Wednesday, December 30, 2015

गजल : यस्तै छ पाटो जिन्दगीको

साथी छ लाटो जिन्दगीको
लामो छ बाटो जिन्दगीको

सल्केछ झिल्को छातिमा यो
निभ्दैन आगो जिन्दगीको

थामेर औन्ला भो नछोडे
भेटिन्छ धागो जिन्दगीको

फल्दैन ढुङ्गा खाद'माथी
बेक्कार पाखो जिन्दगीको

सेतो कि कालो भो नसोधौं
यस्तै छ पाटो जिन्दगीको
----------

छन्द - याला
सूत्र -  २२१ २२२  १२२
बिश्राम - ५ अक्षरमा  

Monday, December 28, 2015

१२१ २१२

हुरी चलेछ त्यां
धुरी ढलेछ त्यां

कहाँ नसोध भो
छुरी चलेछ त्यां

हिजो जितेछ आज्
सुली चढेछ त्यां

छन्द चुरेन ( १२१ २१२)
///////////////////////


कस्तो मात लाग्यो
लामा रात लाग्यो

भिज्थे जो सिरानी
खाली हात लाग्यो

पानी खोज्छ प्यासी
कूवा घात लाग्यो

तक्किया छ अग्ला
चिट्ठी खात लाग्यो

एेंठन् हो कि कुन्नी
झूटा बात लाग्यो


काङ्टेगा
२२२ १२२

Saturday, December 26, 2015

नभन्नुस् भो देखावटी, मेरो माया हजुरलाई song

नभन्नुस् भो देखावटी, मेरो माया हजुरलाई
सोधे हुन्छ् बनमा नाच्ने,एक्लै रुने मजुरलाई

साया भन्दा नजिक छु, छामी'हेर्नु देब्रे छाती  
सृङ्गारेर् राखेको छु,मन् मन्दिरका गजुरलाई

भन्दिन भो ज्यान दिन्छु, बांच्ने रहर जिन्दगीमा
रङ्ग थपौं आउनुस् मिली, साँझको त्यो इन्द्रेणीमा

विश्वाश टुटे नाता टुट्छ, धागो जस्तै सम्बन्ध यो
हजुर कै नाम लेखिसकेँ, पिरतीको बन्दगीमा

बिन्ती
नभन्नुस् भो देखावटी, मेरो माया हजुरलाई

Thursday, December 24, 2015

चूनौतीको तराजुमा

तौलिएर गयौ आँफै, जिन्दगीको तराजुमा
कैलेसम्म टिक्छौ भन, साद्गीको तराजुमा

पहाड् आए फोर्छुभन्दै, सागर् आए तर्छुपनि
भोलि पर्सी थाहा छैन, चूनौतीको तराजुमा

लालपुर्जा अर्कैको नाम्, तम्सुक पनि च्याती
राखी छाडी आँफैलाई, बन्दगीको तराजुमा

स्वर्ग जाने भर्याङ् हैन, घामपानीको दोछाया
कसो गरी चढ्ने होला, इन्द्रेणीको तराजुमा  

फुललाई देखें


आफ्नै बगानका, फुललाई देखें
कस्ता छि भँवरा, हुललाई देखें !!

धिक्कार आफुमा, नटिपूं न रोजूँ
मैलो धुवां कठै, धुललाई देखें

सुख्खा छ त्यो कुवा, धमिला ईशारा
माली छ बेईमान्, भुललाई देखें

छामेर हेर्छु'यो मनका यी पीडा
बैराग छातिका, शुललाई देखें

आफ्नै बगानका, फुललाई देखें
कस्ता छि भँवरा, हुललाई देखें !!

Wednesday, December 23, 2015

हो नि बरै, रुनमा नि तस्कर

सुनमा झै, नुनमा नि तस्कर
आफन्तकै, खुनमा नि तस्कर

मिठो बोली, यां चेपारे घस्नेको
छु म देख्दै, गुनमा नि तस्कर

मकै खोइला, उखुको के कुरा
देखें आफैं, घुनमा नि तस्कर

जमिन बेचे, नदिनाला खोला नि
बेच्दा बेच्दै, जुनमा नि तस्कर

घुर्क्याइँ सुँक्सुँक्, छातीमा शिर राखी
हो नि बरै, रुनमा नि तस्कर

Tuesday, December 22, 2015

जादु छ भन्छन्

खै तिम्रो बोलिमा, जादु छ भन्छन्
त्यो बख्खु चोलिमा, जादु छ भन्छन्

न सुन्न पाएं मैले, न देख्न पाएं लौ
र् गुलाबी झोलिमा, जादु छ भन्छन्

ईशाराले बोल्ने परेलीका तरेलीहरु ती
हो टल्कने फूलिमा, जादु छ भन्छन्

रहर छ देख्ने दुलही बनेको एक दिन
ताम्दानी डोलिमा, जादु छ भन्छन् 

Sunday, December 20, 2015

उनको याद आयो

परेवाको माकुर सुन्दा, मेरी उनको याद आयो
भुलेको थें रोसनी तारा, फेरी जुनको याद आयो

सारङ्गीको रेटाइ मिठो, मादलुको घिनघिनताङ्मा
गाएका थियौं प्रेम गित् त्यही धुनको याद आयो

सागरले ल्याए हुन्थ्यो ति, तितामिठा सम्झनाहरु
सुदुर् पश्चिम् सँगै घुम्यौं, भेरी पूलको याद आयो


बैना दियौं बैना लियौं, पाल्पाली चोली रुमाल
दुलही झैं सर्माउंदाकी जाली घुमटो याद आयो

