Friday, April 29, 2016

गजल

गजल
नबाँध मलाई बिन्ती, सिमा डोरीहरुले अब
रक्त राजनीतिका भद्धा, र अघोरीहरुले अब
चिलाउँछ घिनाउँछु, कथित बाणिहरु सुन्दा
नलिय जनताको नाम, हे फोहोरीहरुले अब
भुल्यौ आखिर पापपुण्य, भत्काएर मठमन्दिर
बिर्सने छैन बेनीम्याग्दी, माडी ठोरीहरुले अब
चाहँदिनन् आमा, कामना गर्दछिन निरन्तर
बोक्न नपरोस् बन्दुक, छोरा छोरीहरुले अब
कोही छैनौ ओभानो, पानी माथिका डाम्ना हो
डस्ने छ सल्कायौ हिजो, तिनै कोरीहरुले अब
समकालिन साहित्यमा @ प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 16 बैशाख, 2073

तँ बाहुन म छेत्री, उ दराईका कुरा नगर

किनारामा बसेर, गहिराईका कुरा नगर
हिमाल अनि पहाड्, तराईका कुरा नगर

मेची देखी महाकाली, सिङ्गो देश हाम्रो
पहाडीया मधेसी भन्दै, पराईका कुरा नगर

नेपाली हौँ हामी, नेपाली भै बाँच्न पाऔँ  
तँ बाहुन म छेत्री, उ दराईका कुरा नगर

रोकिन्नन् नेपाली मनहरु, सौहाद्रताका सधैं
एउटै छानो छ बसाई, सराईका कुरा नगर

पुग्नु छ शिखरमा, फेदैमा नअल्मलिनु बेश  
उक्लनुनै छ भने अब, झराईका कुरा नगर

Wednesday, April 27, 2016

दुखिको गीत(ठाडो भाकामा)


दुखिको गीत(ठाडो भाकामा)
-------------------------------
आरु फुल्यो,, बरषा लागेनी
कालो बादल,, लागेन आकाशमा
हवाई चरी,, उंडेर गा´ छोरो
सुनें आज,, आउँदै छ बाकशमा
भुइँचालो ले, खाइदियो घर गोठ
यो दुखिका, दिनमाथि दिन लागे
न छोरोले, कमायो पठायो
भरी बाकस, तै पनि ऋन लागे
चुहियो त्रिपाल, दानो छैन अन्नको
न त इश्वर, न सुन्छ सरकार
बिर्सुँ भन्छु, दैलाको त्यो फोटो
गयो कम्पन, जमिन थर्कार !!
आरु फुल्यो,, बरषा लागेनी
कालो बादल,, लागेन आकाशमा
------------
copy rights@ Kalpana Paudel Acharya

Tuesday, April 26, 2016

झुटको खेति

गजल

मौलाएकै देखिन्छ, झुटको खेति
एकताको नारामा. गुटको खेति ?

पिडीत माथि झन, पिडक् थपिए
राहत राहत् भन्दै, लुटको खेति !

´तन्त्र´ फेरिए तर, मुहार्‍ एउटै
सत्ता नपाउनेको, बुटको खेति !

अलकत्रा पियौ, मट्टितेल्ले कुल्ला
त्यो बोरा च्यातेर, जुटको खेति ?
 
प्रकृति´नि पापी भो, पानी पर्दैन
कस्तो यो बज्रपात, चुटको खेति !  

गीत !! कहाँ गयौ ए बनचरी??


कहाँ गयौ ए बनचरी, काफल पाक्यो पाकेन
यो नयाँ साल तिमी लाई, फाप्यो फापेन ??

मलाई त बिर्सिसके, आज आफ्नै दौंतरीले
पल्लोडाँडा कोईलीले, कुहु!! डाक्यो डाकेन ??

भन्छन् डँढेलोले बनखायो,कठै ढुकुरका गुँढ 
वल्लो रुख पल्लो रुख, मजुर थाक्यो थाकेन ??

कहिले पर्ला सिम्सिम् पानी, भिज्न पाएहुन्थ्यो
ति बर पिपलमा, लहराले ढाक्यो ढाकेन ??

कहाँ गयौ ए बनचरी, काफल पाक्यो पाकेन
यो नयाँ साल तिमी लाई, फाप्यो फापेन ??

छनि सरकार, राजधानीमा छ

छनि सरकार, राजधानीमा छ
स्वत सरकार, मानहानीमा छ
 
कसले उठाउने, औंला खिलाप
होनि सरकार, मनोमानीमा छ

प्रबेश आज्ञाको, ठप्पा सजिलै
पक्को सरकार, राहदानीमा छ

पुगेन चामल, त्रिपाल र नुन
मख्ख सरकार, राजखानीमा छ

ढल्दैन अहिल्यै, टेका बलिया
हो´र सरकार, सर्बज्ञानीमा छ !

Saturday, April 23, 2016

म मृत्यु जितेको छोरो सोनिश


हेर
मैले संसार जितेर आएको हुँं
भग्नाबेश रुपी काललाई
कलीला हातहरुले छेक्दै
देख्यौ नि?
मेरा सुसुप्त शाहसले
मृत्युलाई कसरी पछारें।
त्यो नाथे काल
ति पराकम्पनका झट्काहरु
मैले धेरै सहिसकें।
डगमगाएनन् मेरा कलीला पाउहरु
पटकपटकका झट्काहरुले
चर्किएका भित्ताहरु ढालेपनि
मेरा बाल थिर्थिर चालहरु
डिग हल्लाउन सकेका छैनन्
र सक्ने छैनन्।
आइज भन्दिन तरपनि
म मा सैयौं सामर्थ्य थुप्रिएको छ
तँ फिस्टे भुइँचालो
कति हल्लाउँछस् हल्ला
म मेरा कलीला मुस्कानले नै जित्नेछु,
जित्नेछु र जिताउनेछु यो दुनियाँ,
निकै चालिस् तेरा क्रुर चाल
सक्छस्??
अाइज जुधा म सङ्ग नजर
तेरा शक्ती र कम्प भन्दा
मजबुत छन्
आँखाका तेज
मुस्कानमा ज्योति र
दरिला छन् मेरा पाइलाहरु।।
लरतरो नठान
मेरा आमाका आशिर्बाद
बाबाको कर्म
दिदीको माया
नेपाली सेना , प्रहरीको
नेपाली सहयोगी हातहरु।।
खै के लगिस् थाहा छैन
तर, जोडेर गैइस
हाम्रो भाईचारा
अनि एकत्रित नेपाली मनहरु,

म मृत्यु जितेको छोरो !



