Sunday, August 30, 2015

छिटो चल्ने पलहरु

2011, gaighat tanahu visit,own click
छिटो चल्ने पलहरु, सुस्ताउन थाले जस्तो
उदाउन नपाई जून्, अस्ताउन थाले जस्तो

के के हुन्छ हिजो आज, मनै थिरमा छैन
अनिदो र बेचैनी´ले, फुस्काउन थाले जस्तो

खुशीखोज्छु अनुहार्´मा, चिथरुं झै हुन्छ किन  
प्लास्टिकका बट्टा पनि, मुस्काउन थाले जस्तो

यस्तो हुन्छ उस्तो हुन्छ, पिरतीमा परेपछि
आफन्तीका कुरापनि, उस्काउन थाले जस्तो

छिटो चल्ने पलहरु, सुस्ताउन थाले जस्तो
उदाउन नपाई जून्, अस्ताउन थाले जस्तो

लोकतन्त्र ल्यायौ !

लोकले नजानेको, ठोकतन्त्र ल्यायौ
नाम संघियताको, शोकतन्त्र ल्यायौ

दिन दहाडै, गोली बन्दुक र कर्फ्यु
बन्द र हड्तालको, रोकतन्त्र ल्यायौ

जनता अबुझ यहाँ, रोगी छ सरकार
गोरुका बार्है टक्का, खोकतन्त्र ल्यायौ

हुन्थेन ए शिर्श नेता, जनता जुधायौ
न´चाहिने आरक्षण, तोकतन्त्र ल्यायौ

हिलिक्क भै´यो नि, फोस्रा भाषणले
बुझाउ छिटो कस्तो, लोकतन्त्र ल्यायौ ?

चांदीका महलमा, भोक देखिन

चांदीका महलमा, भोक देखिन
खुशीका किनबेच, रोक देखिन

सायद स्वतन्त्रता, टिप्दै होलान
कहिं कतै पनि त, तोक देखिन

तामझाम्को दुनियाँ, रंगीन संसार्
पूर्बेली संस्कृतिको, लोक देखिन

भरिपूर्ण शहर्´मा, एक्लो महल
हांसोमुस्कान् नोक, झोक देखिन

खुलेआम चुम्दैछन्, दिवा सपना
मर्दैछन आफन्त , शोक देखिन


Wednesday, August 26, 2015

अपरिभाषित युद्ध र मन poem

एक साँझ 
दोमन मन अनि अर्धचेत मस्तिस्क
छातीमा चलेका बग्रेल्ती युद्ध बिरुद्ध
जायज नाजायज माग,
बिखण्डित छन्
धुवाँको आँधी, धुवाँकै बाढि
तहस नहस छन् बाली र बस्ती
मुर्दाको किन बेच चलाईएको छ    
हानथाप छ जिन्दगी मास्नलाई
जन्नतको आशामा कतै, त कतै
स्वर्गको अभिलाषामा,
भ्रमित छ आकाश पनि
रबी पुगेको ठाऊमा,
किन अन्धकार छ भनि
सूर्य मौन देखिन्छ,
आगो नै ओकलेपनि पोल्न छोडेको छ
सूर्यको तेज लाई नै चिस्याउने
युद्ध चलेको छ छातीमा,
अपरिभाषित युद्ध, शन्खघोष बिनाका
आँफै तिर फर्किएका बाण,बन्दुक र भाला
कोही मर्दैनन्, जहाँ सबै मर्छन्।
युद्धले नै धिक्कार्ने युद्ध
चलेको छ छातीमा,

हाम्रा इन्क्लाब जिन्दाबाद!!
तिम्रा इन्क्लाब मुर्दाबाद !!
दुनियाँ अचम्मित् छ भ्रमित छ
कुन्ठित छ,
आज इन्क्लाब बेमतलबको नारा बनेको छ
हर कोही सहिद कहलिन चाहन्छ,
सलामी लिन चाहन्छ।
मुर्दा नै किन नहोस्
राजनीतिको फराकिलो झन्डा ओढ्न चाहन्छ भने
जिउंदाहरुको के कुरा??

दोमन मन अनि अर्धचेत मस्तिस्क
छातीमा चलेका बग्रेल्ती युद्ध बिरुद्ध !!
------
अगस्ट २६, बुधवार २०१५
स्पेन 

Tuesday, August 25, 2015

उपहास नगर मायाको

उपहास नगर मायाको
माया नै त उपहार हो
शिशिरको तुषारो राख्दै
San Juan from San Pedro
दिएको मैले बहार हो,,

थुङ्गा थुङ्गा समालेर
बनाएको माला तिम्लाई
के दिन्थें र एउटा माला
तिम्रैलागि त गुल्जार हो,,

दिन्छु हात समाउ छिट्टै
जिन्दगी यो मझधार हो
स्पर्शलाई बुझ्न सक्छौ भने
चुमे हुन्छ दिलदार हो,,

गुनगुनाए हुन्छन् अब
पिरतीका, यी गीतहरु
जूनतारा मात्र होइनन्
यी अन्जुमनका सार हो,,

उपहास नगर मायाको
माया नै त उपहार हो

एक्लोपनले सायद मलाई कबी बनायो

एक्लोपनले सायद मलाई कबी बनायो
अंध्यारो लाई चिर्ने, मधुर रबी बनायो

हराउंछु एक्लै एक्लै, धेरै टाढा पुग्छु
आफ्नै शहरमा लौन अजनबी बनायो

बिर्सिएछु साथीसंगी याद आउन छाड्यो
समयलाई दोश केबल, मतलबी बनायो

थर्थराउंथे औंलाहरु भक्कानिन्थ्यो छाती
दुइचार अक्षर कोर्न सक्ने खुबी बनायो

शब्दको साहाराले जिन्दगीको पुल बन्यो
यो ¨पौडेलले¨ आफन्तको छबी बनायो !!!

लेख्दिन गीत अब, माया पिरतीका

Amara Iron bridge
लेख्दिन गीत अब, माया पिरतीका
गाउनेहरु मायाप्रेम, लाउन बिर्सिसके

शुशेलेर ईशारामा, खोला वारी-पारी
गोधुलिमा देउराली, धाउन बिर्सिसके

दोहोरी र रोधि घर, भत्किए गाउँमा
खैंजेडिमा घांटु मिठा, गाउन बिर्सिसके

मायालु नै पर्देसिए, चोखो माया मारी
सम्झिएर लेक बेन्शी, आउन बिर्सिसके  

झरीपर्दा कर्कलाको, एउटै पात ओढ्थ्यौं
त्यही पातले जिन्दगी, छाउन बिर्सिसके

Monday, August 24, 2015

गीत दुनियाँले मलाई आँसु दियो

23 .08.2015, calle san pedro´
यो दुनियाँले मलाई आँसु दियो
केही यहाँ खसे केही त्यहाँ खसे
केही मिठा पल बिते केही तिता
मन भित्रकाले यो छातीमा डसे ।।

साँझको बेला
मन मझेरीमा बास मागे
मध्यरातमा छुरी झिकी
एकाएक दिलमा धसे

यो दुनियाँले मलाई आँसु दियो

तारा हुँं सितारा हुँं तिम्रो आकाशको
भन्दै, बिना निम्तो आङ्गनिमा खसे
आँखामा काखमा दिलमा डेरा कसे
थाहै पाईन मन मुटु कहाँ कहाँ पसे

