Sunday, November 30, 2014

हिजो नअघाउनेहरु


सल्बलाउन थाले, हिजो नअघाउनेहरु
संबिधान् बनाउन, आज् नसघाउनेहरु

तारबार मजबुत् आफ्ना बारीकान्लामा सधैं
छिमेकीकोमा डाम्ना छिर्दा, नभगाउनेहरु 

मन्दिरले त डस्छ यिनलाई, प्रसाद तितो
बिदेशी प्रभूका शरण्´मा  मग् मगाउनेहरु

जुकालाई पनि चुस्ने, जङ्गली स्यालहरु
उपियाँ, उडुस् बिर्साउँदै, रग् रगाउनेहरु 

सल्बलाउन थाले, हिजो नअघाउनेहरु
संबिधान् बनाउन, आज् नसघाउनेहरु

Friday, November 28, 2014

गजल म

आफ्नो प्रचार, आँफै गर्दैछु म
भर्खर् भर्खर् त बामे सर्दैछु म

उम्रेला नउम्रेला भोलिका कुरा
ढुङ्गामाथि पो बिउ छर्दैछु म 

शिखरको आश् कस्लाई हुन्न
आधार शिबिर् बाट झर्दैछु म

¨लक्ष्य¨छुटेछ पारी किनारमा 
दिनुस् न हात खोली तर्दैछु म

भेडो भएछु, एकोहोरो आज
भिर पखेरा खोजि चर्दैछु म

गजल थालेपछी

चर्किएका एेना सारा, फुट्न थालेपछी
के लाग्छ भाग्यले यहाँ चुट्न थालेपछी

साँझका बटुवा बास दिन्न कसो भन्ने
मध्य-रात उनले नै ,लुट्न थालेपछी

बन्द गर झ्यालखाना च्यात्यौ ती कानुन
भ्रस्टचारी देश द्रोही, छुट्न थालेपछी

नगर् भो एकता अनि, सहमतिका कुरा
पृथकताबादी सारा, जुट्न थालेपछी

सहिदका सपना ति,भुल्यौ आज किन
पोल्छ छाती आशा सबै टुट्न थालेपछी
 

गजल कमी भो

तरङग छ नि , धूनको कमी भो
रात पुर्णिमाको जूनको कमी भो

घोषणा र भाषाण् फुटेका कुर्कुच्चा
गरिबी निवारण्, ऊनको कमी भो

टलक्क टल्कियो काठमाडौं हिजो
संबिधान् सभामा चूनको कमी भो

थिचिए मिचिए नेपाली मुहार् मा
पानी मात्र हैन, खूनको कमी भो

बञ्जन सजियो,चान्दिको थालिमा
याद¨आफन्त¨को नूनको कमी भो

Wednesday, November 26, 2014

गजल कुन जहरमा हुन्छ्यौ

सर्नु परे बसाई सर्छु, कुन शहरमा हुन्छ्यौ
नदी सागर कहाँकहाँ, कुन लहरमा हुन्छ्यौ

अभिलाषा एउटै होलान्,जून तारा नै टिपने
पछ्याउँदै छु तिमीलाई, कुन रहरमा हुन्छ्यौ

गीत कबिता कोर्छु जहाँ, तिम्रै मात्र रुप छन
लेख्छु अब गजल पनि, कुन बहरमा हुन्छ्यौ

सपनी मा भेट्न आउछु, अङ्गालेर राखे सानु 
मध्यरात कि झिस्मिसेको, कुन प्रहरमा हुन्छ्यौ

बिर्सिएर यो दुनियाँ नै, त्यो काखमा मर्छु बरु
पिदिन्छ आफन्तले भन, कुन जहरमा हुन्छ्यौ

Tuesday, November 25, 2014

दुरिमा हुन्छिन् !

.-.-.-.
आफु आगनमा हुन्छु,उनी धुरिमा हुन्छिन्
आउन साडीमा भन्छु,लेङ्गा चुरिमा हुन्छिन !

तारतम्य नमिलेको, अनौठो प्रेम् कथामा 
चिसोबतास मा खोज्छु,प्रिया हुरिमा हुन्छिन् !

साया जस्तो लाग्छ कहिले छाया जस्तो पनि 
चन्द्रमा उपमा दिन्छु, फेरि दुरिमा हुन्छिन् !

परिनिती, अनामिका, रङ्गिन दुनियाँ की 
राता गुलाब म टिप्छु, किन छुरिमा हुन्छिन्!