सुनें तिमी त बिरानी भयौ रे

सुनें तिमी त बिरानी भयौ रे
साँच्चै भिजेको सिरानी भयौ रे

अहँ विश्वाश लाग्दैन अझै नि
हर् कोही सँग दिवानी भयौ रे

उफ! यो याद ति पुराना दिन
आज अर्कै'की परानी भयौ रे

प्यास अत्रिप्त कस्तो चाह तिम्रो
साँझ् को सुरुवात् बिहानी भयौ रे


होला दौलत तिमीले चाहेको
आगो त्यसैको खरानी भयौ रे

Saturday, December 19, 2015

धर्म र जात छाडाको भर हुँदैन

धर्म र जात छाडाको, भर हुँदैन
नाम अनेक उसैको त, थर हुँदैन

परिवार एक, मन्दिर हो सदैब
चोथाले बाइफालाको, घर हुँदैन

एेनामा देखिन्न, मनभित्रको मैल
तर्कनेहरु सँग बोल्न, कर हुँदैन

मिठे मुह कि धारिले छुरी जो
गहिरो घाऊ तैपनि, चर हुँदैन

जती उम्ले नि, गहिरो कराइमा
पानी मिसाए दुधको, तर हुँदैन





फेरी उन्को याद आयो

फेरी उन्को याद आयो
पूर्णे जुन्को याद आयो

हात्मा हात साथ उस्तै
त्यही फन्को याद आयो

रोधी घाँटु रात बिते
बाजा धुन्को याद आयो

भुल्नै गाह्रो प्रित् पुरानो
घुम्थ्यौं बन्को याद आयो

भाक्यौं देबी देवता त्यां
सानो थुम्को याद आयो

छन्द : काङ्टेगा
सूत्र: $$$ ।$$$

रीत मायाको

लेखेको उन्कै, गीत मायाको
देखेको चोखो, प्रित मायाको

भेटिन्नन् आज, पुरानो साथ
सक्दिन भुल्न, रीत मायाको

टुटेका याद्'मा, खुशीछु आज
कसोरी मिल्यो, हीत मायाको

भोक् होकी चाह, अत्रिप्त मन
मेटिएन कैल्यै, धीत मायाको

जीत हमेशा, मायाकै भन्छन्
मनाअौं मिली, जीत मायाको 

Tuesday, December 15, 2015

राम रोक्यौ कहाँ

बिहानीको लोभ देखाइ,, घाम रोक्यौ कहाँ
जन्मिन्थे कि कृष्णअर्जुन राम रोक्यौ कहाँ

मानबताको खडेरी भो,, बुद्ध जन्मे जहाँ
चुम्नु पर्ने शिखर थियो लाम रोक्यौ कहाँ

अन्नको भण्डार तराई डान्फे हिमाल नाच्थे
खाली पेट बाला रुन्छन्न् माम रोक्यौ कहाँ

सहिदका रगतले,,,, कोरिएका सिमाना खै
खोज्नुपर्ने भो आफ्नै देश नाम रोक्यौ कहाँ

अनिर्णयको बन्दी सधैं अल्मल्यायौ अंधेरोमा
कहाँ लग्यौ सालीग्राम ति धाम रोक्यौ कहाँ 

चलन पुरानो

फाली अड्काइ गोरु पिट्ने चलन पुरानो
कस्लाई पोखौं यो छातीको जलन पुरानो !!

स्पर्श नै काँडा लाग्ने चिथोरिए कलेजी नै
निको भएन ब्यर्थै लिएं त्यो मलम पुरानो

न कोइलीले गाए न मजुर् नाचे बनमा
लेख्न खोज्दा मनको बह, कलम पुरानो

भुइँचालो र सुनामी ति थेगे पनि हिजो
अडिएनन् लौ धुरि-खम्बा दलन पुरानो

राधा रुन्छे साँझ एक्लै कृष्ण टाढा भयो
पर्देशमा एक्लै रूने कठै सलिम पुरानो  !!

Saturday, November 21, 2015

मनमा आज

अर्को पराकम्पन गो, मनमा आज
धेरै नै धरपकड् भो, मनमा आज

स्वागत न सत्कार दिलको आँगनमा
भित्रै बसि´सकेछ पो, मनमा आज

चस्काउंछ छाती उसैले दुखाउंछ मुटु
बसेकोछ लौननि को, मनमा आज

न एेनामा देख्छु, उसको मुहार म
राज नै गरिसक्यो जो, मनमा आज

सपना बिपना, खैला बैला छ छाती
च्व खै को हो को हो, मनमा आज


Monday, November 9, 2015

आफ्नै बस्तिमा गुमनाम भएं म

हिजो त्यो मायामा बदनाम भएं म
आज यो नशामा खुलेआम भएं म

भोलि पर्सी थाहा भएन ए साथी हो
त आफ्नै बस्तिमा गुमनाम भएं म

जो सुकैले पढ्नसक्ने खुला तर गोप्य
पढ्ने हो हजुर? बन्दी खाम भएं म

खै कस्तो राज हो यो दुनियाँको लौ
आफन्तिहरुको माझ् बेनाम भएं म

अनर्थ भो स्वाभिमान लुकेको बेला
खै कसोरी किन अभिमान भएं म

Thursday, November 5, 2015

ए याम!

ए याम! 
आजभोलि 
पहेंली खसेका
पातलाई के थाहा 
शरद हो कि बसन्त 
खस्नु त नियती नै हो नि !!
दिनका मधुर किरण र
रातका चिसा सित लहरले निथ्रुक्क
भिजेका पातलाई हातमा लिएर सोद्धै थिएं
एक्लिएका पात रिसाएका त छैनौ?
जवाफ पाएं
म एक्लिएको होइन,
तँ मान्छे नै एक्लिएको छस
नपत्याए हेर भुइमा,
तँ एक्लो तर तेरा पाइताला तल
हामी पहेँलिएका पात कति छौं?????

सानु

ओसिएका परेलीमा,, जुन होइन घाम सानु दिंदैछु जीवनभरी तिम्लाई आफ्नो नाम सानु चुरापोते धागो गुन्यँ, सोर्ह सृङ्गार मेरै लागि बाआमालाई भेट्छु आजै, राखी मोहोरदाम सानु स्वर्ग के हो थाहा छैन, परेलीमा लुकाइ राखे तिम्रा हात तिम्रो साथ, मेरा चारै धाम सानु गोधुलिमा बेंशि झर्दै, शहरको मोटर चढौं पौरखमा बांच्न खोजौं, सानोतिनो काम सानु,,
.-.-.-.-.-.-.-.-.-.
नजरको बाटो हुँदै,, दिलमा बस्यौ सानु राराफेवा तिलीचोका झिलमा बस्यौ सानु मिठा लाग्ने दुखाईहरु,, घाऊ नदेखिने नउप्कने ति घाउका खिलमा बस्यौ सानु इन्द्रेणिका सप्तरङ्ग सृङ्गार तिम्रै लागि चाँदि घेरा बादलुका, डिलमा बस्यौ सानु

Monday, November 2, 2015

केही हाइकु

शब्द सेन्युका
अक्ष्यर र भावना
पोखिंदै आज!
,,,
उदायो सुर्य
कर्म अध्यारो अझै
बिहानी भन्छ्यौ ??
,,,
फाटेको मन
उध्रेको भाग्य आज
जवानी भन्छ्यौ??
,,,,
पिडा करुणा
पोतिए कागजमा
रूमानी भन्छ्यौ??
,,,,
खाडलै खाडल्
जिन्दगीका यात्रामा
सुहानी भन्छ्यौ??
,,,,
प्रेमको मूल्य
कामुक ईशारामा
दिवानी भन्छ्यौ??
,,,
धुर्मैलो याद
धुवां भित्रका उशा
आज नि उस्तै
,,,,
झर्न पो थाले
शरदका पत्ता झैं
हरेक दिन
,,,,
सबेरै भन्थ्यौ
मध्य रात मै निस्कें
शुक्र त्यो पापी।।।