Thursday, April 21, 2016

कबिता मनहरु sent to samakalin,,


आस्थामा टिकेका मनहरु 
अतालिन्छन् कहिले कतै 
आस्थाका धरोहरहरु ढलेका देख्दा 
र पनि सम्हालिन्छन्
तिनै मनहरु 
कि विश्वाशका आधारहरु 
अझै मजबुत छन् भनेर।

प्रकृतिका क्रुर खेलहरु सँग 
केहीक्षण हार माने पनि 
अदम्य शाहस सहित 
मुस्कुराउँछन् घाइते ओठहरु। 
पोहोर ढलेको धरहरा 
त्यो न्यातपोल,त्यो कृष्णमन्दिर
कान्तिपुर नगरी
आस्था भरोशाका मठहरु 
जुरुक्क उठ्नेछन् छिट्टै 
र 
मुस्कुराउनेछन् श्रीअन्तुको उदय सँगै। 
मुस्कुराइ नै रहनेछन् 
दोधाराका अस्त सम्म। 

केबल आस्थामा
निहुरीन जानेका शिरहरु 
झुकेनन् कहिल्यै 
परचक्रिका आङ्गनहरुमा 
न कहिल्यै नतमस्तक नै बने 
साम्राज्यबादीका तोप र गोलाहरुमा। 
 
अभिभाज्य नेपाली मनहरु 
कथम कदाचित् 
स्वार्थका नाराले बिथोलाउन खोज्छन् 
बिखण्डनका कबिताले भजाउन खोज्छन् 
परन्तु, सम्हालीरहेका छन् 
अडिग छन् सगरमाथा जस्तै,
ती नाथे पराकम्पनहरु 
आउन् न जति आएपनि 
तर हामी र हाम्रा मनहरु 
पैँठेजोरी खेल्न समेत तयार छन्। 

अबिचलित मनहरु !
एकत्रित मनहरु !
हौशला र आँट सहित 
नालापानीमा लडेका मनहरु 
अझै ज्युँदै छन् भने
त्यो नाथे छिमेकीको 
ढुङ्गे तगारोले   
के नै पो छेक्न सक्छ र? 
कर्मठ छातीभित्र एकत्रित मनहरु 
हाँसी हाँसी स्विकार्नेछ 
लाखौं चुनौतिहरु ! 

किन कि 
आस्थामा अडिग छन् 
नेपाली मनहरु!
आस्थाले विश्वाश 
विश्वाशले भरोशा 
भरोशाले कर्म 
र 
कर्मले न्यायोचित सम्मान।। 
-------
श्रीभक्त पौडेल ¨आफन्त¨ 
रामपुर चितवन 
बुधवार,
बैशाख ८, २०७३ 

गीत मायालुले डाके


क्षितिजका रेखा आज,, बादलुले ढाके
रोदी घरमा घंकिएका, मादलुले डाके

ईशाराले तिर हान्ने, बोली माछी काँडे
ओठ टोक्दै हाँसीराख्ने, लजालुले डाके

जाने मन थियो थिएन, थाकेको बेला
घुम्टो भित्र लजाएका, गाजलुले डाके

दोहोरीमा रिप्पु, उस्तै नाच्दा भुइँ छाड्ने
मन भित्र कै मिठामिठा, मायालुले डाके

क्षितिजका रेखा आज,, बादलुले ढाके
रोदी घरमा घंकिएका, मादलुले डाके

तस्बिर:गुगल

भेटिन्छन् कि आदि मानब, खोजेर त हेरौं


पखालिन्नन् मनका सृङ्गार, धोएर त हेरौं
मुहारका त पग्लि जान्छन्, छोएर त हेरौं

सोर्ह सृङ्गार भन्नुमात्र, अर्कैका लागि रैछ
अन्तर-मनका सौन्दर्यता, रोजेर त हेरौं

नबाडौं भो मनका पिडा, हांस्नेमात्र धेरै
एक्लै एक्लै एेना सामु, रोएर त हेरौं

सुन्यतामा जिउनजाने, अभाब हुन्न भन्छन्
कोही छन् कि जान्ने सुन्ने, सोधेर त हेरौं

वैमन्स्यता इर्श्या मोह राग, बिर्सनु छ भने
भेटिन्छन् कि आदि मानब, खोजेर त हेरौं    

Tuesday, April 19, 2016

गीत..यो हृदयले तिमीलाई, साथी मानी सक्यो


--
किन मार्थें चोखो माया? बिन्ती नबिसाउ
आजै देखि तिमी भन्छु, बिन्ती नरिसाउ !!

यो हृदयले तिमीलाई, साथी मानी सक्यो
छाया भन्दापनि नजिक, हिजै ठानी सक्यो
किन सार्थें भाका मैले, जन्ती लिई आउनु
म गाउँछु तिम्रा गीत, तिमी मेरा गाउनु !!

एउटै छाता ओढौं आउ, टन्टलापुर घाममा
एउटा गीत कोर आज, बिन्ती मेरो नाममा
आस्था विश्वाश भरोशा, तिम्ले  नतोड है  
उतार चढाब् जिन्दगीमा, बाटो नमोड है !!

किन मार्थें चोखो माया? बिन्ती नबिसाउ
आजै देखि तिमी भन्छु, बिन्ती नरिसाउ !!
 

जता खोलो उतै माछी


आधारहरु कम्जोर भए, कम्पन बढ्दैछन्
अनायसै यो छातीभित्र, धड्कन बढ्दैछन्

ईच्छा मेरा बादललाई, ईशाराले गिराउने
पिँढी आङ्गनमा बाधा, अड्चन बढ्दैछन्

'माछा माछा भ्यागुतो'! जिन्दगीमा हुँदैछ
देख्छु आफन्तका लप्पन, छप्पन बढ्दैछन्

'जित' शब्दै मेटिएछ, जीवन शब्दकोशमा
आसेपासे छिमेकीका, बोल'बच्चन बढ्दैछन्

जता खोलो उतै माछी, माझी जाल बोकेर
गालामा समयले दिएका, चड्कन बढ्दैछन्

pic: stand after defeated !

Monday, April 18, 2016

गाजलले ढाँट्यो


झरी सकेको पानी बादलले ढाँट्यो
ताल बिगारेर त्यहि मादलले ढाँट्यो

चौतारीमा देखेँ,, रोदिमा भेटे जस्तो
आखिरमा उही रातो आंचलले ढाँट्यो

गर्दिन भो सोह्र सृङ्गार हेर्दिन भो ऎना
आज आफ्नै परेलीका गाजलले ढाँट्यो

ढाँट्नु पनि सिमा हुन्छ माफ म दिन्न
के भन्नु आज मनकै पागल ले ढाँट्यो

फूल्नु पर्ने फूल फुलेनन् बशन्तमा आज
बोलाएनन् है बन चरी काफलले ढाँट्यो

गीत ईशाराले बोलाउ मलाई

ति नजरमा डुबी, तिम्रै लागि गीत लेखुँ
जिन्दगीका पन्नाभरी, मिठामिठा प्रित लेखुँ

नगर भो सोर्ह सृङ्गार
म हुँं तिम्रा गाजल टिका
यस्तो लाग्छ हिजोआज
माया बिना जीवन फिका!!

ति नजरमा डुबी, तिम्रै लागि गीत लेखुँ
दुनियाँले हारीसक्यो, तिम्रै निम्ती जीत लेखुँ

ति नजरमा डुबी, तिम्रै लागि गीत लेखुँ ......