आफु आगनमा हुन्छु,उनी धुरिमा हुन्छिन्
आउन साडीमा भन्छु,लेङ्गा चुरिमा हुन्छिन !
 

रात कट्छन् बेहोशिमा song

रात कट्छन् बेहोशिमा, दिनहरु यादमा
कहिले मन कोपिला कहिले मन पातमा

सम्झनाका पछ्यौरिमा, हेर्दै रुप उनको 
हिजोजस्तै लाग्छ अझै,मन् दिएको हात् मा

रात कट्छन् बेहोशिमा

सपनाका तरङ्गमा मायालुकै शुशेलिले
हराउँछु मिठापल ती,निश्ठुरिकै साथमा 

यादहरुकै लहराले सपनामा जून चुम्दा
भूल्न सैलोसैलो तिनै अतितका बातमा

रात कट्छन् बेहोशिमा

रात कट्छन् बेहोशिमा, दिनहरु यादमा
कहिले मन कोपिला कहिले मन पातमा

गीत एक्लै एक्लै पिउँदिन भन्थ्यौ

एक्लै एक्लै पिउँदिन भन्थ्यौ 
तिमी बिना जिउँदिन भन्थ्यौ

च्यातिए च्यातियोस् यो छाती
पिरती ले त सिउँदिन भन्थ्यौ

नशा र मायामा झुलेको देख्छु
ब्यस्तछु है भ्याउँदिन भन्थ्यौ

मतलबी दुनियाँ फोहोरी भन्दै
टाढा बस्छु च्याउँदिन भन्थ्यौ

एक्लै पिउँदैछौ अर्कैको काखमा
फर्केर् त यहाँ,आउँदिन भन्थ्यौ

छोटो गजल

देश मा संबिधान, बनेपछी आउँछु
दुर्गम्´का बाटाघाटा,खनेपछी आउँछु  

गाबिसमा सचिब, जिल्लामा प्रतिनिधि
स्थानिय निर्वाचन, गनेपछी आउँछु

शान्ती छ आजभोलि हाम्रो गाउँ शहर
बाआमाले आ छोरा, भनेपछी आउँछु

परदेश मा छैन, सजिलो सोचे जस्तो
देश मा संबिधान, बनेपछी आउँछु


गीत जीवन यो हाम्रो

हाम्रो यो जिवन, जिवन यो हाम्रो
फलाऔ,फुलाऔ, जीवन यो हाम्रो

गोरेटा घुमाउरा, उकाली ओराली
रङ्गमा घुलाऔ, जीवन यो हाम्रो 

रहरहरु कती छन्, कर्तब्य त्यस्तै
सपना, सजाऔ, जीवन यो हाम्रो

सुख दु:ख हाम्रा, हासो आशू सारा
मुस्कान खुलाऔ, जीवन यो हाम्रो

स्वदेशमा बिदेशमा,नेपाली मन यी
ने पा ल चुलाऔ,जीवन यो हाम्रो 

हाम्रो यो जिवन, जिवन यो हाम्रो
फलाऔ, फुलाऔ,जीवन यो हाम्रो

forwarded to Prakash jee,,

Monday, November 24, 2014

lSl SlS lSl Sl

 नसोध देशमा,बिहान हुन्छ 
नसोच देशमा,बिधान हुन्छ?

मिचेर साध त्यो छिमेक हुन्न
बिबेक छैन त्यो निधान हुन्छ?

हिमाल हामरो, तराई सँग
नबाध जातले चिहान हुन्छ

कि हाक देश यो कि छोड कुर्चि
सकेर ढूकुटी मिलान हुन्छ ?