Sunday, October 25, 2015

कौमार्य तिम्रो, कोजाग्रत जाग्दै


क्षितीज हुँदै, नजरमा बस्यौ
उफ्रि´छुने यो, रहरमा बस्यौ

आँगन् बलेंशी, सिताम्य पार्दै
मायालु हौकी, अधरमा बस्यौ

बादल्´ले छेके, रोशनीले चिर्दै
सुस्तरी आज, नगरमा बस्यौ

जमरा टिका, निधारमा मिठो
गाउँ र बेन्शी, शहरमा बस्यौ

कौमार्य तिम्रो, कोजाग्रत जाग्दै
जुवाको खाल् र, लहरमा बस्यौ






Saturday, October 24, 2015

चर्चा शहरमा



निकै छन् उनका, चर्चा शहरमा
सृंगारीक् गजलका, पर्चा शहरमा

हराएं म आज, त्यो गल्ली उनैको
पिरती´को उधारो, कर्जा शहरमा !!
--------

ना पुछो दोस्तों हालत् ए दिल की
सुनो जरा बगावत ए दिल की

जल रहां हुं में इश्क की आग जो
देखेका कौन कयामत ए दिल की ??

गीत

नखोज भुल्न मनमा छु तिम्रो
हरेक ति धड्कनमा छु तिम्रो

नसोच कहिल्यै पराए भएं म
पाउजु चुरि खन्खनमा छु तिम्रो

नजरमा बसेथें ईशारामा हराएं
महसुस् अपना पनमा छु तिम्रो

नसोध अब कहाँ कहाँ म हुन्छु
घाँस दाउरा रनबनमा छु तिम्रो

शरदका जुन सँगै बिहानी सितमा
ए नखोज भुल्न मनमा छु तिम्रो 

केही मुक्तक

पानी बिनाको, बादल भएं म
खरी झारेको, मादल भएं म
बिहानी सीत, खसेको कोपिला
सब्को नजर्मा, पागल भएं म

दुनियाँको रित्, घाऊ कोट्याउने
के देखे कुन्नी, कायर भएं म
जे सुकै भनुन्, भन्नेहरु यहाँ
आफ्नै नजरमा, सायर भएं म

अघोसित युद्ध, चर्कंदै छ छाती
नाका´बन्दिको, चामल भएं म
सकियो नुन्तेल्, अभाव उस्तै छ
पिडा देखिन्न, घायल भएं म

खसाल्छ दुनियाँ शब्दका इंटपत्थर
कहिल्यै नपुरिने, खाडल भएं म 

छरिएछन् पर्चा, उनको शहरमा

छरिएछन् पर्चा, उनको शहरमा
तारा खसे छन, जुनको शहरमा

छल्केको जवानी, गोधुली लाली झैं
मुस्कान नै काफी, धुनको शहर

घना लामो केश, बाबियो लरक्क
मूल्य हरायो नी, सुनको शहरमा

धड्कन रोकियो, भन्नेहरु धेरैछन्
बदलामा के दिने, गुनको शहरमा

झिस्मिसेमा आज, नजर जुधेथ्यो
चर्चै चर्चा छन, ऊनको शहरमा

foto: FB friend Eherika Rujo Lama

Wednesday, October 7, 2015

नारायण !


हसाउंदै छ छिमेकीले, जगत नारायण
बिर्सीएछ कि गोर्खालीको, बिगत नारायण
बिखण्डनको बिऊ रोप्ने, माली नै बेइमानी
कुम्ल्याए कि डाङ्डासाबले, नगत नारायण
आफ्नै घरमा आगोझोसी खरानीको न्यानो
बिग्री सक्यो रे मधिसेको, मगज नारायण
अंग्रेजको बिस्तारबाद, सिमानामा रोक्नेको
न´तताउ ए! मोदी जोगी, रगत नारायण
मेची हाम्रो महाकाली नी, सगरमाथा शीर:
स्वाबलम्बी बन्न सिकौंन, फगत नारायण

Saturday, September 12, 2015

तिजको कोशेली; तिजको लयमा

मर्किएर नाच्नलाई, आङ्गन हाम्रो सानो भो
सिङ्गो देश नेपालको, सगरमाथा छानो भो

मान्छे मार्ने लोकतन्त्र, संघियता नी चाहिएन
नेपाली बिचको आत्मियता, टुक्रा´उन पाईेएन

पशुपतीको देश हाम्रो, बुद्ध हाम्रो पहिचान
हकअधिकार समेटिएको, चाहियो संबिधान

चन्द्रसूर्य रातो झन्डा, फेर्न हुन्न कहिले´नी
हिन्दू राष्ट्र हाम्रो नेपाल, हुनुपर्छ जहिले´नी

साम्प्रदायिकता जातियता, नभड्काउ नेता हो
तराइ/ पहाड गुन्यु/चोलो, हिमाल फेता हो
 
जनताको चाहना, सम्बोधन र सरोकार
रोजगारीको ब्यबस्था, गर्नुपर्छ ए सरकार

आरक्षणका कोटा हैन, शिक्षा स्वास्थ्य रोजगार
कल कारखाना चालु गरी, घटाऊ बेरोजगार

Tuesday, September 8, 2015

पहिचानको

देशमा चर्चै चर्चा पहिचानको
आखिर खोटो पर्चा पहिचानको

छिनेर आफु राज गद्दी चाहिने
नबुझिने त्यो दर्जा पहिचानको

भुलेर् मातृत्व बात्सल्य पूरानो
कसोरी तिर्ने कर्जा पहिचानको

रहन्न नेपाली नेपालै नरहे साथी
नहोस् केबल ढर्रा पहिचानको

सिमा मेटिन्छ भेटिन्न कहिल्यै
नखोज कोर्न धर्सा पहिचानको 

नजर उस्तै छ तिम्रो

8 september,2015 Konxa!own click
मौषम बदलिए, रहर उस्तै छ तिम्रो
हिमचुली झै दन्त, लहर उस्तै छ तिम्रो

बसाइ सर्यौ अरे, आकाश धर्ती त एउटै
फर्केर आउ आजै, शहर उस्तै छ तिम्रो

हामी बिचको अन्तर्, सुन्यसुन्य नै त छ
पापी छ यो दुनियाँ, नजर उस्तै छ तिम्रो

सु-कोमल् स्पर्श ती, हृदयका स्पन्दन
झंकार् गित् गजलको, बहर उस्तै छ तिम्रो





कबिता त मन हो

लेखिएका अक्षरहरुले नै सोधे
कि तेरा कबिता कसले सुन्छ?
कसलाई फुर्सद छ र, यहाँ?
तेरा इन्क्लाबी नाराहरु,
शासन,सत्ता र संस्कार
बिरुद्धका बुलन्दी आवाजहरु?
च्यांट्ठीदै थिए,
अपमान नगर म र मेरा शब्दहरु
धेरै अबमुल्यन गरिस् हिजो,
त्यसैले बन्द गर तेरा कलम र कागज।
नतमस्तक हुन्छु म,
कलम चलाऊन नै सकस हुन्छ।
भन्थे, कबिता त मन हो
कोमल हुन्छ, कठोर हुन्छ
तर मेरा कबिताहरु
कसोरी अक्षरहरुलाई नै बिजाउन थाले?