ईशाराले बोलाउ मलाई
परेलीमा लुकाई राख
जिन्दगीका सुख दु:ख अब
तरेलीमा लुकाई राख

ति नजरमा डुबी, तिम्रै लागि गीत लेखुँ
सपनीमा छुनुमुनु ,बिहानी र सित लेखुँ

ति नजरमा डुबी, तिम्रै लागि गीत लेखुँ

मेरा गीतमा गुनगुनाउ
त्यो लयमा ताल दिन्छु
जूनी जुनि न'च्यातिने  
जिन्दगीकै रुमाल दिन्छु

ति नजरमा डुबी, तिम्रै लागि गीत लेखुँ
जिन्दगीका पन्नाभरी, मिठामिठा प्रित लेखुँ



के भन्नु खै अन्त्यै नाता, जोडी जानेलाई

----------------------------------------
तगारोमा आई बाटो, मोडी जानेलाई
न दुखेसो न गुनासो, छोडी जानेलाई!
हाँसोखुशी जिन्दगीका, उस्लाईनै ठाने
चोखा डोरी पिरतीका , तोडी जानेलाई !
न आओस् भो यादहरु, बिर्सनेछु छिट्टै
उसै पनि दुख्ने मुटु, फोडी जाने लाई !
मिठाछुरी चल्दा रैछन्,हरेक बोली पिच्छे
त्यै च्यादर् बेइमानीका , ओडी जानेलाई !
नजर हुँदै कलेजीमा, बास माग्ने गर्थे
के भन्नु खै अन्त्यै नाता, जोडी जानेलाई !

लघुकथा कालो बोको

खडेरी,डंढेलो र तुयांलोले आक्रान्त बस्ती, केही बेर रमाएको थियो आज बेलुकी पख। आकाश कालो न कालो हुँदै थियो भने उत्तर तर्फ देखिने देउचुली र बर्चुलीको चुचुरामा बादल ठोक्किएका देखिन्थे। "हो, अब आज त पानी पर्छ पर्छ", भन्दै थिए कोही भने, कोही "होइन यसै छारो सम्म मार्छ कि" भन्दै असहमती जाहेर गर्थे। बाटामा खेल्न गएका केटाकेटीहरु घर छिर्दै थिए। बुवा लौ है टौवा उडाउंछ कि भन्दै पुराना काठ र मुढाहरुले थिच्दै हुनुहुन्थ्यो।आमा भने ग्यांसको अभाबले भित्र फुकेको आगो निभाउन दौडँदै हुनुहुन्थ्यो।

तर हावाहुरी उत्तर पश्चिम हुँदै पूर्व गयो। केही फलेका आँप र लिचिका चिचिलालाई भुइँभरी झार्दै।

रातपरी नसकेकाले अघिसम्मका अड्कलबाजहरु घरको गेट नजिकै जम्मा हुँदै थिए। आखिर अघि असहमती गर्नेले जितेको भान भयो।पढेलेखेका अंकल भन्दै थिए; "के को पानी पर्थ्यो नासाले भनेको देशको १७ प्रतिसत बनजङ्गल त यसपालिको खडेरीमा लागेको डन्ढेलोले सकिसक्यो रे"। छिमेकी मामा भन्दै " हैन बाबु पोहोरको भूकम्प गएको एक बर्ष भा'छैन अझै के के हुने हो, जेठको पहिलो साता नभै पानीको लक्ष्यण नै छैन"।
यतिन्जेलमा न्यौपाने पण्डित पनि जुँघामा ताउ लगाउँदै अाइ पुगे। केहीबेर सबैको अड्कलबाजी सुनिसकेर

" के को भुइँचालो न नासा, जब सम्म हामीले शनिस्चरे र अाइतबारेको पूजा गर्दैनौं तब सम्म हाम्रो गाउँमा पानी त मेरो कान काटेपनि पर्दैन"। एक कान दुइकान मैदान, अन्त्यमा आउने शनिबार शनिस्चरे माई र अर्को आईतवार आईतबारे देबताको पूजा गर्ने निर्णय भयो। मलाई भने एकजोर हुर्कौला परेवाका जोडी र कालो बोको खोज्ने जिम्मा लागाइयो।    

लघुकथा वाक्यमा प्रयोग !


"बाबु खाजा खाएर तिमी होमवर्क गर है, अस्ति इक्जाममा पनि जम्मा ७९% ल्याएको रहेछ"। हामी बोर्डिङ बाट फर्कन नपाउंदै ममीको आदेश।
"छोरी त आज मलाई अलीअली सघा है,भुटेको चिउरा त हो नि खाजा सुरुवालको गोजिमा राखेर बारीमा अाइज है, मल पांज्नु छ" ममीको अर्को आदेश। ड्याडी बरान्डामा बसेर पत्रिका पढ्दै हुनुहुन्थ्यो।

अलिकती आँट निकालेर मैले भनें "नाइ! ममी म पनि होमवर्क गर्छु पहिला"। ममी हातमा कोदालो लिंदै,अल्ली च्याँठिएर " तंलाइ के को हतार भो अहिल्यै होमवर्क गर्न, बेलुका गरेहुन्न ?!" जवाफ फर्काउन थुप्रै शब्दहरु त थिए म सँग पनि तर के गर्नु चुप लागेर भित्र पसें।कपडा फेरें, सुरुवालको गोजिमा खाजा राखेर बाहिर निस्कंदै थिएँ, भाई किताब कापी झोला लिएर ड्याडी सँग पढ्न बसिसकेको रहेछ।

"ड्याडी ! वाक्यमा प्रयोग गर्न सिकाइ सियोस् न!" भाई लाडिंदै ड्याडी सँग कुरा गर्दैथियो। " अँ भन कुन शब्द राखेर वाक्य बनाउनु छ?" ड्याडीले पत्रिका बाट आँखा नहटाइ भन्नु भयो। "अँ ड्याडी 'अन्तर'"। ड्याडीले के भन्नु भयो कुन्नी, भाई निहुरिएर लेख्न थालिसकेको रहेछ।म अल्ली पर पुगिसकेको थिएँ।।  
-------------------
कल्पना पौडेल आचार्य
भरतपुर १८ चितवन


  

Sunday, April 17, 2016

मिठा बोल्नेहरु सँग

मिठा बोल्नेहरु सँग, तर्की हिँड्नु पर्ने भयो
ओइ भनि बोलाए नी, झर्की हिँड्नु पर्ने भयो !!

अघि'भेटे हजुर्‍ हजुर्‍, पछाडी भने धारे हात
पूर्व देखे पश्चिम् तर्फ, फर्की हिँड्नु पर्ने भयो !!

माहिर छन् बदनामीले, फेरी किन मेरै पछी
चैतको पोल्नेघाम् झैं, चर्की हिँड्नु पर्ने भयो !!

जो सुकैले जेजे भन, आफ्नोबाटो छोड्ने छैन
जले जलुन् मान्छे अब, लर्की हिँड्नु पर्ने भयो !!

