर्कै, दात थाहा छैन

चढ्ने रैछ मन मन्दिरमा, टिपें फूलबारिमा
दुबो के हो कोपिला अनि, पात थाहा छैन


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...