फेरी साब्धान गराउदै
भन्दैछु कसलाई फुर्सद छ र?
तेरा कबिता सुन्ने र पढ्ने?
देख्दैनस्!
मान्छे कति ब्यस्त छन् शहरमा
आगो बाल्न र जलाउन,
आदेश माथि आदेश
गोली चलाऊन,
मान्छे मार्न आतुर छ
मर्न पनि,
हरेक मान्छे शहिद बन्न चाहन्छ,
पूराना मुर्ती ढालेर,
आफ्नो मुर्ती बनाउन चाहन्छ
फुर्सद कसलाई छ र ?
आफ्नो पहिचानको राज्य
सिमान्कन, ब्यक्ती ब्यक्तीको कानुन
¨नेता¨बन्न चाहन्छ
भाषण गर्न चाहन्छ।
त तेरो कबिता
सुन्ने फुर्सद कसलाई छ यहाँ?

Monday, September 7, 2015

देख्दैनौ ??


चलेको छ देश भन्छौ, जलेको देख्दैनौ
मक्किए ती हाड खोर, गलेको देख्दैनौ

सल्काउने धेरै छन, निभाउने भएनन्
अहो साम्प्र´दायिकता, बलेको देख्दैनौ

यो माछा माछा भ्यागुतो, खेल खेलाउनेले
भकुण्डो आफ्नै पोल्टोमा, छलेको देख्दैनौ

माली भए स्वार्थी, गोडमेल नै भाछैन
प्रकृति उस्तै धरोहर्, ढलेको देख्दैनौ 

कस्तो चाडपर्व धाम, मनाउंदैछौ

कस्तो चाडपर्व धाम, मनाउंदैछौ
शिब् ऋषि कि राम, मनाउंदैछौ

तिज´को लहर त, आएकै छैन
लौ तिज भन्दै साम, मनाउंदैछौ

न बरिलै भाका न टुप्पैमा जुरेली
´जनाबे अली´ आम, मनाउंदैछौ

कहिले पोइला जान, पाम पाम
कहिले देखाको थाम, मनाउंदैछौ

न चाम्रे अनदीको, न करेलीको अचार्
दूध´को साट्टो जाम, मनाउंदैछौ

थपडीको ताल् मादलुको घिन्ताङ्ग् छैन
रेकर्डमा भड्किलो खाल्, मनाउंदैछौ 

Sunday, September 6, 2015

गीत कहिले दोधारमा पार्यौ

photo google
कहिले दोधारमा पार्यौ, कहिले माया जालमा
बित्ने भयो लालीजोवन, सधैं ख्यालै ख्यालमा

छर छिमेकले कुरा काट्छन्, नहिंड मेरो बाटो
नजुधाउ, बदामी आँखा, बसी आँखी झ्यालमा

पानी भर्न आउन छाड्यौ, तामा गाग्री काखमा
लाछी डोरी लर्काएर, मर्की´मर्की हरिण चालमा

कहिले दोधारमा पार्यौ, कहिले माया जालमा
आज्ञादिए पञ्चैबाजा, घन्काउंथे आउने सालमा

कहिले दोधारमा पार्यौ, कहिले माया जालमा
बित्ने होकी लालीजोवन, सधैं ख्यालै ख्यालमा

Saturday, September 5, 2015

नजर चर्न खोज्छ हजुर

आजभोली किन किन, आँशु झर्न खोज्छ हजुर
माया भन्नू यस्तै रैछ, बसाई सर्न खोज्छ हजुर (पावल चाम्लिङ राई)

चौबन्दी र पटुकामा, छड्के तिलहरी लगाएका 
बैंशालु ति षोडसीका, नजर चर्न खोज्छ हजुर 

मूल बाटो बिर्सिए झैँ, भौँतारिएका मनहरु नै 
बैगुनीको मनै मन्मा, पिरती छर्न खोज्छ हजुर 

ईशारामा तीर् चल्छन्, घाइते हुन्छु एक्लै यहाँ 
जवानीले यो घाउमा, माया भर्न खोज्छ हजुर 

जिन्दगीका भबसागर, उन्को साथ पायो भने 
यी हातमा हात राखी, जंघार तर्न खोज्छ हजुर

Tuesday, September 1, 2015

सराब पिउँछन्

पिरतीमा जल्नेले सराब पिउँछन्
सहारामा चल्नेले सराब पिउँछन्

नसोध्नु कहिल्यै महोल बिग्रन्छ
साथ दिंदा ढल्नेले सराब पिउँछन्

भएन जित् अरे जीवनमा ए साथी
आँफै लाई छल्नेले सराब पिउँछन्

इर्श्या मोह डाहले बिरामी बनायो
त्यै आगोमा बल्ने सराब पिउँछन्

जानेर पिउँछन नजानी पिउँछन
जिन्दगीमा चल्नेले सराब पिउँछन

बाहिरी सृङ्गारमा भित्री सुन्दरता खै
मुहारमा दल्नेले सराब पिउँछन्

Sunday, August 30, 2015

छिटो चल्ने पलहरु

2011, gaighat tanahu visit,own click
छिटो चल्ने पलहरु, सुस्ताउन थाले जस्तो
उदाउन नपाई जून्, अस्ताउन थाले जस्तो

के के हुन्छ हिजो आज, मनै थिरमा छैन
अनिदो र बेचैनी´ले, फुस्काउन थाले जस्तो

खुशीखोज्छु अनुहार्´मा, चिथरुं झै हुन्छ किन  
प्लास्टिकका बट्टा पनि, मुस्काउन थाले जस्तो

यस्तो हुन्छ उस्तो हुन्छ, पिरतीमा परेपछि
आफन्तीका कुरापनि, उस्काउन थाले जस्तो

छिटो चल्ने पलहरु, सुस्ताउन थाले जस्तो
उदाउन नपाई जून्, अस्ताउन थाले जस्तो

लोकतन्त्र ल्यायौ !