यो दुनियाँले मलाई आँसु दियो


Sunday, August 23, 2015

रमाइलो मात्र

लाछी´डोरी बिर्सिएर जुल्फी काट्यौ अरे
दोबाटोमा पराई सँग् कुल्फी साट्यौ अरे

रेगिस्तान स्वामिराजा फोटो हेर्दै रुन्छन्
सासुसँग मन्दिर् भन्दै ढल्की ढांट्यौ अरे

रातभर् फोनमा झुन्डी दिन्मा सन्चो छैन
साँझपख लालीपाउडर् सेल्फी आट्यौ अरे

केछ् काली केछ् सानु सञ्चै छ्यौ भन्दा
तिम्रै लागि ब्रत बस्छु काफी छांट्यौ अरे

आजआज भोलीभोली स्वामी आउने दिन्मा
कुम्लाएर्  गर-गहना अन्तै फाट्यौ अरे

गीत मन छोएर उड्यो बतास

in bus ALSA on the way to Eiber (July)
मन छोएर उड्यो बतास,, उन्को आगमनमा
मलाई किन एस्तो हतास, जून्को आगमनमा

परेलीमा लुकाइ राख्थें,, सपनामा सङ्ग सँगै
एकोहोरो एक तमास,, धून्को आगमनमा

सर्सराए पालुवा ति, थर्थराए यी ओठ मेरा
गोधुलीको झम्के साँझ, धूल्को आगमनमा

यौवनको माधुर्यता, बसन्तको आङ्गनीमा
पिरतीमा बातै छन् खास, फूल्को आगमनमा

मन छोएर उड्यो बतास,, उन्को आगमनमा
मलाई किन एस्तो हतास, जून्को आगमनमा

Saturday, August 22, 2015

बन्दका परीबेशमा मुक्तक र तियाली

नपरोस् सुन्न भोली, गाडी जलेको  
लागेर इँट्टा र गोली, साथी ढलेको
ठेलेर ठेला बाँच्न, चाहन्छ् माइलो
भोकले रित्तो झोली, माथि गलेको
,,,,
कस्तो लोकतन्त्र जन्मियो हे राम 
सधैं´भरि ढुङ्गा मुंढा चक्का जाम
काम बिना कसोरी खाने हो माम ?
,,,,
खै के राखेको रहेछ, यो बन्दमा 
कसोरी उंभो लागोस् देश मन्दमा 
रमाउंछ मान्छे किन, दु´र्गन्धमा ??
,,,,
खै के राखेको रहेछ, यो बन्दमा साथी 
कसोरी उंभो लागोस् देश मन्दमा साथी 
तियाली तानेर मुक्तक पो बनाएं हजुर
रमाउंछ मान्छे किन, दु´र्गन्धमा साथी?? 
-आफन्त



बे´छन्दका बन्दको, मारमा छ देश

बे´छन्दका बन्दको, मारमा छ देश
मुस्किल् तरबारको, धारमा छ देश

लुट्नेले फुटिन्जेल, खान पाएका छन्
सिधासाधा जन्ताको, भारमा छ देश

सपना धेरैदेखे, लोकतन्त्र गणतन्त्रको
शिखर् चुम्नपर्ने जो, झारमा छ देश

जित्ने शिर्श् महापुरुश्, मन्दिर् पूजारीको
असफल् लडाकुको, हारमा छ देश

मह काड्नेले नै त, हात चाटने छ
रानो´ले नै चुसेको, घारमा छ देश
------
हार:लाइन  

दिल त दरबार हो सानु

beach zurriola, own photo
दिल त दरबार हो सानु
घर झिङ्गटीले बारे पनि

मन मन्दिरमा छौ सानु
तिमीले माया मारे पनि

धनदौलत मयल भन्छन्
फल्दैन रुपैया सारे पनि

चित्त कस्को बुझ्ला र यहाँ
ति जुन तारा नै झारे पनि

सानुले नै त हो नि जितेकी
प्रेमको खेल् मैले हारे पनि 

Thursday, August 20, 2015

रेखो भाग्यको

EPA school program,before summer
आँफै कोर्नु रहेछ, रेखो भाग्यको
बेहोर्नु पनि आँफै, लेखो भाग्यको

बैशाखीको भर, हुँदैन जिन्दगी
लढे उठाउनु साथी, टेको भाग्यको

तगारो त कैयन, बान्नो यी नाघेर्
फड्कनु उफ्रिएर, छेको भाग्यको

अमिर् गरिब्, धनदौलत त केवल्
राख्दै त छौंनि हामी, हेको भाग्यको

आँफै कोर्नु रहेछ, रेखो भाग्यको
बेहोर्नु पनि आँफै, लेखो भाग्यको 

Wednesday, August 19, 2015

छोरो भो पर्देश् नाती आमाको

साउन १६,२०७२ रुद्री रामपुर 
दुखेको देख्छु छाती आमाको
भिजेका आँखा राती आमाको

बलेंशि र पिँढी आङ्गन् ठुलो
छोरो भो पर्देश् नाती आमाको

लाग्दैन निन्द्रा भोक था´छैन
दलिन्का तस्बिर् साथी आमाको

धैर्य सिवाय के लिनु यहाँ
ममताको काख् जाती आमाको

तुलशी मठमा जोरका बत्ती
दुखेको देख्छु छाती आमाको

Tuesday, August 18, 2015

दिदीको गुनासो माइतिको आँगन

बरिलै भाका

छिड्किनी खेलने, आङ्गनीमा बिस्कुन
आज त पिँढि´मा, नाचिन्छ बरिलै
चालिसेले छोएपनि, जिउ मेरो दुरुस्तै
हेर्नुस् आमा कम्मर, भांचिन्छ बरिलै

घिरौला र चिचिन्डा, नखाको धेरै भो
उफ्री उफ्री तरकारी, टिपिन्छ बरिलै
लौका पनि खाइन्छ, फर्सी पनि खाइन्छ
नटिपे त मेरि आमै, छिप्पिन्छ बरिलै

काँक्रोको अचारमा, तोरिको छोप अनि
गोठ छेउको निबुवा, निचोरिन्छ बरिलै
गीत गाउने बुवाले, दिदी बहिनी छोपने
निम र दत्ति वन, लाछिन्छ बरिलै

बस्नुस् आमा पिँढिमा, अराइ र सिकाइ
दिदिबैनी मिली दर, पकाइन्छ बरिलै
एउटा भाई बिदेश, अर्को भाई काठमाडौं
पिर नमान्नुस् बाबा, सघाइन्छ बरिलै

माइतिको आँगन, भाई भदा हाम्रै हुन्
बुढेसकालले छोए पनि, आईन्छ बरिलै
मिठो पिठो जे जे पाक्छ, स्वादले खाने हो
धोको फुकाइ तिजमा, गाइन्छ बरिलै

तिजको कोशेली: बुवा आमाको दोहोरी

बरिलै भाकामा

आमा:
भांची ल्याइदेउ बाबा बारीको तामा
दर खाने दिन सम्म अचार बरिलै,
जेठी छोरी पूर्व कान्छी पश्चिम´मा
कस्लाई लिन जाने हो बिचार बरिलै !!

बुवा:
जेठो छोरो बिदेश नाती अझै सानो
कान्छो छोरो बोलाएर पठाउ बरिलै
आफु भैयो बुढो आँगन भो परदेश
नजिकै छे माइली सँगै मनाउ बरिलै!!