गुराश खूकुरी पहाड जो छ
लुकेर हेर´या निशान हुन्छ 

या-यहा

गजल जानेकै छन्

रुलाउन जानेको ले, फुलाउन जानेकै छन्
हातमा हात् सपनीमा डुलाउन जानेकै छन् 

मिठामिठा कुरा गर्दै,ईशाराले तिर हान्छन्
याद मा नै दिन रात,भुलाउन जानेकै छन्

जूनतारा झार्छु भन्छन्,पिरतिको गुलेलिले
उडी जाने रङ्ग हरु, घुलाउन जानेकै छन्

छोडिजाने निष्ठुरिले,क्षणभर् को माया लाए
आफुचोखो बाचाकसम्,खुलाउन जानेकै छन्

बेइमानीको जात् यस्तै, हासी छुरा चलाऊने 
आजआज भोलीभोली, झुलाउन जानेकै छन्

गजल मुखमा राम छ

आजै सक्नु पर्ने, एउटा जरुरी काम छ
कताबाट निस्कौ लौन जताततै जाम छ

बगलिमा छुरा अनि बातै बात को खात
ढुङ्गादेखे पुज्नुपर्ने न् त् मुखमा राम छ

नदीभिर मान्छेखोज्छ माई खोज्छिन् रगत
कर्मै बिना पूजारीको, हातै भरी दाम छ

चिसो चूल्हो अङ्गेनामा आगो बल्ने कहिले
भोको पेट दौडी रा´छु मन भित्र माम छ

दिन बुढी कपाल् कोर रात बुढी घोचा चोर्
उजुरी र् गुनासा को बन्दी एउटा खाम छ



Sunday, November 23, 2014

III SSS SSS

छन्द: रोकापि/हिमाल

गगन मा छायौ तारा हौ
नयन मा आयौ रारा हौ

सपनि मा सूटुक्कै कुन्नी 
कसम जो खायौ प्यारा हौ

सलल गंगा को छेवै मा
गमप जे गायौ धारा हौ

अब´त जे हो त्यो मेरी नै
पिरति लौ लायौ सारा हौ


 

गीत जून हजुरको

बिर्सन्न म कहिल्यै, गुन हजुरको 
तिरौला भबिश्य मा, नुन हजुरको

राधाकृष्ण बनि, देउराली पाखामा
मनैमा छ् बाँसुरीको, धून हजुरको 

मेरो आसुँ पुछेर, मैलिएको था´छ
चाहन्छु त्यो रुमाल, धुन हजुरको

ग्रहण अनि औन्शी मेरो हक लाग्छ
बषन्त सँगै बहार्, जून हजुरको

परेलीमा बास् बसी, नानी बनी रहुँ
बढ्छ हात धड्कन, छुन हजुरको

गजल धर्म हराउदैछ

सुन्नु भो हाम्रो, धर्म हराउदैछ
कस्तो न राम्रो, शर्म हराउदैछ 

पसिना रगत्, जति बगाए पनि
सहनै गार्हो, कर्म हराउदैछ

आफ्नै मात्र त होनी दुनियाँ सारा
सोचाइ चाम्रो, मर्म हराउदैछ

चलन् पुरानो,गयौ मेलामा हिजो
पालाको पैन्चो, पर्म हराउदैछ

सुन्नु भो हाम्रो, धर्म हराउदैछ
कस्तो न राम्रो, शर्म हराउदैछ 

गजल जस्तै अफसोच

अध्यारो बस्तिमा बत्ती बल्छ भन्थ्यौ
चिसो अङ्गेनामा आगो बल्छ भन्थ्यौ

बारुद् र् रगत ले सिन्चिएका खेत् मा
क्रान्ति जितेपछि अन्न फल्छ भन्थ्यौ

कहिले सम्म् फुट्छौ जुट्ने तिमी कैले
सत्ता सम्हाल्नदेउ हाम्रै चल्छ् भन्थ्यौ

तिम् लाई नपुग्दो रै छ् महल कै बास्
सुकिलामुकिलाका महल् जल्छ् भन्थ्यौ

बर्लिन्को पर्खाल् ढल्यो तिम्रा कुरै मिठा
गरिबी हाम्रो पर्खाल् हेर्नु ढल्छ् भन्थ्यौ

गजल छन्द – फुँगी (हिमाल)

lSS lSl SS

सिरानी भएन खाचो
नढाटी भनौत साचो

उनै को सिरान अग्लो
म कस्तो रहे छु बाठो  

तकिया उनै त हो नी
छ न्यानो अनी छ लाटो

म´नै हो नराख कालो 
उखेलौ मिलेर भा´जो

गमक्कै फुलेर आफ्नो
गुलाबै रहेछ खाचो

गजल भन्छ मान्छे

आफ्नै घाटीमा सुर्के डोरी,लौन कस्छु भन्छ मान्छे 
मान्छे लाई नै चक्कु छुरी,किन धस्छु भन्छ मान्छे

विश्वाश् उठ्यो मानबताको, जहाँ मानब कै बस्ती
बिद्रोह कै त्यो लामो दुरी फेरि कस्छु भन्छ मान्छे