लोकले नजानेको, ठोकतन्त्र ल्यायौ
नाम संघियताको, शोकतन्त्र ल्यायौ

दिन दहाडै, गोली बन्दुक र कर्फ्यु
बन्द र हड्तालको, रोकतन्त्र ल्यायौ

जनता अबुझ यहाँ, रोगी छ सरकार
गोरुका बार्है टक्का, खोकतन्त्र ल्यायौ

हुन्थेन ए शिर्श नेता, जनता जुधायौ
न´चाहिने आरक्षण, तोकतन्त्र ल्यायौ

हिलिक्क भै´यो नि, फोस्रा भाषणले
बुझाउ छिटो कस्तो, लोकतन्त्र ल्यायौ ?

चांदीका महलमा, भोक देखिन

चांदीका महलमा, भोक देखिन
खुशीका किनबेच, रोक देखिन

सायद स्वतन्त्रता, टिप्दै होलान
कहिं कतै पनि त, तोक देखिन

तामझाम्को दुनियाँ, रंगीन संसार्
पूर्बेली संस्कृतिको, लोक देखिन

भरिपूर्ण शहर्´मा, एक्लो महल
हांसोमुस्कान् नोक, झोक देखिन

खुलेआम चुम्दैछन्, दिवा सपना
मर्दैछन आफन्त , शोक देखिन


Wednesday, August 26, 2015

अपरिभाषित युद्ध र मन poem

एक साँझ 
दोमन मन अनि अर्धचेत मस्तिस्क
छातीमा चलेका बग्रेल्ती युद्ध बिरुद्ध
जायज नाजायज माग,
बिखण्डित छन्
धुवाँको आँधी, धुवाँकै बाढि
तहस नहस छन् बाली र बस्ती
मुर्दाको किन बेच चलाईएको छ    
हानथाप छ जिन्दगी मास्नलाई
जन्नतको आशामा कतै, त कतै
स्वर्गको अभिलाषामा,
भ्रमित छ आकाश पनि
रबी पुगेको ठाऊमा,
किन अन्धकार छ भनि
सूर्य मौन देखिन्छ,
आगो नै ओकलेपनि पोल्न छोडेको छ
सूर्यको तेज लाई नै चिस्याउने
युद्ध चलेको छ छातीमा,
अपरिभाषित युद्ध, शन्खघोष बिनाका
आँफै तिर फर्किएका बाण,बन्दुक र भाला
कोही मर्दैनन्, जहाँ सबै मर्छन्।
युद्धले नै धिक्कार्ने युद्ध
चलेको छ छातीमा,

हाम्रा इन्क्लाब जिन्दाबाद!!
तिम्रा इन्क्लाब मुर्दाबाद !!
दुनियाँ अचम्मित् छ भ्रमित छ
कुन्ठित छ,
आज इन्क्लाब बेमतलबको नारा बनेको छ
हर कोही सहिद कहलिन चाहन्छ,
सलामी लिन चाहन्छ।
मुर्दा नै किन नहोस्
राजनीतिको फराकिलो झन्डा ओढ्न चाहन्छ भने
जिउंदाहरुको के कुरा??

दोमन मन अनि अर्धचेत मस्तिस्क
छातीमा चलेका बग्रेल्ती युद्ध बिरुद्ध !!
------
अगस्ट २६, बुधवार २०१५
स्पेन 

Tuesday, August 25, 2015

उपहास नगर मायाको

उपहास नगर मायाको
माया नै त उपहार हो
शिशिरको तुषारो राख्दै
San Juan from San Pedro
दिएको मैले बहार हो,,

थुङ्गा थुङ्गा समालेर
बनाएको माला तिम्लाई
के दिन्थें र एउटा माला
तिम्रैलागि त गुल्जार हो,,

दिन्छु हात समाउ छिट्टै
जिन्दगी यो मझधार हो
स्पर्शलाई बुझ्न सक्छौ भने
चुमे हुन्छ दिलदार हो,,

गुनगुनाए हुन्छन् अब
पिरतीका, यी गीतहरु
जूनतारा मात्र होइनन्
यी अन्जुमनका सार हो,,

उपहास नगर मायाको
माया नै त उपहार हो

एक्लोपनले सायद मलाई कबी बनायो

एक्लोपनले सायद मलाई कबी बनायो
अंध्यारो लाई चिर्ने, मधुर रबी बनायो

हराउंछु एक्लै एक्लै, धेरै टाढा पुग्छु
आफ्नै शहरमा लौन अजनबी बनायो

बिर्सिएछु साथीसंगी याद आउन छाड्यो
समयलाई दोश केबल, मतलबी बनायो

थर्थराउंथे औंलाहरु भक्कानिन्थ्यो छाती
दुइचार अक्षर कोर्न सक्ने खुबी बनायो

शब्दको साहाराले जिन्दगीको पुल बन्यो
यो ¨पौडेलले¨ आफन्तको छबी बनायो !!!

लेख्दिन गीत अब, माया पिरतीका

Amara Iron bridge
लेख्दिन गीत अब, माया पिरतीका
गाउनेहरु मायाप्रेम, लाउन बिर्सिसके

शुशेलेर ईशारामा, खोला वारी-पारी
गोधुलिमा देउराली, धाउन बिर्सिसके

दोहोरी र रोधि घर, भत्किए गाउँमा
खैंजेडिमा घांटु मिठा, गाउन बिर्सिसके

मायालु नै पर्देसिए, चोखो माया मारी
सम्झिएर लेक बेन्शी, आउन बिर्सिसके  

झरीपर्दा कर्कलाको, एउटै पात ओढ्थ्यौं
त्यही पातले जिन्दगी, छाउन बिर्सिसके

Monday, August 24, 2015

गीत दुनियाँले मलाई आँसु दियो

23 .08.2015, calle san pedro´
यो दुनियाँले मलाई आँसु दियो
केही यहाँ खसे केही त्यहाँ खसे
केही मिठा पल बिते केही तिता
मन भित्रकाले यो छातीमा डसे ।।

साँझको बेला
मन मझेरीमा बास मागे
मध्यरातमा छुरी झिकी
एकाएक दिलमा धसे

यो दुनियाँले मलाई आँसु दियो

तारा हुँं सितारा हुँं तिम्रो आकाशको
भन्दै, बिना निम्तो आङ्गनिमा खसे
आँखामा काखमा दिलमा डेरा कसे
थाहै पाईन मन मुटु कहाँ कहाँ पसे