आमा:
त्यसो भए ए बाबा, टिकट काटिदेउ
जेठि छोरी लिन आँफै जान्छु बरिलै
बुढी भएं जान्न माइती मेरा दाजु एकलै
तिनै छोरी बोलाएर, मान्छु बरिलै !!

बुवा:
पिर नमान मेरि बुढी हातमा फोनछ
फोन गरेर बजारमा भेट्छु बरिलै
स्कुटरमा राखेर पालैपालो ओसार्छु
बर्षदिनको नियास्रो मेट्छु बरिलै


Monday, August 17, 2015

गाइजात्रे गजल

fiesta de carnaval 2014 Donosti
फिरिरी रेशमिको, चाला निको छैन
बेइमानी साँझमा, ताला निको छैन

फक्रिएको यौवन, जून्´कै छैन वास्ता
मद्होशी ति नयन, गाला निको छैन

भोकोप्यासी शहर, ऊन्कै पछी लाग्दा
मातेर लड्ने होकी, नाला निको छैन

आधुनिकता कस्ता, पारदर्सी छोटा
जवानीका जोशमा, टाला निको छैन

चुस्की र सर्को सधैं, मायालुको साथ
भविश्यको चिन्ता खै, बाला निको छैन

Saturday, August 15, 2015

यस्तै छ

प्रेम प्रकाश पौडेल 
प रामपुर चितवन 

यस्तै छ नेपाल, लिपुलेकका, टाकुरा रुँदैछन्
राराका छेउमा, फूलने तिनै, साकुरा रुँदैछन्!

नसोध्नु अहिले, भोलिका कुरा, थाछैन मलाई
कर्णाली एकलै, भयोकि भनि, बाजुरा रुँदैछन्!

मधेश-तराई, हिमाल छुट्यो, पिडाझन् बल्कियो
छिमेकी गद्धार, सिमाना लुटे, खाजुरा रुँदैछन्!

सुर्खेत परासी, चितौने थारु, सम्बोधन् भा´छैन
संजाल काटियो, अचम्म मान्दै, माकुरा रुँदैछन्!

झ्याउरे लय बोलाउने कसोरी

मायाको साहिनो अनौठो रै´छ बोलाउने कसोरी
तस्बिर उनको आँखामा राखी टोलाउने कसोरी

पहिलो भेटमा, बसेको माया, मेटिने रै´न´छ
खिल झै बस्यो त्यो पहिलोप्रेम भूलाउने कसोरी

बनको मजूर, फिजाइ प्वांख, रमाउँदै नाचेको
दर्पण छेउमा लाजलाग्छ आज् लोलाउने कसोरी

एकोहोरो माया मनमा बस्यो दिलमा राज गरी
पराइको प्रित, सम्हाली मैले, चूलाउने कसोरी

मायाको साहिनो अनौठो रै´छ बोलाउने कसोरी
तस्बिर उनको आँखामा राखी टोलाउने कसोरी

Friday, August 14, 2015

कस्को के लाग्छ, काल पल्के पछी

कस्को के लाग्छ, काल पल्के पछी
सकुनीका जस्तै, चाल पल्के पछी

दबिन्छन् स्वर, बिरोधका झिल्का
स्वचालित् तिनै, नाल पल्के पछी

एकता´को नारा, छुरी चलाऊंदै
गुट उपगुटका, जाल पल्के पछी

परिश्रम बिना, धन् आउंछ भन्दै
हेरौं! दरिद्रीका, थाल पल्के पछी

छद्म भेसी साधु, ॐ कार जपदै
स्याल ब्वाँसोका, खाल पल्के पछी

ब्यङ्य:फापेन

फापेन है फापेन, देशमा गनतन्त्र फापेन
संघियता सहितको, यो लोकतन्त्र फापेन

राजनीतिलाई ब्यापार स्वार्थैस्वार्थको भिड
हुँदाहुँदा त ल नेपालमा प्रजातन्त्र फापेन

नारा जुलुश कर्फ्यु, के यही हो त सधैं ?
जातियताका तिम्रा कानफुकी मन्त्र फापेन

चलाऊन नजानेका हुन कि, गाडी पूरानो
सरकार नामका, थोत्रामोत्रा यन्त्र फापेन

न अभिमतको कदर, न स्वाभिमानको नै
भिडमा गोलिचलाऊने, ठोकतन्त्र फापेन


भिडमा मेरो हिस्सा

तस्बिर अनलाइन खबर 
भिड छ आज
बिरोधका भिड
समर्थनका भिड
सुर्खेत देखि जुम्ला
ठोरी देखि हुम्ला
जिन्दाबाद र मुर्दाबाद
चाहिंदैन र फिर्ता गर
यसो गर उसो गर
हो भिड छ,
नारा छ जुलुश छ
के ठिक के बेठिक
को सहि को गलत
थाहा छैन मलाई,
तर
भिडमा म पनि सामेल छु
झन्डा बोकेको छु
डन्डा बोकेको छु,
हो नि म पनि भिडको
एक हिस्सा बनेको छु,
थाहा छैन, मेरो प्रतिनिधित्व
एक ईतिहास बन्छ कि किस्सा मात्र
कहिले मशाल बोक्छु
बिरोधको मशाल
तोडफोडको त अनुमती नै छ म सँग आज
ढुङ्गा मुढा अनि चक्काजाम
मेरा सुख्खा रोजिरोटी बनेको छ,
मुलत भिड अनियन्त्रित हुन पुग्छ
म अनियन्त्रित हुन्छु
सरकार गोली चलाऊंछ
अश्रु ग्यांस छोड्छ
कर्फ्यु लगाउंछ,

को ठिक् को बेठिक
भिड भिड नै रहेछ
म भाग्न चाहन्छु
भिड बाट
तर अगाडि अर्को भिड
फेरी अर्को भिड
भिडै भिड
जुलुशै जुलुश
नारै नारा

म फेरी अर्को भिडको
हिस्सा बनेको हुन्छु

 -----------

Thursday, August 13, 2015

सपनीमा भेट्ने हजुर,

photo google
सपनीमा भेट्ने हजुर, बिपनीमा देख्न पाए
गुम्सिएका भावनामा, एउटा चिट्ठी लेख्न पाए
पठाउंथें हजुरीलाई, चुमीचुमी पढ्थ्यौ राजा
अक्षरका महल हुँदै, दिलसम्म चढ्थ्यौ राजा

सपनीमा भेट्ने हजुर,

सधैं भरी आकाशमा, पुर्णिमाको जून तिमी
सारेगम पध निसा, सात सुरका धून तिमी
तस्बिर यो धमिलियो, धमिराले खाए जस्तै
रस चुस्न भवँरो त्यो, रानीबन धाए जस्तै  

सपनीमा भेट्ने हजुर,

फर्की आउ छिट्टै राजा, रानी एक्लै शहर'मा
बैन्श त्यसै बित्ने भयो, मोही पिउने रहर'मा
फेवा रुन्छ, माछा'पुछ्रे, बादलुले छेकी दिंदा
धन्य् हुन्थ्यो आँगनी यो, मायालुले टेकी दिंदा