मिठा बोल्नेहरु सँग, तर्की हिँड्नु पर्ने भयो
ओइ भनि बोलाए नी, झर्की हिँड्नु पर्ने भयो !!
----

गीत:आज फेरी



किनार छोइ भाग्ने, लहरका कुरा गरौं
लहरलाई पछ्याउने, बगरका कुरा गरौं
रातका छटपटी, भित्ताभरी उन्कै तस्बिर्
घरीघरी टुटि राख्ने, रहरका कुरा गरौं
सपनाका महलहरु, सपनामै भत्किरहे
र निदाउनै नदिने, प्रहरका कुरा गरौं
खै के छ बादलपारी, ए परी मलाई बता
नामीहरु गुमनाम हुने, शहरका कुरा गरौं
न निल्नु न ओकल्नु, छोडी जाने बैगुनी रे
सुस्तसुस्त ज्यानै लिने, जहरका कुरा गरौं!!!

Saturday, April 16, 2016

कहाँ छैन युद्ध

म 'राम्री' छैन,, तस्बिर टाँस्दिन यहाँ
भाग्यको लेखो, तक्दिर टाँस्दिन यहाँ

पुजेको हुन्छु भगवान, हृदय देखि नै
त्यसैले त अब, मन्दिर टाँस्दिन यहाँ !!

स्वतन्त्रताको नाममा नाङ्गिनु नै छभने
आँफै बाँधिएका जन्जिर टाँस्दिन यहाँ !!

कहाँ छैन युद्ध?, देखाउ एक कुनामा  
मनमै छ जम्मु - कस्मिर टाँस्दिन यहाँ !!

कहाँ पुगिन्छ कहाँ जिन्दगी यात्रा हो
गुमनाम हुँला, मन्जिल टाँस्दिन यहाँ !!

Friday, April 15, 2016

हरेक पुरुषमा 'राम' खोजेको हुन्छु

हरेक पत्थरमा 'राम' खोपेको हुन्छु
हरेक पुरुषमा 'राम' खोजेको हुन्छु
भेटिने छ रामराज्य मेटिनेछन् रावण
दिल दिमागमा 'राम' सोचेको हुन्छु
असंख्य मन्दिर कोटीकोटी भगवानहरु
लाखौंँ इश्वरबिच् 'राम' रोजेको हुन्छु
फूल्नेछ पक्कै फल्नेछ राम एकदिन
त्यसैले त धर्तिमा 'राम' रोपेको हुन्छु
हरेक पत्थरमा 'राम' खोपेको हुन्छु
हरेक पुरुषमा 'राम' खोजेको हुन्छु !!!


हुन्छ म राम खोज्छु, तिमी जाम खोज

हुन्छ म राम खोज्छु, तिमी जाम खोज
बेहोशीमा लडौला है, सफा ठाम खोज
 
नपाल भो टुप्पी रक्सी खोज्ने नै हो भने
अँध्यारोमा पिल्सेका छौ, चर्को घाम खोज

हुन्छ म धाम खोज्छु तिमी लाम खोज
अस्तित्व लीलाम गर्दै दामी नाम खोज

भेट्नेछौ दुकान, मदिराहरुको शहरमा
रित्तिएका गोजिहरुमा खोटा दाम खोज

हुन्छ म काम खोज्छु तिमी खाम खोज
हुन्छ म राम खोज्छु तिमी जाम खोज !!

FB friend on samakalin sahitya wrote:
Sharma Tham Narayan तिमि राम खोज म जाम खोज्दैछु // तिमि धाम खोज म ठाम खोज्दैछु // नपिउने त् के मान्छे हुन्छ हजुर // टुप्पी पालेर रक्सीको नाम खोज्दैछु //

Thursday, April 14, 2016

ब्याधा पापी, छुटायो पिरती

गीत

चरीले नी, गाएनन् गीत
बनै छाडी, कां गयौ ए मित् ??

चिर्बिर्‍ चीर्बिर्, नसुन्या धेरै भो
बुझ्छु कि त, भन् चरी के के भो ??

पोख्दिन भो, यो मनको पिर ठुलो
तिम्लाई लाग्ला, पछाडी भिर ठुलो !!

बनको साथी, मनको त्यो साथी
सम्झी सम्झी, दुख्दैछ यो छाती

ब्याधा पापी, छुटायो पिरती
एक्लो यो बन, एक्लै छ धरती !!

एकताका ब्रितहरु ,गीत

लेख्नेछु अझै म,,, स्वतन्त्रताका गीतहरु
कोही कागज कोही कलम, देउ ए मीतहरु

बादलबाट चांदी चोरी, बर्षातका बुँद टिपी
गाँस्नेछु हेर्दै जानु, हरेक जिबसँग प्रितहरु

छिचोल्नेछु सूनामी ज्वालामुखिका लप्काहरु
धेरै भए जहर यहाँ निकाल्नेछु म अमृतहरु  

भत्काउनेछु पहाडहरु निछोडमा पुग्ने छु म
च्यात्नेछु सारा असमानता बिभेदका रितहरु

अहंकारले पोल्न छाड्यो बिद्रोहका रांको बालौं
आयात, बर्ग, त्रिभूज हुँदै एकताका ब्रितहरु    

र पनि अझै, भगवान कै भर छ!!

के गर्नु खै, भिर पखेरामा घर छ
घरीघरीको कम्प, पखेरा मै चर छ!
तुयाँलोले तर्साउँछ, मनभरीको पिर
सुख्खा पहिरो, भूकम्पको डर छ!
डरै डरमा बाँच्नु जिन्दगी हो भन्छन्
बनमा डंढेलो दुइतीन नापो खर छ!
लहरा नि चुँडिए, पहराको साथी खै?
चौतारीमा हेर्नु हजुर, एकलो बर छ!
पुज्दिन ईश्वर, जान्न मन्दिर भन्छु
र पनि अझै, भगवान कै भर छ!!