यो दुनियाँले मलाई आँसु दियो


Sunday, August 23, 2015

रमाइलो मात्र

लाछी´डोरी बिर्सिएर जुल्फी काट्यौ अरे
दोबाटोमा पराई सँग् कुल्फी साट्यौ अरे

रेगिस्तान स्वामिराजा फोटो हेर्दै रुन्छन्
सासुसँग मन्दिर् भन्दै ढल्की ढांट्यौ अरे

रातभर् फोनमा झुन्डी दिन्मा सन्चो छैन
साँझपख लालीपाउडर् सेल्फी आट्यौ अरे

केछ् काली केछ् सानु सञ्चै छ्यौ भन्दा
तिम्रै लागि ब्रत बस्छु काफी छांट्यौ अरे

आजआज भोलीभोली स्वामी आउने दिन्मा
कुम्लाएर्  गर-गहना अन्तै फाट्यौ अरे

गीत मन छोएर उड्यो बतास

in bus ALSA on the way to Eiber (July)
मन छोएर उड्यो बतास,, उन्को आगमनमा
मलाई किन एस्तो हतास, जून्को आगमनमा

परेलीमा लुकाइ राख्थें,, सपनामा सङ्ग सँगै
एकोहोरो एक तमास,, धून्को आगमनमा

सर्सराए पालुवा ति, थर्थराए यी ओठ मेरा
गोधुलीको झम्के साँझ, धूल्को आगमनमा

यौवनको माधुर्यता, बसन्तको आङ्गनीमा
पिरतीमा बातै छन् खास, फूल्को आगमनमा

मन छोएर उड्यो बतास,, उन्को आगमनमा
मलाई किन एस्तो हतास, जून्को आगमनमा

Saturday, August 22, 2015

बन्दका परीबेशमा मुक्तक र तियाली

नपरोस् सुन्न भोली, गाडी जलेको  
लागेर इँट्टा र गोली, साथी ढलेको
ठेलेर ठेला बाँच्न, चाहन्छ् माइलो
भोकले रित्तो झोली, माथि गलेको
,,,,
कस्तो लोकतन्त्र जन्मियो हे राम 
सधैं´भरि ढुङ्गा मुंढा चक्का जाम
काम बिना कसोरी खाने हो माम ?
,,,,
खै के राखेको रहेछ, यो बन्दमा 
कसोरी उंभो लागोस् देश मन्दमा 
रमाउंछ मान्छे किन, दु´र्गन्धमा ??
,,,,
खै के राखेको रहेछ, यो बन्दमा साथी 
कसोरी उंभो लागोस् देश मन्दमा साथी 
तियाली तानेर मुक्तक पो बनाएं हजुर
रमाउंछ मान्छे किन, दु´र्गन्धमा साथी?? 
-आफन्त



बे´छन्दका बन्दको, मारमा छ देश

बे´छन्दका बन्दको, मारमा छ देश
मुस्किल् तरबारको, धारमा छ देश

लुट्नेले फुटिन्जेल, खान पाएका छन्
सिधासाधा जन्ताको, भारमा छ देश

सपना धेरैदेखे, लोकतन्त्र गणतन्त्रको
शिखर् चुम्नपर्ने जो, झारमा छ देश

जित्ने शिर्श् महापुरुश्, मन्दिर् पूजारीको
असफल् लडाकुको, हारमा छ देश

मह काड्नेले नै त, हात चाटने छ
रानो´ले नै चुसेको, घारमा छ देश
------
हार:लाइन  

दिल त दरबार हो सानु

beach zurriola, own photo
दिल त दरबार हो सानु
घर झिङ्गटीले बारे पनि

मन मन्दिरमा छौ सानु
तिमीले माया मारे पनि

धनदौलत मयल भन्छन्
फल्दैन रुपैया सारे पनि

चित्त कस्को बुझ्ला र यहाँ
ति जुन तारा नै झारे पनि

सानुले नै त हो नि जितेकी
प्रेमको खेल् मैले हारे पनि 

Thursday, August 20, 2015

रेखो भाग्यको

EPA school program,before summer
आँफै कोर्नु रहेछ, रेखो भाग्यको
बेहोर्नु पनि आँफै, लेखो भाग्यको

बैशाखीको भर, हुँदैन जिन्दगी
लढे उठाउनु साथी, टेको भाग्यको

तगारो त कैयन, बान्नो यी नाघेर्
फड्कनु उफ्रिएर, छेको भाग्यको

अमिर् गरिब्, धनदौलत त केवल्
राख्दै त छौंनि हामी, हेको भाग्यको

आँफै कोर्नु रहेछ, रेखो भाग्यको
बेहोर्नु पनि आँफै, लेखो भाग्यको 

Wednesday, August 19, 2015

छोरो भो पर्देश् नाती आमाको

साउन १६,२०७२ रुद्री रामपुर 
दुखेको देख्छु छाती आमाको
भिजेका आँखा राती आमाको

बलेंशि र पिँढी आङ्गन् ठुलो
छोरो भो पर्देश् नाती आमाको

लाग्दैन निन्द्रा भोक था´छैन
दलिन्का तस्बिर् साथी आमाको

धैर्य सिवाय के लिनु यहाँ
ममताको काख् जाती आमाको

तुलशी मठमा जोरका बत्ती
दुखेको देख्छु छाती आमाको

Tuesday, August 18, 2015

दिदीको गुनासो माइतिको आँगन

बरिलै भाका

छिड्किनी खेलने, आङ्गनीमा बिस्कुन
आज त पिँढि´मा, नाचिन्छ बरिलै
चालिसेले छोएपनि, जिउ मेरो दुरुस्तै
हेर्नुस् आमा कम्मर, भांचिन्छ बरिलै

घिरौला र चिचिन्डा, नखाको धेरै भो
उफ्री उफ्री तरकारी, टिपिन्छ बरिलै
लौका पनि खाइन्छ, फर्सी पनि खाइन्छ
नटिपे त मेरि आमै, छिप्पिन्छ बरिलै

काँक्रोको अचारमा, तोरिको छोप अनि
गोठ छेउको निबुवा, निचोरिन्छ बरिलै
गीत गाउने बुवाले, दिदी बहिनी छोपने
निम र दत्ति वन, लाछिन्छ बरिलै

बस्नुस् आमा पिँढिमा, अराइ र सिकाइ
दिदिबैनी मिली दर, पकाइन्छ बरिलै
एउटा भाई बिदेश, अर्को भाई काठमाडौं
पिर नमान्नुस् बाबा, सघाइन्छ बरिलै

माइतिको आँगन, भाई भदा हाम्रै हुन्
बुढेसकालले छोए पनि, आईन्छ बरिलै
मिठो पिठो जे जे पाक्छ, स्वादले खाने हो
धोको फुकाइ तिजमा, गाइन्छ बरिलै

तिजको कोशेली: बुवा आमाको दोहोरी

बरिलै भाकामा

आमा:
भांची ल्याइदेउ बाबा बारीको तामा
दर खाने दिन सम्म अचार बरिलै,
जेठी छोरी पूर्व कान्छी पश्चिम´मा
कस्लाई लिन जाने हो बिचार बरिलै !!