सपनीमा भेट्ने हजुर

नजानेर होला जिन्दगी, बुझ्न सकिन

गजल कै माग 
नजानेर होला जिन्दगी, बुझ्न सकिन
पत्थर हो कि देवता खै, पुज्न सकिन

बांधिएका छन यी हात, आँफैमा आज
चाहेर पनि परेली उन्का, पुछ्न सकिन

बर्षातका मौशम, बाढि पहिरो र भेल
आफु भने यो साउनमा, रुझ्न सकिन

चिथोरौं कि कोपरौं, यो दुनियाँ संसार
दिक्दारीमा आफ्नै कपाल, लुछ्न सकिन

समय बलवान रह्यो, समयले जित्यो
परिस्थितीमा समय सँग्, जुध्न सकिन 

Wednesday, August 12, 2015

हिजो/आज /त्यसैले

हिजो
हिमाल र पहाडले, तराई छोएको थियो
कंचन´को पानीले, मधेस धोएको थियो।
श्रीअन्तु उदय, चांदनी दोधाराको अस्त:
बेनीको पिडामा हेर बाजुरा रोएको थियो।।

आज
जुम्ला र कर्णाली, मधेश छुट्याउंदा देख्यौ
भागशान्ती मिलेन भन्दै सुर्खेत रोएको थियो
सुन्दा त राम्रो, संघियताको नारा नेपालमा
कहाँ बाट ल्यायौ बाग्लुङ्गले सोधेको थियो

त्यसैले
कदर गर जनताको अभिमत ए नेता
देख्दैछौ हिन्दूत्वको एकै मत ए नेता
फुटाएर राज, जो कोहिले गर्छ परन्तु
खोइ एेनमा सिमामा सहमत ए नेता??

- आफन्त

किनारामा होइन मझधारमा छ

करारमा छ जीवन दरारमा छ
view of zurriola from mt Ulia
बन्द सन्दुक बन्द दराजमा छ

गीतामा हुन्छ कुरानमा नी हुन्छ
यो प्राथना सहित नमाजमा छ

गाउँबस्ती शहर जहाँ खोजे पनि
कथित् मान्छेहरुको समाजमा छ

भौंतारिएकाको भिड अचम्मै भो
हेर खाली शैतानी दिमागमा छ

ओढारमा छ जीवन दोधारमा छ
किनारामा होइन मझधारमा छ 

मनका मेरा गीतहरु

छाड्दिन गुनगुनाउन, मेरा मनका गीतहरु
पिरती´का मैदानमा, कोही छैनन् मीतहरु

भञ्ज्याङगका चौतारी, देउरालीका भाक्कल
अतित भए याद सँगै, चोखा मिठा प्रितहरु

मनका मेरा गीतहरु

चलन रैछन निस्ठुरीका, नजरले तिर हान्ने
मायालु´को दुनियाँ´मा, कहिं कतै रितहरु

भवँरो´नी भुनभुनाउँछ, रङ्गिन देखे फूलहरु
बिहानीको मिर्मिरेमा, बिलाउंछन सित´हरु

छाड्दिन गुनगुनाउन, मेरा मनका गीतहरु
पिरती´का मैदानमा, कोही छैनन् मीतहरु

मनका मेरा गीतहरु 

जून तारा सँग यो, रात नछुटोस्

foto google 
हात छुटेर के भो, साथ नछुटोस्
जून तारा सँग यो, रात नछुटोस्

भुलेर के भो हाम्रो, बाचा कसम
लुकी चोरि गरेका, बात नछुटोस्

क्षणिक थिए तर, उमङ्गका पल्
उन्मुक्त यौवनका, मात नछुटोस्

झरेर जान्छ फूल, नचुंडे आज
परन्तु हाँगा अनि, पात नछुटोस्

छाडेर जाउ टाढा, म देखि धेरै
प्रेम-पत्र´हरुको, खात नछुटोस्



साँझमा डुबेको, भोली के थाहा

my best young friend,,Eiber
निभ्दैन आगो, खरानी देखिन्न
नबुझे ज्वाला, कहानी देखिन्न  

मोथिएका छन्, छातीको हुंडहर्
खोज्दैछु यहाँ, मदानी देखिन्न

सकस् मुटु´मा, चले तिर´हरु
लागेको चोट, निशानी देखिन्न

साँझमा डुबेको, भोली के थाहा
नब्युँझे सूर्य, बिहानी देखिन्न

निभ्दैन आगो, खरानी देखिन्न
नबुझे ज्वाला, कहानी देखिन्न   

आखिर बाँच्नको लागि, बाँचेको हुन्छु म

own foto ,beach conxa,
आखिर बाँच्नको लागि, बाँचेको हुन्छु म
दर्पण अगाडि मात्र, हाँसेको हुन्छु म

भावनाका कुनै मूल्य, न मान्यता यहाँ
पराइ सँग साहिनो, गाँसेको हुन्छु म

पूरा होलान नहोलान्, असिमित मेरा
रहर अनि सपना, साँचेको हुन्छु म

निर्दयी लाग्छ जिन्दगी, बाँच्न नजानेर
बेकार स्वर्ग र नर्क, दाँजेको हुन्छु म

भाग्दैछु भगाउंदै छ, मलाई यो दुनियाँ
आफुले आँफैलाई नै, ढाँटेको हुन्छु म

आखिर बाँच्नको लागि, बाँचेको हुन्छु म
दर्पण अगाडि मात्र, हाँसेको हुन्छु म

तानेर च्यादर आकाश, ओढ्न चाहन्छु

foto google
तानेर च्यादर आकाश, ओढ्न चाहन्छु
चांदनीलाई दाग्´कोबारे, सोध्न चाहन्छु

इन्द्रेणी आखिर सदैव, क्षितिज् माथि
उसैलाई म आँगनीमा, मोड्न चाहन्छु

सितारा गनेर रातमा, हिसाब् किताब्
गुन´गुनाउन्दै बागमा, गोड्न चाहन्छु

अप्ठेरा र रिसाहा ग्रह, हुन्छ भन्छन्
ल्याएर धर्तिमा ओखर, फोड्न चाहन्छु

बस्दिन म हेरी आकाश, यो कौशीबाट
जमिन आकाशको दूरी, तोड्न चाहन्छु  

My Earthquake Experience:

Rajendra Pudel 8/07/2015 
Roll no: 09
Home work: Narrative and Narratology 
Submitted to: Dr.Hari Adhikari

My Earthquake Experience:

It was Baisakh 11, just few days after my Mphil first semester was over, I left to my home from Kathmandu. It has been quite while I have not been with my family members and friends back home. I was feeling very happy not because first semester was over but because I was going to have loads of fun with my friends as well as mothers cooked food and fresh buffalo milk. Back home I have couple of friends with whom I set out to have drinks with fish of Narayni river at Shiva Ghaat. It was morning of Baishakh 12, listened news along with milk tea. As my friends were already informed about my coming home. I made a call to one of my friend Pradip who is few years senior then me, so I call him Dai and asked him to join for drinks, without killing much time he answered, "Sure, shall we start a little bit early umm, around 11". I also agreed him. 

At exact time he came to my home with other friend Nawaraj. At 11:30 we reached River View Cottage". We ordered one full bottle of whisky Signature and two plate of fried fish, green salad, patato chips and so on.  We placed at Machyang (tall roofed cottage) by the Narayani river so that we could view the river well.We were just finishing our first pack of whisky about make second pack, exactly right time as it happens. I heard the sound like thunder first as if some where some group of people threw explosive bomb. At first I felt strong storm was coming, I looked around the trees leafs but leafs were still, I mean I did not feel any breeze. At the right moment I felt a little shaky, "no I was not drunk, that was just a first pack" we were sure we were feeling little tipsy because of the whisky. I thought for a short moment i felt dizzy until I noticed that all the glasses and all the bottles and whole table trembling my motor bike keys rattling there. Hmm, I thought to myself, we at the same time with same voice shout this might be an earthquake. "it was true that was an earthquake a real earthquake I ever felt." We got up from the chair, tried to go under the table, suddenly Pradip dai said, "its foolish to stay under the table as Machyang never be well made, its only workable so better we rush down." "Exactly" I said.