लघुकथा ------ भुसाको ठुटो


"काले, यो भुसाको ठुटोलाई अगुल्टोमा झोसेर ले आ'त"।
 आङ्गनमा खेलिरहेको छोरोलाई धियांल बाजेले काम लगाए। कालेले पनि बा को हातबाट सालको पातमा बेरेको मोटो बिंडी जस्तै लाई लिएर भित्र पस्यो। म हेरिरहेको थिएं, धियांलबाजे गाउँको मुखिया नै थिए। झारफुक देखि लिएर आमा समूहको सम्पूर्ण काम उनी आँफै गर्थे, किन नगरुन त गाउँमा पढेलेखेका उनी मात्रै थिए भन्दा पनि हुने थियो। रिटायर्ड नेपाली लाहुरे, लेबनान शान्तीसेना गएर फर्किएका।निकै फुर्तिला धियांल बाजे। बिहान एक हल मेलो जोतेर दिउंसोको खाना खानुअघि बजार गएर रासन पानी लिएर आएर पनि लेकको बनबाट एक भारी स्याउला घाँस ल्याउन भ्याउँछन्।
कसैका छोराछोरी लाई उंधोउभो (छेर्ने छाद्ने) भयो भने आफुले सधैं बोकिराख्ने पूरानो झोलाबाट जीवन जल झिकेर दिन पनि पछी पर्दैनन्। गाउँमा कोही केटाले बिहेगरे भने पनि परिवार नियोजनका अस्थाई साधन सुटुक्क दिने गर्छन् धियांल बाजे।
जिल्ला सदरमुकामबाट बसमा ४५ मिनेट अनी केहीबेरको उकालो कटेपछी उनको गाउँ पुगिन्छ। सामाजिक र बिदेशी स्वयम सेवककामको सिलसिलामा मलाई त्यो गाउँ गहीरहन पर्थ्यो।
धेरै बर्ष पछी एक दिन बजारमा उनै धियांल बाजेलाई देखें, पछाडि उही पुरानो झोला, हातमा प्लास्टिकका झोला,उस्तै फुर्तिला।टाढैबाट "दाई नमस्कार!सञ्चै हुनुहुन्छ?" औपचारिकता निभाए मैले तर जवाफ आएन, त्यसैले अल्ली नजिक गएर फेरी "दाई नमस्कार!सञ्चै हुनुहुन्छ?"।"ए सर, अं बाबु सञ्चै, अनी तपाईं नि? खै हाम्रो गाउघर त माया नै मार्नु भयो त? एकै सासमा यती कुरा सिद्धिन नपाउँदै " के गर्ने हो सर कान कम सुन्ने भयो म त, अनी प्रेसरको पनि दबै खांदै छु, म त मर्छ होला है सर चांडै"। सबै कुरा सुने पनि नसुने झै गरी मैले अघी थपे " हिँड्नुस् दाई त्यो पसलमा चिया खांदै गफ गरम एक छिन्"।
चिया पिउँदै निकै बेर मिठा रमाइला गफ पनि भएछन्। जेठो छोरो पनि नेपाली सेनामा रहेछ, कान्छी छोरी पनि मन पर्ने ड्राभर समाएर बिहे गरिछ, जेठी छोरीको त पहिले नै बिहे भैसकेको थियो, गाउँ मै।
"दाई भोक पनि लागेको छ खाजा पनि खाउँ है !" बाहिर सडक निकै तातेको थियो गर्मी उस्तै। एक एक बोतल कोककोला र एक एक प्लेट चाउमिन खांदै गफको सिलसिला चलिरह्यो। तर पनि दाइले माहिलो छोरो त्यो कालेको कतै पनि चर्चा गरेनन्। छुट्टीने बेलामा मैले केही सम्झिए झैं गरी सोधें " साँच्चै दाई, माइलो छोरो के गर्दै छ, कि उ पनि लाहुरे भयो?"
दाईले केही मुख बिगारदै केही सम्झिए जस्तो गरेर भन्न् थाले, " के को लाहुरे हुने सर, त्यो त के के जाती खाने गरेर बिग्रियो नि, मेरो पेन्सन त उसैको उपचार मै ठीक हुने भयो, काठमाडौं लगेर ल्याए अल्ली ठीक भयो अब त सुध्रियो कि भनेको फेरी गाँजा र के जाती कालो पदार्थ खान थालेछ, गाउँका अन्य केटाहरु सँग सिकेर, त्यसैले रिह्याबमा राखेको छ। अहिले उसैलाई भेटेर आएको नि"। म अक्क न बक्क भएं, यती भन्दै धियांल दाई त ट्रक चढेर गै सकेछन्। मलाई भने त्यही भुसाको ठुटोको याद अाइरह्यो।।  
  

Tuesday, April 12, 2016

लघुकथा ३ आदियोस्


"बहिनी बिदेश आएपछी त हल्का पिउन सिक्नु पर्छ, म पनि बियर त पिउन्न तर काभा प्राय बेलुका सुत्नु अघी पिउने गर्छु, हेर न दिन भरी दुकान रुङ्ग्यो थाकेको ज्यान फेरी बिहान चान्डै उठ्नु पर्ने" आफु भन्दा केही सिनियर दिदीले बिदेशमा सिकाएको पहिलो पाठ थियो मेरो। हालाकी त्यती बेला काभा के हो भन्ने कुरा मेरो दिमागले समाउन न सकेपनि यती याद थियो कि यो एक प्रकारको पेय पदार्थ अर्थात सजिलो भाषामा रक्सी नै थियो स्पेनको कातालन राज्यमा धेरै चल्ने व्ह्वाइट वाइन जस्तो चाम्पियन।
एक दिन कोठामा त्यसै बसिरहेको थिएं, भन्दा पनि नेपाल सासु ससुरा र छोरो सँग स्काइपमा कुरा गर्दै थिएं, मेरो पुरानो साम्सुङ जुन नेपाल बाटइ बोकेर आएको थिएं, बज्न थाल्यो ॐ भू-भुर्वस्व ...., नाम टिप्न भ्याएको थिइन, उनै दिदीको फोन रहेछ। "बहिनी फुर्सद छ भने हाम्रो कोठामा आउनुस् न फलानो दिदी, फलानी बहिनी पनि हुनुहुन्छ, सेर्दोको मम पनि खाने कार्यक्रम छ २ बोत्तल काभा पनि छ अनी हामी दिदी बहिनीहरु मिलेर एकछिन म्यारिज पनि खेलौं, है ,,आज कामबाट अल्ली चाँडै फुर्सद पनि मिलेको छ।" एकै सासमा दिदीले सबै कुरा भन्न् भ्याइन। म एक छिन त रनभुलमा परें के भनम के भनम भयो। आफु परीयो पहाडमा हुर्की बढेकी बाहुन कि छोरी न मम मा नै रुची थियो, त्यसमा पनि भेज भनेको भए पनि त हुन्थ्यो सेर्दो(पोर्क अर्थात बुङ्गुर)अरे , अनी काभा भो बाबा भो अनी म्यारिज, अहो सम्झी सम्झी नरमाइलो लाग्यो। कतै कामको कुरो भए पनि हुन्थ्यो कतै भाषा सिक्ने कक्ष्याको कुरो भए पनि हुन्थ्यो।अरु केही नसोची मैले फोन गरेर " आ!!! होस् दिदी म आउन्न आज" यती भनेर फोन राखिदिएँ। जे सुकै भनुन्।

समय बित्दै थियो, नयाँ ठाउँ नयाँ परीबेश मेरो लागि सबै थोक नयाँ एक किसिमले भन्दा जीवनका प्रत्यक पलहरु नयाँ नै थिए। न मलाई बिकनी अगाएर समुन्द्रमा खेल्ने रहर नै थियो न, कथित आधुनिकतामा रमाउनु नै। सायद दुनियाँले मलाई पाखे भनोस् या गँवार तर म आँफै केही पृथक भने थिएं र अझै पनि छु र रहने पनि छु। जब सम्म समय र परिस्थितीलाई म जित्छु र जितिरहनेछु। सायद यो नै मेरो नैसर्गिक अधिकारका कुरा हुन।