युद्ध देखि न´डराएको, बादल् गर्जिदा भाग्छ आज 
बाच्नु भन्दा उत्तम भेरी बरु पस्छु भन्छ मान्छे

सिमा कोर्दै खुकुरीले अनि आकाश च्यात्न खोज्छ
खाडल मा दुनियाँ पुरी, माथि बस्छु भन्छ मान्छे

लोभ मोहले डसी सक्यो,मन्दिर् भित्र बसे पनि
चन्द्रमा मा पुगेर फेरी,धर्ति खस्छु भन्छ मान्छे


Saturday, November 22, 2014

lll SSS SSS

lll SSS SSS
रहर चल्यो खै के खै के 
शहर जल्यो खै के खै के
पिरति रोपे त्यो बोटै´मा 
जहर फल्यो खै के खै के
मरनु बाच्नू दोधारै भो 
लहर गल्यो खै के खै के
सफर लामो काट्दाकाट्दै 
उमर ढल्यो खै के खै के
हजुर आफ्नो भन्ने ले नै 
कसुर दल्यो खै के खै के
छन्द – रोकापी (हिमाल
सूत्र - lll SSS SSS
गण - न म म 
विश्राम – ५ अक्षरमा

Friday, November 21, 2014

गजल चर्चामा आउनु छ

मलाई पनि चर्चामा आउनु छ
तस्बिर सहित् पर्चामा आउनु छ

नाङ्गिनु परे नाङ्गिन्छु हजुर म
सानो या ठुलो पर्दामा आउनु छ

सँगैका साथी के के बनी सके रे
नशा नभए मर्चामा आउनु छ

टेक्ने ठाउँ भए शहर् मा आजै
सापट् खोजेको खर्चामा आउनु छ
मलाई पनि चर्चामा आउनु छ
तस्बिर सहित् पर्चामा आउनु छ

ISS x ४ भुलायौ तिमीले

फऊलुन् X ४ मुतकारिब मुसम्मन् सालिम [ पिङ्गल छन्द -भुजङ्गप्रयात ]
सुत्र :- ISS x ४

कसोरी कसोरी भुलायौ तिमीले
नशाले नभेट्दै झुलायौ तिमीले

नफूल्ने बिरुवा नरोपौ भनेको
अचम्मै भयोनी फुलायौ तिमीले

न ताल्चा न चाबी निसाना कता हो
म´बन्दी हिजो थे खुलायौ तिमीले 

सिरानी भिजेको सुकेको जवानी
म´डल्ला खरानी धुलायौ तिमीले (मसिनाउनु,,धुल्याउनु)

हिमाली पखेरो चितौने ठिटो हुँ
चुलायौ खसायौ रुलायौ तिमीले

कसोरी कसोरी भुलायौ तिमीले
नशाले नभेट्दै झुलायौ तिमीले

डराउछन् gajal

अचेल थोरै मान्छे बाउ सँग डराउछन् 
अचेल धेरै मान्छे भाऊ सँग डराउछन् (भाऊ - मूल्य)
भगवान मन्दिर बाट निस्कदैनन् पक्कै 
बिचरा कठै मान्छे माऊ सँग डराउछन् (माऊ - ठुलो नेता)
संघर्ष र क्रान्ति भन्दाभन्दै जुगै बित्यो (जुगै-युग)
त्यसैले यहाँ मान्छे दाऊ सँग डराउछन् (दाऊ मौका,खून्डा)
अबिश्वास र असहमति सुन्दासुन्दै थाके 
निको नहुने मान्छे घाऊ सँग डराउछन् (घाऊ-बार्ता)
कि त छोरो बाकसमा कि त छोरो लाहुर 
छोरो नहुने मान्छे साऊ सँग डराउछन् (साऊ-साहु

