---------
फूल्न छाडे बषन्तमा, माधुरी हराए
एक्लैभए भञ्ज्याङ्गहरु, लांकुरी हराए
पर्न पाए हुन्थ्यो बरु, जेजे पर्थ्योपर्थ्यो
दोबाटोमा जाल बुन्ने, माकुरी हराए
धेरै भयो धान नाच, उंभौली न'गाको
घुमीघुमी नांच्थ्यौं कतै, चाँचरी हराए 
कसले लुटे रङ्गहरु,, मेरा क्षितीजका
किन यस्तो लाग्छ आज, सिन्धुरी हराए
सुन्य लाग्छ ब्रिन्दाबन, जान्न म गोठालो
कृष्णा काले छैनन् कि, बांसुरी हराए ???