 I had an earthquake training in Kritipur couple of month ago, we were trained when earthquake hit we should stand in a door frame or get under the table, both were not possible there, I still remember they told something about going to an open space. Then, Slowly not worrying we step down to the ground. When we reached to the open space/ground it was very different, trees, corn field, mountain, electric wire, everything is webbing. I heard people shouting from everywhere "earthquake, earthquake". In such condition you can't think for something stable, as everything shaking. You feel a bit lost as I felt, could not think well. It was like big thunder hit in your yard for a moment your mind became blank. "What to do next". When You only have phobia of death? I couldn’t do anything just hold a tree,and again we hold each other,  heard people shouting "Bhunchalo aayo, Bhuinchaalo…Bhaag/run run! Though we were out in the open space but we all have fear of electric wire, which may kill us if its fall over us. To be honest to say that was like apocalyptic moment for all of us. I looked at my mobile, it was almost 12 noon,58 minute pass 11, we are still on wobbly earth, it seemed as if it is going for long. Let me honestly say one thing, when you are at open space, when you don’t have any fear of things that falls upon you, you really enjoy the wobbling earth. Yes, I felt for few seconds I am on the rocking chair. Suddenly I remembered my home, my parents, my cousin, and my wife. I tried to make a call but it didn’t work, I also tried to call to my wife who was in eastern Nepal for her program, again I am failed to get connected with her, then I realized the situation is very dangerous. We decided to go to home.

 On our way home, I received a call from my wife, her voice was trembling, she asked me, sabai thik chha budo, bhainchalo aayo ta! (is everything allright dear, we got a big quake) "I am alright, I am on the way to home", I replied. I felt little relief when I got call from her. There were a lot of people in middle the road, I didn’t feel to ask anything, as their panic faces was proof of fearful earthquake. My area was fine no any casualties has heard and seen so far. Only most of the people were in the street, they were sharing about their experiences of that moment, "Kastari Hallaako hai!. Though the big tremor has gone but hangover of tremor was still there among people. Until that we have not heard any news outside of chitwan, as mobile network was not functioning. If this is like chitwan, nothing have happened other places too, I felt. So we decided to go back to the restaurant and have remaining drinks and snacks. While we were there, people were saying "Pheri Aayo! Came again!. They were feeling after shock, but none of us has felt the shock probably because we became drunk. Right there I heard Dharahara has fell down and  most of the old heritage has collapsed, we felt very bad when I heard this, I felt how foolish we were, who were having alcohol in such pathetic situation.

 It was 8 pm when I reached home. My parents were very much worried about me, because they cant get connected whole day long, both of them scold me, I had to remain silent because I was wrong to stay out in such situation. I apologized of my wrong doing. That night we sleep outside we didn’t sleep inside the house, fearing another tremor. I made my bed in yard and my parents have already prepared to sleep in the baranda. I did not sleep well because mosquito were biting me, "I should have put mosquito net" I thought,  "but I didn’t care". 

There was still no electricity so I hadn't seen any news on TV  but I heard things are pretty awful in Kathmandu, Gorkha, Dhading.  I was hearing live news update from different district, I realized that many villages outside Kathmandu had been devastated, Barpak of Gorkha which was the EP center of this 7.8 magnitude condition even more pathetic almost all houses have crumbled. The touristic site of Kathmandu valley heritage and old temples had turned to piles of debris. Many have become homeless. I was worried about their condition on monsoon season as monsoon was not that far behind. I felt lucky to be home that day, If I were at Kathmandu life would not have been that easy. Again realized, this has to be made a common problem, we have to be united to rise from this situation. We all have to be healed. I determined to provide relief through our club as soon as possible as much as we can. I saw a candle on the table shake for a few second and it stopped. I thought, "was it tremor, I felt or I saw." Or " was it earthquake hangover that’s in my mind. My father shouted from his bed "Pheri gayo Dhakka", that was indeed an aftershock. It has been 110 days since big earthquake hit our land we are still getting aftershock, more than this some of us still carrying hangover of that massive earthquake.

------------
- Chitwan Rampur 

Graha Pooja


Rajendra Pudel 8/9/2015
Roll, no: 09
Homework


Submitted to Performance study.  


Graha Pooja a powerful ritual. How ritual like Graha pooja Controls us:

Ritual is usually seen in its conservative function. Ritual in this sense serves to reproduce and transmit the values and structures of a society from one generation to the next and to maintain those values and structures over time. Since ritual certainly has the power to be used for conserving the values and structures of a society.As rituals instill values, whether conservative or innovative or effect long term or short we still follow them. Catherine Bell puts light on that ritual have certain power that controls us. She evokes, “..ritualization, as a strategic mode of action effective within certain social orders, does not, in any useful understanding of words, ‘control’ individual or society". This paper digs out how Rituals like Rudri/Nava Graha Pooja shapes our community and builds our confidence. Such rituals like Rudri is to be performed during any natural crisis such as flood, or earthquake, and also when people suffer together because they bound together in that commonality Turner calls "Communitas". This is called "Sameness of feeling". Further this can be done individually with in one family through the process of ritual transformation to end the suffering of all.
We have a lot of ritual performance which start from birth until we die. Even after our funerals there are certain ritual to be performed. Ritual occurs from early morning to late evening (it term as Nityekarma). We can't feel refresh unless we perform certain ritual, like taking bath, doing some Yoga, chanting Gayetri mantra or even having a cup tea. So, we perform a ritual because the act of itself has meaning or because doing it make us feel better about ourselves. Since any action is a ritual if we do it at least in part of its symbolic and emotional value. Here I am talking about my own experience of performing ritual like Rudri or Garaha Pooja. We have been doing Rudri since our ancestral time in some purpose when we believe that when things goes wrong or it seems our fate will not function well in future.  Every symbols, ingredients, mantra we use in this worship has its own meaning. We start it in proper time by proper person or groups not only by words but by action.  As Bell argues  "for an understanding of ritualization as a distinct way of acting, with an internal structural pattern which can be deployed within various contexts to achieve ends both salient to its actors and constitutive of its own reproduction". When I was performing or acting in the ceremony of Graha pooja, I went through some process that priest asked me to do, then question comes, why such ritual? The remedial and procedural methods of pooja to nava Garha's for a clear understanding and universal benefit. Our forefather/sages hundreds of years back through their enlighten sight have formed these procedures and they have pointed out the Nava Graha's and Named them as Surya, Chandra, Kuja, Budha, Guru, Shukra, Shani , Rahu, Ketu. There some interesting process like Gai dan/giving cow to Nephew or priest…as our Hindu mythology said, Dan/donation is process to mokchhya. Offering holy leafs to different god and goddess, Panchamrit, chant the mantra 108 times using a rudraksha rosary and by keeping a shani yatra are such process which we believe that would avoid 'Shani Dasha'or Shaniswara means "slow mover' for better results. The mantras of shani one can chant to please Shani and reduce the malefic effects. The mantras that I chant were as follows: 



"Om Hlim Sham Shanaye Namah" 
"Om praam preem praum sah shanayishraya namah" 
"Om sham shanayscharaya namaha"
"Aum Aing Hring Shring Shung Shanaishcharaye Namah Aum"