बुवा:
जेठो छोरो बिदेश नाती अझै सानो
कान्छो छोरो बोलाएर पठाउ बरिलै
आफु भैयो बुढो आँगन भो परदेश
नजिकै छे माइली सँगै मनाउ बरिलै!!

आमा:
त्यसो भए ए बाबा, टिकट काटिदेउ
जेठि छोरी लिन आँफै जान्छु बरिलै
बुढी भएं जान्न माइती मेरा दाजु एकलै
तिनै छोरी बोलाएर, मान्छु बरिलै !!

बुवा:
पिर नमान मेरि बुढी हातमा फोनछ
फोन गरेर बजारमा भेट्छु बरिलै
स्कुटरमा राखेर पालैपालो ओसार्छु
बर्षदिनको नियास्रो मेट्छु बरिलै


Monday, August 17, 2015

गाइजात्रे गजल

fiesta de carnaval 2014 Donosti
फिरिरी रेशमिको, चाला निको छैन
बेइमानी साँझमा, ताला निको छैन

फक्रिएको यौवन, जून्´कै छैन वास्ता
मद्होशी ति नयन, गाला निको छैन

भोकोप्यासी शहर, ऊन्कै पछी लाग्दा
मातेर लड्ने होकी, नाला निको छैन

आधुनिकता कस्ता, पारदर्सी छोटा
जवानीका जोशमा, टाला निको छैन

चुस्की र सर्को सधैं, मायालुको साथ
भविश्यको चिन्ता खै, बाला निको छैन

Saturday, August 15, 2015

यस्तै छ

प्रेम प्रकाश पौडेल 
प रामपुर चितवन 

यस्तै छ नेपाल, लिपुलेकका, टाकुरा रुँदैछन्
राराका छेउमा, फूलने तिनै, साकुरा रुँदैछन्!

नसोध्नु अहिले, भोलिका कुरा, थाछैन मलाई
कर्णाली एकलै, भयोकि भनि, बाजुरा रुँदैछन्!

मधेश-तराई, हिमाल छुट्यो, पिडाझन् बल्कियो
छिमेकी गद्धार, सिमाना लुटे, खाजुरा रुँदैछन्!

सुर्खेत परासी, चितौने थारु, सम्बोधन् भा´छैन
संजाल काटियो, अचम्म मान्दै, माकुरा रुँदैछन्!

झ्याउरे लय बोलाउने कसोरी

मायाको साहिनो अनौठो रै´छ बोलाउने कसोरी
तस्बिर उनको आँखामा राखी टोलाउने कसोरी

पहिलो भेटमा, बसेको माया, मेटिने रै´न´छ
खिल झै बस्यो त्यो पहिलोप्रेम भूलाउने कसोरी

बनको मजूर, फिजाइ प्वांख, रमाउँदै नाचेको
दर्पण छेउमा लाजलाग्छ आज् लोलाउने कसोरी

एकोहोरो माया मनमा बस्यो दिलमा राज गरी
पराइको प्रित, सम्हाली मैले, चूलाउने कसोरी

मायाको साहिनो अनौठो रै´छ बोलाउने कसोरी
तस्बिर उनको आँखामा राखी टोलाउने कसोरी

Friday, August 14, 2015

कस्को के लाग्छ, काल पल्के पछी

कस्को के लाग्छ, काल पल्के पछी
सकुनीका जस्तै, चाल पल्के पछी

दबिन्छन् स्वर, बिरोधका झिल्का
स्वचालित् तिनै, नाल पल्के पछी

एकता´को नारा, छुरी चलाऊंदै
गुट उपगुटका, जाल पल्के पछी

परिश्रम बिना, धन् आउंछ भन्दै
हेरौं! दरिद्रीका, थाल पल्के पछी

छद्म भेसी साधु, ॐ कार जपदै
स्याल ब्वाँसोका, खाल पल्के पछी

ब्यङ्य:फापेन

फापेन है फापेन, देशमा गनतन्त्र फापेन
संघियता सहितको, यो लोकतन्त्र फापेन

राजनीतिलाई ब्यापार स्वार्थैस्वार्थको भिड
हुँदाहुँदा त ल नेपालमा प्रजातन्त्र फापेन

नारा जुलुश कर्फ्यु, के यही हो त सधैं ?
जातियताका तिम्रा कानफुकी मन्त्र फापेन

चलाऊन नजानेका हुन कि, गाडी पूरानो
सरकार नामका, थोत्रामोत्रा यन्त्र फापेन

न अभिमतको कदर, न स्वाभिमानको नै
भिडमा गोलिचलाऊने, ठोकतन्त्र फापेन


भिडमा मेरो हिस्सा

तस्बिर अनलाइन खबर 
भिड छ आज
बिरोधका भिड
समर्थनका भिड
सुर्खेत देखि जुम्ला
ठोरी देखि हुम्ला
जिन्दाबाद र मुर्दाबाद
चाहिंदैन र फिर्ता गर
यसो गर उसो गर
हो भिड छ,
नारा छ जुलुश छ
के ठिक के बेठिक
को सहि को गलत
थाहा छैन मलाई,
तर
भिडमा म पनि सामेल छु
झन्डा बोकेको छु
डन्डा बोकेको छु,
हो नि म पनि भिडको
एक हिस्सा बनेको छु,
थाहा छैन, मेरो प्रतिनिधित्व
एक ईतिहास बन्छ कि किस्सा मात्र
कहिले मशाल बोक्छु
बिरोधको मशाल
तोडफोडको त अनुमती नै छ म सँग आज
ढुङ्गा मुढा अनि चक्काजाम
मेरा सुख्खा रोजिरोटी बनेको छ,
मुलत भिड अनियन्त्रित हुन पुग्छ
म अनियन्त्रित हुन्छु
सरकार गोली चलाऊंछ
अश्रु ग्यांस छोड्छ
कर्फ्यु लगाउंछ,

को ठिक् को बेठिक
भिड भिड नै रहेछ
म भाग्न चाहन्छु
भिड बाट
तर अगाडि अर्को भिड
फेरी अर्को भिड
भिडै भिड
जुलुशै जुलुश
नारै नारा