गजल देखें

शहर बाहिर ठुलो, बस्ती देखें
पराई पनि त तिमी,जस्ती देखें

नसोध कहिले कहाँ, देखिस् भनि
आज बिहान र हिजो,अस्ती देखें

नजर् मा तिमी अधरमा तिमी छौ
सायद सागर् छेवैमा, कस्ती देखें

तिम्रो रुपमा जल्नेहरु केहिले त्
सुन्दर बन्ने मोहमा, घस्ती देखें

राधाका पछि ग्वालाहरुका के कुरा
तिम्रा पछि आफन्तका गस्ती देखें

lSS lSS SlS छैन म

lSS lSS SlS

मित्र हुँ बवाली छैन म 
सधैं झै सवाली छैन म

सहुँला पिडा सारा तिनै 
हिजोको मवाली छैन म

फुलौला मनैको देशमा 
गीता हुँ कवाली छैन म

पहाडी धुपीको राकिदो 
मुढा हुँ छवाली छैन म



गजल कालो देखिन्छ

रगत ले नारा आलो देखिन्छ
सुके पछि त्यो कालो देखिन्छ

राता तारे झण्डा पनि हाम्रा  
उही च्यातिएको टालो देखिन्छ्

हे पानी माथिका ओभाना हो
सत्तामा तिम्रा पालो देखिन्छ

तल देखि माथि सम्म हेर्नुस्
भ्रस्ट्हरुको नै जालो देखिन्छ

शिक्षित युवा चढ्दैछन् जहाज्
कुर्चिमा मन्त्रिको सालो देखिन्छ्

गजल सराब छैन?

देखाउ दुनियाँ´मा आज को खराब छैन
जल जमिन जङ्गल, कहाँ धराप छैन

तेत्तिस कोटी देबताको आशिर्बाद् छभने 
जाऔ न त सब वही,  जहाँ सराप छैन

आफ्नै मन नजित्नेले खै कस्को मन जित्ने
भन कस्को मन मा, मन को दबाब छैन

हातको मयल हो भन्दै हत्केला मडार्छौ
निक्ल बाहिर को छ धनमा लगाब छैन

आस्तिक भन्दा नास्तिक बढ्दैछ्न बस्तिमा
सोध्दै छन् मन्दिर मस्जिदमा सराब छैन?



गजल बन्दुक् समाए पछी

लेख्नु पर्नेले नै हात कमाए पछि
बन्ला त एेन बन्दुक् समाए पछी

कसोरी भो खै अनेकतामा एकता
भाई फुटाइ जात्रा´मा रमाए पछि

सहमती हस्ताक्षर् बहाना अनेकौ
उम्रला त् बिऊ ढुङ्गामा जमाए पछि

गरीबका सपनामा च्यान्खे थापेर
बिर्सन्छौ सपथ दाम कमाए पछि

बालि-नाली सखाप पारेर खेतको
दोश सारा ढेन्डु लाई थमाए पछि

लेख्नु पर्नेले नै हात कमाए पछि
बन्ला त एेन बन्दुक् समाए पछी

Thursday, November 20, 2014

गीत हिजो र आज

जुधाएर ति नजर, ओठ टोक्यौ तिमीले
नजानिदो ईशाराले, माया पोख्यौ तिमीले

गुम्सिएका भावना र, मन भरिको प्रित
खन्याउदै मुस्कानले, हिजो रोज्यौ तिमीले

आज् किन मझधारमा, एक्लै भए आखिर
छोडि जानु थियो भने, किन खोज्यौ तिमीले

छाती भित्र लुकाएर्,चौबन्दीले बाध्छु भन्थ्यौ
न´रोक्नु थियो पाइला, तिनै रोक्यौ तिमीले

छाया देखी तर्सन्छु म, उज्यालो ले तर्साउछ 
यस्तो लाग्छ तराजुमा, प्रित जोख्यौ तिमीले

जुधाएर ति नजर, ओठ टोक्यौ तिमीले
नजानिदो ईशाराले, माया पोख्यौ तिमीले

Wednesday, November 19, 2014

कबिता कहाँ गरौ हस्ताक्षर?

भन देखाउ कहाँ गर्नु छ?
हस्ताक्षर हामीले
अखण्डता र अभिभाज्य
राष्ट्रको लागि
तिमीले भनेको ठाउमा
हस्ताक्षर गर्न तयार छौ हामी। 

मलाई खन्डित गर
हामीलाई खन्डित गर
तिम्रा तरवारहरुले तर
मेरा हिमाल पहाड र तराइमा
नचलाऊ तिम्रा दुषित कलमहरु
संघियता र धर्म निरपेक्षताको निहुमा
मागेका छैनौ अझै
हामीले हाम्रा नामका राज्यहरु 
त्यसैले बन्द गर
तिम्रा बर्गिय राजनिती,