I asked to my priest meaning of these above mantras, he mentiond, " I bow to Lord Shani, who is black in colour and son of Sun and born to Chaya and brother of Yama , who moves very slowly.
Saneeswaran is reputed to be both a giver and destroyer. Anyone who sincerely pray to Shanidev will not only be freed from troubles but also gets a life that one desires". Same like Bell ideas that Rituals have effect, it has certain cannon to follow, it has to be performed according to the sastra, there should be credibility, certain participation of people, it should be confirmatively to the convention. Acceptance of order, i went through the sastra. Finally the our performativity of Rudir rituals over, we have invited some of our neighbor and relative in the ceremony, this shows a rituals not only perform through some symbols and remedies but also it bounds the society. In Bell's words, " the notion of ritual as a means of social control, delineating the ways in which participants must be free to contest and appropriate for their own ends the schemes employed by a ritual, if the ritual authority is to actually engage them in a legitimating relation of power, and not simply one of coercion." What power does Rudri/Graha pooja hold? As my experience told, when I stayed there as an actor of rudri, I was separated from the other people, since morning I was purified, I was not a normal boy that I used to  be on  previous day. I entered into the sacred space, a state of "liminality" a state of being in-between-neither here nor there. its similar like when you enter into temple or church for a moment you feel significance of being there. In Dr. Tom F. Driver words "when people engage in ritual activity, they separate themselves, partially if not totally, from the roles and statuses they have the workaday world..".

Though, we don’t have direct link between the ritual process and or intention to come out, acting rituals with the desire of begetting a certain result appears to be sufficient of that result to come true. Some rituals have quick result for example after marriage a boy and girl cant not be same anymore, they start sleeping together from the same night, this is the quick effect of rituals where as ritual like Rudri has long term effect, we can't see the result but still we put faith up on so that we still follow the process, in this sense we can say that rituals have such power that controlled me because psychologically I believe that  after that day onward I feel my Dasha have been avoided, I have gained confidence that I can start my new business. I would say our everyday rituals have loads of meaning and when we perform them it is unbelievably effective, if not physically but psychologically it controls us. 



Tuesday, August 11, 2015

साउन आयो गयो बन पलाएन

साउन आयो गयो बन पलाएन
डन्ढेलोले खाएको मन पलाएन !

बाग भरी बषन्त मागभरि थुङ्गा
परन्तु यो मेरो यौवन पलाएन !

१६ नाघिस १७ नाघिस भन्न थाले
आफ्नो भने खैत जोवन पलाएन !

पिरतीको कुपोषणले चुसेजस्तै भएं
ए´कोहोरो मायामा तन पलाएन !

साउन आयो गयो बन पलाएन
डन्ढेलोले खाएको मन पलाएन !

साँझले छुटेको, यार मिलायो

साँझले छुटेको, यार मिलायो
सम्बन्ध जोड्ने, तार मिलायो

नशिलो तरङ्ग, बाफिलो साँझ
यौवनका मिठा, धार मिलायो

झुमेका पलमा, रङ्गीन रोशनी
वहिं दुई नयन्, चार मिलायो

सोचेको थिएं, मधुशाला जान्न
बेहोशी´मा, बार बार मिलायो

हावामा चल्छु म, खुशीको मात
जिन्दगीले यो, उप´हार मिलायो 

रहर´हरु, जिलाउंदै गर्नु

own photo seagle
हिसाबकिताब जिन्दगीका, मिलाउंदै गर्नु
छरिएका ती सपना टिपी, सिलाउंदै गर्नु

कहिले खायो खडेरीले, हिजो पस्यो बाढि
ढुङ्गा पन्छाई रहर´हरु, जिलाउंदै गर्नु

भरोशा छैन आज भन्छन्, भोलिको के कुरा
आस्था विश्वाश सोध्नेलाई, दिलाउंदै गर्नु

एक्लो यात्रा एक्लो यात्री, पथिक बनेपनि
ति प्यासी भेटे दोबाटोमा, पिलाउंदै गर्नु

भेटियोस् न मात्र

खोज्छु आफन्तमा कतै प्यार भेटियोस्
डुब्थें म त्यही प्यारमा निशार भेटियोस्

एकांकीले कोपर्छ भिडमा समेत् एकलै
साँझमा सधैं साथ दिने यार भेटियोस्

दरबन्दी बिनाको जीवन स्थाईत्व छैन
बन्दकीमा छाडि´दिन्थें करार भेटियोस्

न गुनासो न मोह ओठमा लाली छैन
मुद्धामामिलाका लागि एेतबार भेटियोस्

बांच्नेले के नै च्याते, खोजेर खन्डहर
लुक्नेछु त्यही दिन म दरार भेटियोस् 

कहाँ हुन्छ र साथी

दुधको मज्जा पानीमा, कहाँ हुन्छ र साथी
र आमा जस्तै सानीमा, कहाँ हुन्छ र साथी

एेनाले बताउन्न् कतै, मन भित्रको खुशी
मिठा सप्ना सिरानीमा, कहाँ हुन्छ र साथी

चितामा जल्दछ देह, आत्मा परलोकमा
यो पार्श्वब खरानीमा, कहाँ हुन्छ र साथी

नौनी आगाको मित्रता, सिद्दिन्छ पग्लिएर
नेतीको गांठो मदानीमा, कहाँ हुन्छ र साथी

खुलेका हुन्छन बाटा, हेरेर हिंड्नु पर्दछ
अबरोध जवानीमा, कहाँ हुन्छ र साथी 

Monday, August 10, 2015

आगो

निभ्ला र के यो, सल्किएको आगो
उत्तर - दक्षिण, पल्किएको आगो

नारा एउटा, दस्ताबेज फरक फरक
पूर्व - पश्चिम, छल्किएको आगो

अभिमत् जनताको, खेरजाने हो की
बितृश्णा बिरोध, झल्किएको आगो

अखण्डता अनि, हिन्दूत्वको लागि
ॐ कार सहित, ढल्किएको आगो

निभ्नु त पर्छ नै, धुनी ताप्नु छैन
रुवाउँदै ¨नेपाल¨, बल्किएको आगो

रमाइलो मात्र

निभाउने पो कसरी, आगो जवानीको
कमजोर बन्दैछ त, धागो जवानीको

उर्बर भूमी सरह, फल्थे सपनाहरु
बलौटे बन्दैछ मेरा, पांगो जवानीको

सावनमा त सुके यी, खहरे र खोल्सा
बषन्तमा किन झर्थे, छांगो जवानीको

झार्थे जुनतारा मैले, आकाशका तिनै
भांचियो हिजो भर्खर, टांगो जवानीको

ढाकेर ढाक्किएन, लुगा फाटाले पनि
इंकित गर्छ समाज, नांगो जवानीको






Sunday, August 9, 2015

my blogs my words

हिमाल पहाड, तराईको नेपाल 
होलाभन्ने डर, पराईको नेपाल !!