कहिले १५ पुस कहिले सोनाम ल्होसार, कहिले के कहिले के पार्टी र रमाइलो गर्ने बाहेक कहिले पनि अरु कुरामा भेटै भैहाले पनि कुरा हाम्रो हुँदैन थ्यो।४ बर्षको छोरो नेपाल छोडेर आएको थियौं हामी दुबै बुढाबुढी त्यसैले खासै कतै पनि रमाइलोमा मन रमाएको थिएन हाम्रो।

नेपाल छोडेको पनि केही महिना बितिसकेको थियो तर नेपालमा कुन महिना चल्दैछ त्यो भने बिर्सिदै गएको अवस्था थियो। एक साँझ एक्कासी फेरी उनै दिदी भेटीइन बेलुकी पख। उस्तै हतारमा।
"म बहिनीलाई फोन गर्नेवाली नै थिएं, के छ बिचार, भोली साउनको पहिलो सोमबार, समुन्द्र नुहाउन जाउँ है, हामी ४,५ जना छौं। बिहान चाँडै जाऔं। दुई नम्बर मेट्रो चढेर (नाम बिर्सिएं अहिले) फलानो स्टेसनमा भेटौं है, म त खाली खुट्टा नै जान्छु"। एक छिन फेरी अकमक्किए।
मैले केही पनि नसोची बताई दिएं कि म जान्न भनेर।
"ह्या! यो बहिनी सङ्ग त कहिले पनि केही पनि कुरा मिल्दैन क्या किन हो" यती भन्दै थिइन दिदी ," आदियोस्" भनेर म पनि आफ्नो बाटो लागें।  

लघुकथा बाठा माड्साब


----------

कुरो त्यस्तै ३६,३७ साल मङ्सिर पुषको हो।जुन बेला शैक्षिक बर्ष पनि त्यही समयमा हुन्थ्यो। बिद्यालयको अन्तिम परीक्ष्या पनि सकिएको थियो म र मेरा दुई शिक्षक साथी मिली राजधानी जाने निर्णय गर्यौं। हाम्रो त्यो घुमाइ न कुनै अफिसियल थियो न कुनै भेटघाटको। बास्तबमा हामी बाला चतुर्दशी पारेर सद्बिज छर्न जाने भन्ने निर्णय थियो।उमेरले म भन्दा दुबै साथीहरु कम हुनुहुन्थ्यो तर एकजना लाई म काका भनेर बोलाउँथे अर्को आफ्नै भाई जस्तै। त्यो बेलामा अहिलेको जस्तो नारायणगढ बाट ४ घण्टामा काठमाडौं पुगिने अवस्था थिएन। कि त पूर्व पश्चिमबाट आएका रात्री बस पुलचोकमा समातेर जानु पर्थ्यो कि त साझा बस। हामीले रात्री बसमा बाला चतुर्दशीको बिहान काठमाडौं पुग्ने गरी जाने निर्णय गर्यौं। कि बिहान पुग्ने पशुपतीनाथ पनि दर्शन गर्ने समय मिले घुम्ने राती सद्बिज छरेर अर्को बिहानको साझा बसमा चितवन फर्कने। यही निर्णयलाई कार्यन्वयन गर्ने भनी हामी बिद्ध्यालय बाट छुट्यौं। भने अनुसार काठमाडौं जानेबेलुका हामी तिनै जना पोको पुतरो बोकेर एभन साइकलमा पुलचोकमा भेट्यौ। तब अर्को फसाद पर्‍यो कि साइकल कहाँं राख्ने? मेरो सल्लाह अनुसार साइकल हामीले त्यो बेलाका नाम कहलिएका गङ्गे शाहुको पसल (कपडा पसल)मा राख्ने भैयो।

बेलुकाको खाना बर्मेली होटेलमा (पहिला नारायणगढमा निकै प्रचलित होटेल थियो)।मैले र भाईले माम्सहारी खाना नै बजाइयो तर काकाले भने रोटी र दही। करीब नौ बजे तिर एउटा बस फेला पार्यौं, याद भएन कहाँ बाट आएको थियो। त्यस्तै प्रति ब्यक्ती ३०,३५ रुपैमा हामीले टिकेट लियौं। बस खाली खाली नै थियो। मेरा दुब्ला पातला काका अगाडि नै रोज्नु भयो हामी केही पछाडि सिटमा बस्यौं। मंसिर पुसको मुग्लिन - गाइघाटको सिरेटो छल्दै मलेखुमा बस रोकियो। काका ओर्लनु भएन हामी दुई ओर्लिएर यसो पेट तातो गर्यौं।

बिहान झिस्मिसेमै कलंकीमा रोकियो हामी सवार बस। हामी तिनै जनाले टन्न कपडा लगाएका थियौ गलबन्दी पनि कसेका थियौं। रिङ्गरोडमा चल्ने पुराना दुबै तिर ढोका भएका बसमा हामी चढ्ने पर्खाइमा थियौं, काका चिया पिउने भन्दै हुनुहुन्थ्यो तर भाईले होइन बागमतीमा मुख धोएर पिम्ला सर भन्दै बस चढाउनु भयो, बिहानी पखको चिसो त्यो पनि काठमाडौंको, बस तरकारी र प्याकेट दुध बोक्नेहरुको झैं लाग्थ्यो। खलांसी भाईले  गौशला! गौशला! भनेकोले काकाले नै ३ जनाको बस भाडा तिर्नुभयो र हामी झर्यौ। उसै पनि भिड हुने ठाउँ त्यसमा पनि बेलुकाको लागि मान्छेहरुको भिड। आफ्नो झोला सम्हाल्दै हामी पनि पुग्यौं मन्दिर भन्दा केहीपर सी!!सी र सुइ!! सुइ! गर्दै बागमतीको पानी छोयौं मात्र के को मुख धुन सकिन्थ्यो र? लौ गुरु हो "मन चङ्गा अन्जुली मै गङ्गा" भन्दै चिया पसल खोज्न थाल्यौं। भाईले ल सर चिया त यताको नै मिठो होला जस्तो छ भन्दै बसाले हामीलाई टुटेफुटेका कुर्ची र मुढाहरुमा।

मोटिमोटी हँसिली चिया दोकाने बहिनिले सोधिन, सर चिया पिउने हो? कती बनाम चिया? भनेर।
भाईले 'तीन चिया साहुनी' भन्न नपाउँदै, काकाले हान्स्दै 'म त दुध खान्छु'।' लौ साहुनी उहा त दुध खाने रे' हांस्दै भाईले भन्नु भो साहुनीले पनि भित्री कुरो बुझे झै ल ल भन्नु भो। मलाई अल्लो चिसो लागेको ले हो कि आगो फुके नजिक मुढा सार्दै गएं। उम्लिरहेको दुधको कराइ बाट शिसाको ग्लासमा २ डाडु र अलिकती दुध राखेर काकालाई 'ल सर दुध खानुस्' भन्दै दिनु भो। काका दुबै हातले गिलास पक्डिएर पिउन थालनु भो हामीलाई भने चिया बन्दै थियो। त्यही कराइबाट नापेर दुई गिलास दुध अर्को सानी चिया ताप्केमा खन्याउनु भो साहुनीले म हेर्दै थिएं। चिनी, टोकला चियापत्ती, गरम मसलाको धुलो, अलीअली मरिचको धुलो राख्दै साहुनी चिया उम्लदै थियो, फेरी चियापत्ती थपियो। हाम्रो चिया पनि आयो, चिया निकै मिठो र हामी मास्टरलाई मनपर्ने खालकै थियो। उता गुरु काका भने मुख बिगारदै हुनुहुन्थ्यो। कानमा सुटुक्क 'होइन सर यो दुध गाई भैंसीकै हो कि मोटरको?'