भन देखाउ कहाँ गर्नु छ?
हस्ताक्षर हामीले 
गोर्खाली रगतले कोरिएका
सिमारेखाहरुमा हामी 
सिपाही बनेर उभिन तयार छौ
तर मेची कोशी बागमतीले
छुट्याएका भू भागहरुमा
बैमनश्यताको पर्खाल ठड्याउनु छैन हामीलाई,,
बुद्ध र जनकका नामका
हाम्रा सिमानाहरुमा आबस्यक छैन,
बर्ग धर्म र जातिय रेखाहरु कोर्न,
सगरमाथा र धौलागिरी लाई
होच्याउदै उनैको फेदिमा
जोताउनु छैन गधाहरुले,

बिरोधका लागि बिरोध सुन्यौ 
इट्टाको जवाफ पत्थर सुन्यौ 
हैन आज यो के सुन्दैछौ ?
हस्ताक्षरका बिरुद्ध हस्ताक्षर,
कस्तो खेल चल्दैछ
सम्मानित संबिधान सभामा??
कहिले मत पेटिका हराउछन्
कहिले बाहिर कहिले भित्र कराउछन्
सात र आठमा कुरा मिल्दैन
एउटा मधेस लाई चिर्यो भने
छिमेकी गोहिले त निल्दैन??

भन देखाउ कहाँ गर्नु छ?
हस्ताक्षर हामीले?
थाहा छैन तिमीहरुलाई ?
भाई फुटे गन्वार लुटे,,
किन फुटाउन खोज्दैछौ,,
हामीलाई??

--------
श्रीभक्त पौडेल ¨आफन्त¨
स्पेन

म र मेरा अक्षरहरु (कबिता)

बिथोल्न नआउ
हे!शरदका चिसा सिरेटाहरु
झ्यालका कापाहरु बाट,
म गुटुमुटिएको छु
नरम अक्षरहरु सँग
आफ्नै न्याना शब्दहरु सँग,

पिरतीको खेलमा थाकेर होला
अक्षरहरु सँग प्रित गास्दैछु
शब्दहरुमा संगीत भर्दैछु,
जहाँ म मन साट्छु
अक्षरहरु सँग शब्दहरु सँग
जहाँ म,
सारा खुशीहरु खन्याउछु
किन कि त्यहा आफ्नोपन भेट्छु
हामीहरु बिच हराउदै गएको
आत्मिएता भेट्छु,
या भनु साथी भेट्छु
जहाँ म
सँगै हास्ने र रुने
प्रेमिका भेट्छु नढाटी भन्दा
मायालु भेट्छु, त्यसैले त म
रमाएको हुन्छु,हासेको हुन्छु
तिनै मायालुहरु लाई छातीमा टासेर
निदाएको हुन्छु एक मिठो स्पर्श सँगै
भुलेको हुन्छु अतित
सोच्दिन म भुत
किन कि मेरा बर्तमान
मेरा अक्षरहरु हुन्
मेरा शब्दहरु हुन्
जो म सँगै छन्
र रहनेछन् अनन्त अनन्त,,

म शब्दहरु सँगै
मुस्कुराएको हुन्छु,
रिसाएको हुन्छु,
किन कि मलाई हसाउछन्
रुवाउछन् अनि
थुम्थुम्याउछन्।

म मेरा अक्षरहरु सँग
बिप्लबी हुन्छु,बिद्रोही हुन्छु
क्रान्तिकारी हुन्छु,
किन कि मलाई,
सुन्छन् मेरा अक्षरहरुले,
दुनियाँले नसुनेर के भो र मलाई।

गीत बनेर गुन्जिन्छन् कहिले
कहिले गजल बनेर,,
हाइकु र मुक्तकिला मनहरु बनेर
मलाई काउकुती लाउछन् भने
कहिले बिद्रोह र असन्तुष्टिको
नारा बनेर घच्घच्याउछन्।

त्यसैले म खुशी छु आज
मेरा आफ्नै अक्षरहरु सँग
बिथोल्न नआउ
हे!शरदका चिसा सिरेटाहरु

----------------
श्रीभक्त पौडेल ¨आफन्त¨
सान सेबास्टिअन
स्पेन,
बुधवार,१९ नोभेम्बर २०१४
११:१० राती