अचम्म छ भूकम्प पीडित क्षेत्रमा ३ महिना बितीसक्दा पनि नुन चामल र एउटा त्रिपाल पुर्याउन नसक्ने सरकारले यी ६ प्रदेशमा कहिले सम्ममा स्वायत्त सरकार, सदरमुकाम, झन्डा, प्रशासन प्रकृया आदी पुर्याउला, देश गरीबी र आर्थिक अबन्नती तर्फ गैरहेको बेलामा यो सम्पूर्ण आर्थिक भार कसरी सहने होला देशले? हेर्दै जानुस् सुदुर पश्चिम नटुक्रिए पनि के भो चित्र बहादुर को जिल्ला त टुक्रिएछ नि। अनि तराइका ८ जिल्लालाई सौताने व्यबहार देखाउदै हिमाल र पहाड सँग किन अलग्याएका होलान? सजिलो छैन रातारात हस्ताक्ष्यर गरेपनि, बास्तवमा छातीमा हात राखेर सोच्ने हो भने भोलिका अप्ठेराहरु साँच्चै नै कहाली लाग्दा छन्। आखिर एक रातमै सहमति र हस्ताक्ष्यर हुने रहेछ त यतिका बर्ष किन जनतालाई माछो माछो भ्यागुतो खेलाएर बसेका? प्रस्टै देखियो नि जस्तो सुकै राजनीति झन्डा र नाराबोके पनि दिल्लिबाट चल्ने सिल्लिहरुको के कुरा गराइ भयो र? बिकेन्द्रिकरण र प्रशाशनिक् सुधार नै टड्कारो आवश्यकता भएको बेलामा मुट्ठिभरका नेताले खेल मैदान बनाउदै संघियताको नाममा युगौं देखिको ¨मेची महाकाली¨को भातृत्व माथि नै खलबल पुर्याएका छन्। ¨भाइ फुटे गवांर् लुटे¨ होइन अब ¨नेपाली मधेस बिहार लुटे¨। जब कि नेपाल आफ्नै छिमेकी राष्ट्रको एउटा छिमेकी राज्य जत्रो पनि छैन भने वही फेरी चिराचिरा पार्दै ६ वटा टुक्रे राज्य? भोलि ह्याकुलो मिचाइ हुँदैन भन्ने ग्यारेन्टी दिन सक्छन् के ¨रातका खलनायकहरु¨ले। कथित जन युद्धका बेलामा जातिय राज्य तिमीहरुको अधिकार हो भन्दै हिन्ड्नेहरुले हलो अड्काएर गोरु पिट्दै गरेको अवस्थामा निस्किएको एउटा समाधानको बाटो मात्र थियो संघियता। अहिले सम्पूर्ण नेपालीहरुको मनमा त्रास थपिएको छ भुइचालोको भन्दा ठुलो त्रास। कतै अर्को जिल्ला (राज्य) जाँदा परिचय बोकेर हिंड्नु पर्ने त होइन भनेर। अाइन्दा मेची रुँदा महाकालीले नै थाहा पाउँदैन भने बारामा गर्मी हुँदा बाजुराले हम्कन सक्दैन किन कि त्यहा सिमा कोरिएका छन्, कलमले कोरेका सिमा। ...
स्पेन लोकतान्त्रिक देश हो, जहाँ राजतन्त्र पनि छ। १७ वटा राज्य (अटोनोमिया) ले बनेको छ स्पेन। सानो उदाहरण विश्व कप स्पेनले जित्दा १६ वटा राज्यमा कहीं कतै केही उल्लास भएन, किन रे भन्दा राष्ट्रिय टिम भनेको सदरमुकामको(म्याड्रिड) को मात्र हो। अब भन्नुस् आत्मियता कहाँ नेर छुट्दो रहेछ, पाइस भास्को एउटा राज्य हो जहाँ ३ वटा उपराज्य छन् यो केही बर्षदेखि केन्द्रिय सरकार बाट अलग हुन खोजिरहेको छ किन भन्दा यो आँफैमा आर्थिक रुपमा बलियो छ। पहाडी राज्य जहाँ समुन्द्र छ जसलाई युरोपको सांस्कृतिक राजाधानी भन्ने गरिन्छ। स्पेनिश भन्दा यहाँको स्थानिय भाषा (उस्केरा) बोल्न खोज्छन्। आफुलाई स्पेनिश भन्दा पनि ¨भास्के¨भन्न रुचाउंछन्। सिङो राष्ट्र भित्र राष्ट्रियता हराएको भान हुन्छ, कच्चा र प्रशोधित फलाम र बिदेशी (टुरिज्जम्) नै यहाँको प्रमुख आय श्रोत हो। त्यस्तै अर्को राज्य ¨कातालुनिया¨ (बार्सिलोना) दोश्रो राजधानी भन्ने गरिन्छ यसको केन्द्रिय सरकार सँग सधैं लफडा चलिरहेको छ किन कि यो राज्यपनि छुट्टै देश हुन चाहन्छ। स्वभाविक लाग्न सक्छ आर्थिक रुपमा सबल पनि छ त्यहा पनि ¨कातालान¨सिक्न र बोल्न अनिबार्य छ। अब भन्नुस् यो संघियता नेपालको हकमा कति आशाबादी हुनसक्छ। गोर्खा भनेर चिनिने नेपालमा जहाँ एउटा गाउमा झाडा पखाला लाग्यो भने ४ दिन सम्म एमजिट पुर्याउन सकिन्न भने त्यस्तो जिल्लालाई ¨तैं गरि खा¨ भनेर छोड्दा त्यस्ता राज्यका हालत के होलान? त्यस्तो परिस्थितीमा छिमेकिले मुख मिठाउनु बाहेक अर्को के हुन सक्छ। नेपाली भन्ने भावना हराएर त १ नम्बरी म २ नम्बरी मा पुग्छ, त्यसैले म सोध्छु कहाँ छ पहिचान के रहनेछ पहिचान?
-श्री भक्त पौडेल 
स्पेन 

Friday, August 7, 2015

गीत बाबियो झैं, केश राशी

Concha donosti,,
कदम कदम साथ तिम्रा हातमा हात छन्
जुनेलीका सितहरुमा मिठामिठा रात छन्

पोखेर नसकिने अतितका तिनै यादहरुमा
सुनुं'सुनुं लागि राख्ने मनभरिका बात छन्

लुट्पुटिएर तिम्रै काखमा निदाइरहन पाए
सपनीका मुस्कानमा झनैप्यारा राज छन्

बाबियो झैं, केश राशी, फक्रिएको यौवन
दन्तलहर हिमाललाग्ने ओठमा लाज छन्

बिहानीको मिर्मि'रेमा ललाटका माधुर्यता
दिन बिते हांसिखुसि मत्याउने साँझ छन्


Thursday, August 6, 2015

तिम्रो नजर भित्र

pic google
जरुर केही राज छ, तिम्रो नजर भित्र
तबत मीठो बात छ, तिम्रो नजर भित्र

नभन तिम्ले बुझ्दिन, यी आँखा जुधाएर
देख्दछु लामो रात छ, तिम्रो नजर भित्र

जान्न मधुशाला अब, पिउनु छैन नशा
ईशारामा नै मात छ, तिम्रो नजर भित्र

नमान न ब्यर्थै चिन्ता, भूत र भबिश्यको
भोलि नभए आज छ, तिम्रो नजर भित्र

डुबी सकेछ "आफन्त", तिनै गहिराईमा
जुनि जूनिको साथ छ, तिम्रो नजर भित्र 

EQ edit rem.