मैले भित्री कमिजमा हात घुसार्दै सोधे "नानी हाम्रो कती भो त चिया र दुधको?"
'अं अं ! दुई चियाको १ रुपैया र दुधको १ अं अं दुई रुपैया दिनुस् न सरहरु' ।
-------------
कहिले काही अझै पनि म काकालाई सोध्छु
"काका काठमाडौंको दुधको याद कत्तिको याद आउँछ त?"
काकाको जवाफ केबल मिठो हाँसो मात्र।।    

Sunday, April 10, 2016

लघुकथा मास्टर्नी साब!

लघुकथा-२

मास्टर्नी साब

  "कान्छा छिट्टो मेरो ब्लाउजमा अाइरन लगाइ दे त, बत्ती आयो !" मास्टर्नी साबको हुकुम थियो। खै थाहा भएन आज मास्टरनी साबलाई के को हतार थियो। नौ सभा नौ बजेको हुँदो हो निकै हतारमा थिइन मास्टर्नी साब ।हाम्रो गाउँकी मास्टर्नी साब। न कहिले पढाउन गएकी देखियो न कहिल्यै कुनै किताब वा पत्रीका पढेकी नै देखियो। कनीकुथी सहि गर्न भने गाउमा ४४,४५ सालतिर आएको पन्चायती रात्रीकालिन प्रौढ शिक्षामा सिकिन। तै पनि मास्टर्नी, कस्को के लाग्यो र? कसैलाई अचार खान मन लाग्यो मास्टर्नी, कसैलाई सिटामोल चाहियो मास्टर्नी, कसैलाई कसैको गुन्युँ पछार्ने फुर्सद भयो की मास्टर्नी। यस्तो लाग्थ्यो गाउँकै आवश्यकता हुन् हाम्री मास्टर्नी।
कान्छो त्यस्तै १० ११ सालको फुर्तिलो केटो, खै कहिले बाट त्यसघरमा आयो मलाई ठ्याक्कै याद भएन।
"जाबो ५ जनाले खाएको भाँडा माझ्न पनि कती बेर लगाएको भन्या" अर्को कर्कसाले मेरो एकाग्रता भङ्ग हुन्छ।
पढेर भन्दा पनि लगनमा परेर मास्टर्नी भएकी थिन् उनी। गाउकै भद्र भलाद्मी थिए मास्टर साब। केहीबर्ष पहिले दुनियाँ छोडेर गए उनलाई मजबुत मास्टर्नी पदवी छोडेर। बोल्न टाठी हाम्री मास्टर्नी यता उता महिला, बाल बिकास, सहकारी, महिला बचत आदि इत्यादी अन्तर्गतका साना कार्यक्रम र गोस्ठीहरुमा ब्याच लगाएर मन्चमा बस्न असाध्यै रुची भएकी हाम्री मास्टर्नी लाई आज के को हतार भएछ मनमा गम्दै थिएँ म। अर्को उर्दी आयो:
"कान्छो आज स्कुल जान पर्दैन म तेरो मेडामलाई भेटेर तलाई सन्चो छैन भन्दिम्ला है"
" ल ल आमा " सानै देखी त्यही घरमा हुर्किएको ले होला, कान्छो पनि मास्टर्नी साबलाई 'आमा' नै भनेर सम्बोधन गर्छ।
केहीछिनमा, कालो ब्लाउज कालै सारीमा मास्टर्नी साब छालाको ब्यागबोकेर
" होइन ए कान्छा मेरो चप्पल खै, अघी सम्म यही नै त थिए?" मास्टर्नी साबलाई झन हतार हुँदै थियो।
" आज स्कुल गैनस् क्यारे, माथिको दुई बोरा धान सुका, भरे म आए पछी मिल जानु पर्छ, लहिनो भैंसी छ मोर्ला बेलैमा कुन्डो पनि दे है, बाख्रालाई कलिलो बकैना न दे है, मेरो चप्पल खै भनेको?? बिग्रिएको रेडियो झैं लाग्थिन हाम्री मास्टर्नी साब।
" आमा पनि! यी के त" हातमा एक जोर कालै चप्पल ल्याएर दिँदै कान्छो।
मलाई भने मनमा खै खै भएर आयो। अनि तगारोमा छेकेर सोधें,
"हैन हो मास्टर्नी साब आज के को हतार हो, कताको साइत हो?"
" अं नानी आज गा बि स मा कार्जेक्रम छ " कालो सारी मिलाउँदै हतारमा मास्टर्नी साब।
अर्को कौतुहल मेट्दै सोध्छु " ए'' के को कार्यक्रम रहेछ? "
" साना बाबुनानीलाई पाठशाला पठाऔं,
गृह बाल शोषनको अन्त्य गरौं" को बारेमा हो नानी, हेर्नु न म त झनै ढिला भएं" एती भन्दै मास्टर्नी साब लामा लामा पाइला चाल्न थालिन।
खै उन्ले के भनिन् मैले के बुझें, हेर्छु कान्छो बकैनाको रुख चढ्दै थियो।

------------------
                                                                                                                                                                                                                                                                                                                                                                                                   

घात धेरै भो

पूराना पात्राहरुको खात धेरै भो
आउनेजाने नयाँबर्ष बात धेरै भो

मानबता खोज्नुपर्ने जुनकिरीको ज्योति
मान्छेहरु बिचमा नै जात धेरै भो

समानता गरिबी सरकारका नारा
हात्तीका झैं देखाउने दांत धेरै भो

जताततै भ्याउने रावणका झैं शिर
अकर्मण्य चोरहरु'कै हात धेरै भो  

जन्म ए जन्म हे धर्ती पुत्र नेपालमा
बुद्ध जन्मे वहीं जहाँ घात धेरै भो !

हाइकु बाँस

गुण जाहेर
नुघेको नुघ्यैछ त्यो
घना बाँसको !

सिक ए मान्छे
सभ्यता बाँसबाट
झुकेर ठुलो !

खप्टेरा सिन्का
मिठा मकैका फुला
बाँसैका त हुन् !

सुन्दा नमिठो
हरियो बाँसमा रे
सबैको बाटो !

त्यसैले भन्छु
नभाँच कलीला ति
बाँसका तामा !

नन्न अमजु
भो भो र नाई नाई  
केरा र बाँस !