कबिता रेखाहरु,,

उफ् !!
कस्तो एेठन हो यो?
किन बन्द आँखा घोच्न
आउँदैछन् रेखाहरु
सिधा सिधा रेखाहरु,
लामा छोटा रेखाहरु
अनि अनुरोध गर्छन् मलाई
बिन्तीभाउ बिसाउछन्
म सँग,
कि मलाई आयात बनाउ
मलाई बर्ग बनाउ
त्रिकोण र षटकोण बनाउ
छोटा रेखाहरु भन्छन्
मलाई स्वस्तिक बनाउ,
म हैरान हुन्छु
असिन पसिन हुन्छु
यस्तो लाग्छ मलाई
यिनै रेखाहरुले थिच्दैछन्,
समानन्तर रेखाहरुमा
अर्को सरल रेखा भन्छ
मलाई छेदक बनाउ
आसन्न कोणहरु बनाउ
जहाँ तैले
प्रमाणित गर्नु पर्नेछ कि
जीवन एक आसन्न कोण हो,
कि सबै आसन्न कोण
बराबर हुन्छन्, जहाँ मैले
तथ्यहरु खोज्नु पर्छ
अनुरूप निकाल्नु पर्छ,
म असमर्थ हुन्छु
खै कस्तो बिडम्बना हो
ज्यामितिय आधारहरुमा
बिस्लेषण गर्नु पर्ने
जीवन सँग ज्यामितिय रेखाहरु।
म भाग्न चाहन्छु
मेरा लागि त यी सारा
असमर्थ गणितिय सवालहरु हुन्।
अर्को लामो रेखा
आदेश दिन्छ मलाई
मलाई एक गोलाकार ब्रित बनाउ।
म निस्सासिन्छु अतालिन्छु
आफ्नो जीवनमा
न कहिल्यै समानान्तर रेखा नै भेटे
न कहिल्यै आयात र बर्ग नै
जे जती भेटे र अनुभब गरे
सबै बक्र मात्र।
यस्तो लाग्छ यी
रेखाहरु नै होइनन्
घोचाहरु हुन्
मलाई घोच्दै छन्
पिट्दैछन् थचार्दै छन्।

यत्तिकैमा झसँग हुन्छु
दुबै हात छाती माथि पाउछु
छाम्छुम् गर्दै सिरान नजिकको
बोत्तल उठाएर
केही घुट्को पानी पिउछु
बाहिर भित्र अन्धकार छ,
कोठा नजिकैको बास घारीबाट
एकोहोरो बिराला रोएको सुनिन्छ,

अस्तु

बुधवार १९ नोभेम्बर,२०१४
स्पेन


Tuesday, November 18, 2014

५ हाइकु

किन

कालो बादल
औन्शीको रातमा´नि
आए पो हुने,,

पुर्णिमा त् आँफै
जुनेली हुन्छ भन्छ
यो मेरो मन,,

बिचरा मन
के थाहा उसलाई
जून हो जुन,,

लुकामारी खेल्छ्
बैशालु मन सँग
मनले सोच्छ,,

मेरो बैश नि
पोइला गएको त्यो
तारा जस्तै हो र् ?

सोच्दैछु म आज्
किन यो मन
बहकिएको !!