मनमन्दिरमा, सजाएका, फूल झरेछन्
आकाश बाट, तारा सँगै, जून झरेछन्

रमाइ रह्यो, ईन्द्र धनुस्, सप्त रङ्गमा
फिका लाग्छन, सारङ्गीका, धून झरेछन्

हिमाल पहाड्, र तराई, देश भित्र नै
छट पटिदै, धरोहर्´का, खून झरेछन्
//////////////////////

निभेको छ बस्ती, उजेलो म खोज्छु
खनेको छु धर्ति, जूनेलो म खोज्छु

म खानेछु काँढे, र भ्याकूर भोक्मा
चियाका बुटामा, नूनेलो म खोज्छु

मलाई छ प्यारो, हिमाली सुगन्धा
पहाडी ति चौंरी, दूधेलो म खोज्छु





भाव ठुलो कि, बहर गजलमा

San Juan, san pedro
भाव ठुलो कि, बहर गजलमा
सिक्छु म आज, रहर गजलमा

देख्छु सधैं ति, महल रदिफका
लाल लला ल, लहर गजलमा

आँसु कि मोति, नजर नजरमा
बेर्थ नखोज, कहर गजलमा

साँझ बिहान, नदि ति बगरमा
पोख्छु म साकि, शहर गजलमा

अमृत पाए, किन मरनु छ याँ
खोज्दिन साथि, जहर गजलमा
  

Wednesday, August 5, 2015

ईशारा दिल्लीको Tiyali

चलेको छ सरकार, ईशारा दिल्लीको
खेल जनतासँग, चुहा अनि बिल्लीको
उपहास माथि उपहास् कस्तो खिल्लीको
---
दुनियाँको चलन झरेपछी रुन्छन्
ममताको खडेरी आँसुले धुन्छन्
बिश्मात् झरेकोफूल कस्लेपो छुन्छन् !!

तियाली

१० 
-----
भुक्ने कुकुरले, पक्कै टोक्दैन 
भोको पेटले, बन्दुक बोक्दैन 
गर्ने नेताले ,सदैब खोक्दैन !!
११ 
-----
शिंह दरबार बस्छ, तडक भडकमा 
फोस्रा भाषण सदैब, तिखा र कडकमा 
जनता जुदाउंदै छन्, हेर्नुस् सडकमा  
१२ 
---
तियालीमा तड्का, यी मिठा कबिता 
¨राम् राज्य¨का निहुं, दिनहुं रमिता 
जन्मेलान् के ¨बुद्ध¨, बनी राष्ट्रपिता !!
१३ 
---
चलाऊने´ले राज्य, हरायो रे सांचो 
रोगी भोगी र जोगी, मशान त्यो काँचो 
कोही जन्मे त हुन्थ्यो, देशमा छ खाँचो 
-----
मन उनको आज भएछ ढुङ्गा 
म वारी परन्तु पारी छ डुङ्गा 
अंगार बन्दैछन् फूलका थुङ्गा 



गीत/ गजल

Zurriola beach 3 august 2015 
यो मनको भरोषा, टुटायौ निश्ठुरी
जोडेर संबन्ध जो, छुटायौ निश्ठुरी

कहाँ खोज्छ्यौ अब, पुरानो जवानी
केही मिठा म सँग, लुटायौ निश्ठुरी  

यौवन´को प्रसाद, पूजारी बान्ड्दैन
दोबाटोमा कसोरी, जुटायौ निश्ठुरी

भएं एक्लो यात्री म, मझधारमा आज्
अबिश्वास्´को हुरीले, चुटायौ निश्ठुरी

घाट´घाट´को पानी, पिउने बानिले
पिरतीको त्यो घैला, फुटायौ निश्ठुरी

Tuesday, August 4, 2015

अधर्मिले डांका, डाल्न खोज्दैछन्

अधर्मिले डांका, डाल्न खोज्दैछन्
सनातन हिन्दू, फाल्न खोज्दैछन्

पूरानो अस्तित्व, डग्-मगाउला है
निर्पेक्ष्यको धूलो, हाल्न खोज्दैछन्

हालिन्न डोकोमा, दूध कहिल्यै नी
जातियता उपद्रो, चाल्न खोज्दैछन्

घर सल्काएर, आगो ताप्नेहरु यहाँ
धैर्यताको खम्बा, ढाल्न खोज्दैछन्

न´दोहोरियोस् त्यो, महाभारत अब
असत्यको झिल्को, बाल्न खोज्दैछन्

अधर्मिले डांका, डाल्न खोज्दैछन्
सनातन हिन्दू, फाल्न खोज्दैछन्





टिपन टापन


फूलको नशामा, माली बेइमानी

यीअर्थ बिनाका, ताली बेइमानी

निती श्लोकमा, भनेका थियौ त
फूलेर नझुक्ने, डाली बेइमानी

-----------------
भन्दैथियौ हिजोको, साथी नजाती
जसले तिमीलाई, पिउन सिकायो

आदर्श र सिद्धान्त, थाहा भएन
टालाटुली बटुली, जिउन सिकायो

उध्रेका विश्वाशमा, जडौरी खोज्यौ
टिपेर यी पत्ताहरु, सिउन सिकायो

भन्दैथियौ हिजोको, साथी नजाती
जसले तिमीलाई, पिउन सिकायो
---------------------

लिएर भन्दा दिएर त हेर
पिएर भन्दा जिएर त हेर
सजिलो हुन्छ दुखाउन मन
दुखेको छाती सिएर त हेर
अभिशाप हो कि बरदान थाहा छैन
सताउंछ् आखिर परेशान थाहा छैन
11 July 14:45

झरिले दिलायो याद पूरानो
कसरी भुलौला साथ पूरानो
नदिका किनारा भेट हुँदैनन्
तिमी सँगको त्यो साँझ पूरानो

13 July 11:11
के गुनासो गर्नु, जिन्दगी सँग
रित्तीएको मान्छे, बूलंदी सँग
16 July 00:01

हेर्दै जाउ बालुमा फूल फुलाउने छु एकदिन
झारेर जून तारा यहाँ डुलाउने छु एक दिन
नसोध कसोरी टिपी जुन्तारा ल्याउनेछौ भनी
चिरेर क्षितिज गोरेटा खुलाउने छु एकदिन
दिलको दूकान नखोज शहरमा
टल्किएकाहरु सारा जलप हुन्

17 July 00:29
बिर्सिए जसले उसैको सम्झनाले सताउंछ
खुला आँखामा आउने कल्पनाले सताउंछ
17 July 14:55

जलेको जल्यै छ, छाती र मन
के निभ्थ्यो बरै इर्श्याको पानीले !!
- आफन्त
26 July 23:28
दबाएर नै राख्यौ, मन भित्रको चाह
निभाउने कसोरी, झन बल्दोछ डाह
27 July 13:20
हिजो-आज जिन्दगानी, देखिंदै छ दोधारमा
आफन्तको राम् कहानी, लेखिंदै छ ओढारमा
27 July 18:32
बोल्दै नबोल्ने तिमी त, ठूली भैछौ
सतहमा खोजिरहें, चूली भैछौ
Wednesday 22:50

खोजेर पाउन्न, नशिला रातहरु पूराना
भूलेर सक्दिन, कशिला हातहरु बिराना

Thursday 14:13
कतै तिरमा छु कतै भिरमा छु
म त्यही हिमालको शिरमा छु
बुझाउ कसोरी सुन्दैन मान्छे
बताउन म सक्दिन पिरमा छु

Sunday 14:59
दोबाटोमा मिल्किएको, ढुङ्गा भयो जीवन
पूजारीले कुल्चिएको, थुङ्गा भयो जीवन
अबिश्वास्को तूयाँलोले, ढाक्यो सबै बन्धन
समुन्द्रमा ढल्किएको, डुङ्गा भयो जीवन

भुक्न नजान्ने कुकुर, टोक्न खोज्दैछन्
बिद्ध्वान भनौदाहरु, घोक्न खोज्दैछन्

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...