(की गो : की भनेको रुख र गो भनेको भाषा,हाइकुका प्रथमत सिद्धान्त) 

लघुकथा तागाधारी


खोलामा नुहाउन गएको छोरो(अशोक) रुँदैरुँदै फर्किएको देख्दा मनमा अनेक कुरा खेल्न थाल्यो। नजिकै आएपछी हेर्छु घाउचोट कतै पनि देख्दिन। लगाएर गएका कपडाहरुले छाती ढाक्दै झनझन रोएको देख्दा म केहिपनि सोच्न सक्दिन। फकाएर सोध्न थाल्छु:
बाबु तलाई के भयो, किन रुंदैछस्?
कसैले पिट्यो कि कसैले केही भन्यो कि?
कि कोही साथीलाई खोलाले खायो कि?
रुवाइ रोकिँदैन, यस्तो लाग्छ उसको मन नराम्ररी दुखेको छ। अचेत छन् उसका चेतनाहरु। बच्चा भनेर बच्चा पनि होइन अशोक, सोझो र कसैलाई केही भनी बिराउँदा पनि बिराउँदैन। हिजो ३ कक्ष्याको परीक्ष्यामा ७७ प्रतिसत अंक ल्याएर प्रथम श्रेणिमै उत्रिण गरेको छोरो, खुशी हुँदै छिमेकी साथीहरु सँग नुहाउन गएको अहिले यस्तो हाल छ। कतै खोलाको 'सिबे' पो लाग्यो कि भनेर पहेँला अक्ष्यता शिरमाथि घुमाएर फ्याँकिदिन्छु। छोरो त सम्झिसम्झी रोएको देख्दा सान्च्चै नै के भयो भनेर मन आत्तिरहन्छ।
छोरो अशोक के भयो भन त बाबु? अहिले अाइस् क्रिम खाम्ला।
बाबुलाई मन पर्ने चोको पाइ किनेर खाम्ला, के भो बाबु भन त?
रुवाइ केही मत्थर भयो तर बोली निस्केन उसको मुखबाट। उ ईशाराम केही बताउँदै थियो छातीको कपडाहरु निकाल्दै। नियालेर हेर्छु त्यहा पनि घाऊ चोट त देख्दिन। उसले उसको देब्रेहात देब्रेकान तल र दाहिने हात कम्मर माथि लगेर केही सम्झायो र मैले पनि उसको कुरा बुझें। दौडदै भित्र गएर एकजोर नयाँ जनै ल्याएर लगाई दिएँ, अनि बल्ल उ बोल्न थाल्यो।      
आमा! किन मेरा साथीहरुले मेरो जनै चुंडाइदिए? मलाई मन पर्छ जनै लगाउन भने तिनिहरुलाई के को मतलब?
हो नि मेरो छोरोले पहिरिएको जनै उसको उमेर सँगैका साथीलाई चुँडाउन कसले सिकायो?
उता रेडियोमा समाचार आउन्दै थियो,
"हाम्रो असहमत भनेको तागाधारीहरु सँग हो" !
-----------------
(मित्रहरु मेरो यो पहिलो प्रयास हो लघुकथाको रुपमा, सुझाब र सल्लाहको प्रतिक्ष्यामा)  

Saturday, April 9, 2016

साकुरा र हाइकु

याद उनैको
आँखा पारीपाखामा
पैयुँ फुलेछ !!
मिठा रहर 
अन्नपूर्णको यात्रा
गुराँश टिप्दै !!
नयाँ पालुवा
बैशाखी यामहरु
पात्रो फेरिन्छ !!
कतै साकुरा
यहाँ काफल पाके
ऋतु बषन्त !!
उमङ्ग फूल्यो
यो खुशीको बोटमा
फल लाग्ला नि !!

Friday, April 8, 2016

गजल


                                                                                                                           - कल्पना पौडेल आचार्य

मलाई आफ्नै, तस्विर मन पर्दैन                                                                                                                               जे जो भेटिए, तक्दिर मन पर्दैन!!

नास्तिक छैन, भरोषा उठे सायद
हो पत्थरका, मन्दिर मन पर्दैन !!

हत्केला हेर्छु, सग्ला छन त्यै'पनि 
न मेटिएका, 'लकिर' मन पर्दैन !!

आर्तनाद छ, भोक'बिलासका द्वन्द 
झुपडी नजिक्, मन्जिल मन पर्दैन!! 

स्वतन्त्र छेस, भन्छौ ब्यर्थै किन 
यी बांधिएका, जन्जिर मन पर्दैन !!

भरतपुर-१८, चितवन

Gajal



दुखाई बिर्सिएर हो की, चोट खोज्दैछु 
म टिप्थेँ पत्ता बेदनाका, बोट खोज्दैछु !

मन्दिर मस्जिद चैत्य, पत्थर बोल्दैनन्
ति कथित भगवानका, खोट खोज्दैछु !


थाकिसके परेलीहरु, सुस्ताए पाइला
सधैं सधैं मुस्कुराउने, ओठ खोज्दैछु !


चाहे सात समुन्द्र-पारी, खर्च जुटाएर 
जानेछु खोज्न म मदन, भोट खोज्दैछु !


सकिन किन्न नयाँ, किताब जिन्दगीमा 
'थोरो'ले भनेको जस्तै, कोट खोज्दैछु !
-photo @ google

Tuesday, April 5, 2016

बुद्धत्वका पाइलाहरु

खेल्न आउँछु आङ्गनीमा बार नलगाऊ
बिन्ती अब जातियताको तार नलगाऊ !!
पून्यभूमी ज्ञानभूमी बुद्धत्वका पाइलाहरु
धार्मिक असहिष्णुताका धार नलगाऊ !!
अनेकतामा एकताको प्रतिबिम्ब नेपाल यो
खण्डित बैमनस्यताको खार नलगाऊ !!
हिमशीला झैं पवित्र गङ्गाजल झैं चोखा
नेपाली शिरमा असत्यको भार नलगाऊ !!
पाएका छौं सार्बभौम सहिदका बलिदानमा
हुँदैन सधैं पराधिनका घार नलगाऊ !!

Monday, April 4, 2016

एकान्तमा मुना रुँदैछन्


Write a comment...

गजल
--------
मदन सम्झी एकान्तमा मुना रुँदैछन्
च्यातिय यी चौबन्दीका तुना रुँदैछन् !!
कस्ले खन्ने कसले जोत्ने छोरा पर्देश
कसले पोत्ने कमेरो र चुना रुँदैछन् !!
आउँछु आमा भन्छछोरो अझै आएन
लगन् आयो टपरी र दुना रुँदैछन् !!
हलो जुवा जोतारो गोरु नार्ने छैनन्
बाँझोजमिन् बारीपाखा कुना रुँदैछन् !!
मदन सम्झी एकान्तमा मुना रुँदैछन्
च्यातिय यी चौबन्दीका तुना रुँदैछन् !!
----------
कल्पना आचार्य पौडेल " नानी "




जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...