गजल जस्तै न मरेको भान यहाँ


 
जिउँदोको आभास, मरेको भान यहाँ 
मुर्कुट्टाहरुको भिड्मा, बढेको शान यहाँ

छातीमा चन्द्रसुर्य शिरमा यो ढाका टोपी
सुनको चरी झारें, अढेको आन यहाँ

बिडम्बना मान्नै पर्छ हराए नेपाली मन
आत्मियता हराय है, गढेको ठान यहाँ

गोर्खालीका छोरा हामी उच्च शिखर ताक्ने
परदेश् को गल्लिमा छौ, चढेको मान यहाँ

जिउँदोको आभास, मरेको भान यहाँ 
मुर्कुट्टाहरुको भिड्मा, बढेको शान यहाँ

बालपनको यादमा गीत,



                     केही सत्यता होलान् केही आत्मियता होलान्

बाटो छेकी अताएको हिजो जस्तै लाग्छ
आँखा छोपी सताएको हिजो जस्तै लाग्छ

हिमाल हेर्दै देउरालीमा ढुङ्गा टिपी खेल्दै 
खेल्दा खेल्दै हराएको हिजो जस्तै लाग्छ

अबोध प्रेम सम्झनाले लाग्दा काउकुती
ढुङ्गाकै घर् अढाएको हिजो जस्तै लाग्छ

टौवा कटेरामा चाहर्दै चरीगुँढ खोज्दा
आफ्नै बार लढाएको हिजो जस्तै लाग्छ

भबिश्यमा बिहे गर्ने भनि बाचाकसम् खादै 
पाती टिपी चढाएको, हिजो जस्तै लाग्छ

गजल जस्तै


 
सीमाना कोरेर गयौ मेट्न सकिन मैले
संसार चोरेर गयौ, भेट्न सकिन मैले

दुनियाँले सोध्छ मलाई जवाफ के दिउँ
कसम तोडेर गयौ, रेट्न सकिन मैले

पहाड खोजें मैले जहर पनि किने तर्
पर्खाल फोडेर गयौ, फेट्न सकिन मैले

सम्झना ले सताउछ, याद ले रुवाउँछ
अच्कल्टो छोडेर गयौ, भेट्न सकिन मैले 

सीमाना कोरेर गयौ मेट्न सकिन मैले
संसार चोरेर गयौ, भेट्न सकिन मैले

गजल खोकाहरुको बस्तिमा


 
नगर भो क्रान्तिका कुरा, भोकाहरुको बस्तिमा
कस्ता परिवर्तन रित्ता, डोकाहरुको बस्तिमा

हिजो छानो जलायौ आज के जलाउने हो कुन्नी
रित्तो काख छन ढलेका, ढोकाहरुको बस्तिमा

जून त्यो हेर्दै रोटीका टुक्रा चपाउँदै छ बस्ती
छलाङ्ग मारेर छाडेका, खोकाहरुको बस्तिमा

कति धाक् लगाउँछौ अझै गनाएका लङ्गौटीको
बल्जफ्ति गाई ख्वाए पनि, चोखाहरुको बस्तिमा

छाड्देउ खेल्न धुवाँ बारूद् रित्तिए झलुङ्गा पनि
रुँदै छिन आमा बांचेकी, झोकाहरुको बस्तिमा

· झोको,झोका - पालिमा कपडा टाङ्न डोरीले बनाइएको

एउटा गीत गाउँछु


 
सुन साथी आज , एउटा गीत गाउँछु
सपनीमा भेट्ने सँग, चोखो प्रित लाउँछु

पागल भने भन अब रात प्यारो लाग्छ
बदामी आँखाहरुमा, हित् चित्त लाउँछु

सुन साथी आज , एउटा गीत गाउँछु

सुस्तसुस्त आउँछिन् उनी मिठो बात गर्छिन्
पिरतीको बगान् मा, भेट्ने रित लाउँछु

मतलबी दिनको दुनियाँ बरु सपनीमा
मिठामिठा प्रेमका गीत्, उनै सित गाउँछु

सुन साथी आज , एउटा गीत गाउँछु
सपनीमा भेट्ने सँग, चोखो प्रित लाउँछु

गीत / गजल




त्यो नजरको बयान् किन गरुँ साथी
तिमी ले पनि नशा, पिउन थाल्यौ भने

उनकै नामको गजल किन सुनाउँ साथी
मैले जस्तो यो छाती, सिउन थाल्यौ भने

जानी नजानी नशा, पिउन थाल्यौ भने 

सारा मनका ब्यथा किन कहुँ साथी
आफन्त झैं आसुँमा, जिउन थाल्यौ भने

जानी नजानी नशा, पिउन थाल्यौ भने   

साकी हौ तिमी मेरा, मधुशालाहरुमा
दिन्न डुब्न तिमीलाई प्यालाहरुमा

सुन त्यसैले

त्यो नजरको बयान् किन गरुँ साथी
तिमी ले पनि नशा, पिउन थाल्यौ भने ,,

गीत सुन्य सुन्य


 
शहर सुन्य सुन्य आज रहर सुन्य सुन्य
तिमी बिना यहाँ आज लहर सुन्य सुन्य

सपनीमा सताउनेले बिर्सिए झैं लाग्नथाल्यो
पुर्णिमाका रातहरुमा आज प्रहर सुन्य सुन्य

नशाले नि छाडी दिन्छ तिम्रो याद आउँदा
भिडमा एक्लै हुँदा आज डगर सुन्य सुन्य

सुसाएर बग्यो खोली त्यो किनार एक्लै रुन्छ
किनारमा आँफै रोएं आज बगर सुन्य सुन्य

शहर सुन्य सुन्य आज रहर सुन्य सुन्य
तिमी बिना यहाँ आज लहर सुन्य सुन्य

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...