म फेरी अर्को भिडको
हिस्सा बनेको हुन्छु

 -----------

Thursday, August 13, 2015

सपनीमा भेट्ने हजुर,

photo google
सपनीमा भेट्ने हजुर, बिपनीमा देख्न पाए
गुम्सिएका भावनामा, एउटा चिट्ठी लेख्न पाए
पठाउंथें हजुरीलाई, चुमीचुमी पढ्थ्यौ राजा
अक्षरका महल हुँदै, दिलसम्म चढ्थ्यौ राजा

सपनीमा भेट्ने हजुर,

सधैं भरी आकाशमा, पुर्णिमाको जून तिमी
सारेगम पध निसा, सात सुरका धून तिमी
तस्बिर यो धमिलियो, धमिराले खाए जस्तै
रस चुस्न भवँरो त्यो, रानीबन धाए जस्तै  

सपनीमा भेट्ने हजुर,

फर्की आउ छिट्टै राजा, रानी एक्लै शहर'मा
बैन्श त्यसै बित्ने भयो, मोही पिउने रहर'मा
फेवा रुन्छ, माछा'पुछ्रे, बादलुले छेकी दिंदा
धन्य् हुन्थ्यो आँगनी यो, मायालुले टेकी दिंदा

सपनीमा भेट्ने हजुर

नजानेर होला जिन्दगी, बुझ्न सकिन

गजल कै माग 
नजानेर होला जिन्दगी, बुझ्न सकिन
पत्थर हो कि देवता खै, पुज्न सकिन

बांधिएका छन यी हात, आँफैमा आज
चाहेर पनि परेली उन्का, पुछ्न सकिन

बर्षातका मौशम, बाढि पहिरो र भेल
आफु भने यो साउनमा, रुझ्न सकिन

चिथोरौं कि कोपरौं, यो दुनियाँ संसार
दिक्दारीमा आफ्नै कपाल, लुछ्न सकिन

समय बलवान रह्यो, समयले जित्यो
परिस्थितीमा समय सँग्, जुध्न सकिन 

Wednesday, August 12, 2015

हिजो/आज /त्यसैले

हिजो
हिमाल र पहाडले, तराई छोएको थियो
कंचन´को पानीले, मधेस धोएको थियो।
श्रीअन्तु उदय, चांदनी दोधाराको अस्त:
बेनीको पिडामा हेर बाजुरा रोएको थियो।।

आज
जुम्ला र कर्णाली, मधेश छुट्याउंदा देख्यौ
भागशान्ती मिलेन भन्दै सुर्खेत रोएको थियो
सुन्दा त राम्रो, संघियताको नारा नेपालमा
कहाँ बाट ल्यायौ बाग्लुङ्गले सोधेको थियो

त्यसैले
कदर गर जनताको अभिमत ए नेता
देख्दैछौ हिन्दूत्वको एकै मत ए नेता
फुटाएर राज, जो कोहिले गर्छ परन्तु
खोइ एेनमा सिमामा सहमत ए नेता??

- आफन्त

किनारामा होइन मझधारमा छ

करारमा छ जीवन दरारमा छ
view of zurriola from mt Ulia
बन्द सन्दुक बन्द दराजमा छ

गीतामा हुन्छ कुरानमा नी हुन्छ
यो प्राथना सहित नमाजमा छ

गाउँबस्ती शहर जहाँ खोजे पनि
कथित् मान्छेहरुको समाजमा छ

भौंतारिएकाको भिड अचम्मै भो
हेर खाली शैतानी दिमागमा छ

ओढारमा छ जीवन दोधारमा छ
किनारामा होइन मझधारमा छ 

मनका मेरा गीतहरु

छाड्दिन गुनगुनाउन, मेरा मनका गीतहरु
पिरती´का मैदानमा, कोही छैनन् मीतहरु

भञ्ज्याङगका चौतारी, देउरालीका भाक्कल
अतित भए याद सँगै, चोखा मिठा प्रितहरु

मनका मेरा गीतहरु

चलन रैछन निस्ठुरीका, नजरले तिर हान्ने
मायालु´को दुनियाँ´मा, कहिं कतै रितहरु

भवँरो´नी भुनभुनाउँछ, रङ्गिन देखे फूलहरु
बिहानीको मिर्मिरेमा, बिलाउंछन सित´हरु

छाड्दिन गुनगुनाउन, मेरा मनका गीतहरु
पिरती´का मैदानमा, कोही छैनन् मीतहरु

मनका मेरा गीतहरु 

जून तारा सँग यो, रात नछुटोस्

foto google 
हात छुटेर के भो, साथ नछुटोस्
जून तारा सँग यो, रात नछुटोस्

भुलेर के भो हाम्रो, बाचा कसम
लुकी चोरि गरेका, बात नछुटोस्

क्षणिक थिए तर, उमङ्गका पल्
उन्मुक्त यौवनका, मात नछुटोस्

झरेर जान्छ फूल, नचुंडे आज
परन्तु हाँगा अनि, पात नछुटोस्

छाडेर जाउ टाढा, म देखि धेरै
प्रेम-पत्र´हरुको, खात नछुटोस्



साँझमा डुबेको, भोली के थाहा

my best young friend,,Eiber
निभ्दैन आगो, खरानी देखिन्न
नबुझे ज्वाला, कहानी देखिन्न  

मोथिएका छन्, छातीको हुंडहर्
खोज्दैछु यहाँ, मदानी देखिन्न

सकस् मुटु´मा, चले तिर´हरु
लागेको चोट, निशानी देखिन्न

साँझमा डुबेको, भोली के थाहा
नब्युँझे सूर्य, बिहानी देखिन्न

निभ्दैन आगो, खरानी देखिन्न
नबुझे ज्वाला, कहानी देखिन्न   

आखिर बाँच्नको लागि, बाँचेको हुन्छु म

own foto ,beach conxa,
आखिर बाँच्नको लागि, बाँचेको हुन्छु म
दर्पण अगाडि मात्र, हाँसेको हुन्छु म

भावनाका कुनै मूल्य, न मान्यता यहाँ
पराइ सँग साहिनो, गाँसेको हुन्छु म

पूरा होलान नहोलान्, असिमित मेरा
रहर अनि सपना, साँचेको हुन्छु म

निर्दयी लाग्छ जिन्दगी, बाँच्न नजानेर
बेकार स्वर्ग र नर्क, दाँजेको हुन्छु म

भाग्दैछु भगाउंदै छ, मलाई यो दुनियाँ
आफुले आँफैलाई नै, ढाँटेको हुन्छु म

आखिर बाँच्नको लागि, बाँचेको हुन्छु म
दर्पण अगाडि मात्र, हाँसेको हुन्छु म

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...