Wednesday, April 30, 2014

बयान तिम्रै रङ रुपको

चर्चा चल्छ सधैं चन्द्रमा कै किन चल्थ्यो यो धुपको
हर जम घट्मा एउटै केन्द्र बयान तिम्रै रङ्ग रुपको

कहिले नयन कहिले बदन बोली अनि त्यो चालको
हतपत नसकिने रैछ बाबै बयान तिम्रै रङ्ग रुपको

जवानी तिम्रो मदहोशी हो की नशा छ त्यो हेराईमा
सुराप्याला पिउन छाडी केबल बयान तिम्रै रङ रुपको

गजल तिम्रै गीत तिम्रै श्रृङ्गार अनि भाका तिम्रै
हरेक गल्ली सब सडकमा बयान तिम्रै रङ्ग रुपको

सबका दृष्टि तिमी माथि तर तिम्रो नजर थाहा छैन
आफन्तको मन मुटुमा सदा बयान तिम्रै रङ्ग रुपको

मायालुलाई पत्र ,,,

स्वदेशकी
मायालुलाई पत्र ,,,

यो परदेशमा तिम्रै यादमा बाँचेको छु काली
यो छातीमा धेरै धेरै माया साचेको छु काली

आउला छिट्टै लाउला प्रिती कुरी बस है काली
पात्रो चिठ्ठी हेरिकन यीऔला भाचेको छु काली

बिर्सेंको छैन खाको कसम तिम्ले नि मेरी काली
नगरे  नी चिन्ता हप्तै पिच्छे जाचेको छु काली

कहिले कही थोरै पिउछु साची धेरै होइन काली
झ्याउरे दोहोरिमा एक्लै एक्लै नाचेको छु काली

गजल नलेख प्रेम पत्र

न लेख प्रेम पत्र, रगतले बेकार हुन्छ
ल सोध्यो भने भोली जगतले बेकार हुन्छ

समेट्न गार्हो हुन्छ फेरी हेर तिमी लाई
नाता टुट्दा भोली, संगतले बेकार हुन्छ

रगत को मुल्य छैन अब- मुल्यन नगर
के थाहा छ र भोली रङ्गत बेकार हुन्छ

प्रेम मा परिक्ष दिनु छैन किन लेख्नु पर्‍यो
रगत र मशी , एक फगतले बेकार हुन्छ

भो, त्यसैले नलेख , प्रेम पत्रहरु आइन्दा
सावा भन्दा ब्याज प्यारो लगतले बेकार हुन्छ

कबिता हो उनी मेरी हुन

कबिता

हो उनी मेरी हुन
उनको नै हुँ
तर
एक फासला आज
हामी दुई बिच
भौगोलिक दुरी
मुग्लानी जीवन
परदेशी जिन्दगी,

सायद त्यसैले बुझ्दिनन् कि
मेरो मायालाई,
एउटा पिर
खड्किरहेको मनमा,
हुन जती नजिक भए पनि
उनको लागि ,
मैले, महशुस गर्न सकिन
गल्ती बुझाईको थियो
उनको अनी मेरो।

देखाउन कहिल्यै जानिन मैले 
भित्रको सत्कार उनी प्रती
उनले कोशीस नै गरिन
बुझ्न्,

संसार कै यस्तो ब्यक्ती हुँ
सधैं आघात मा बाचेको हुन्छु
भित्र भित्र पाकिएको हुन्छु
माया सम्बन्धलाई बुझ्न नसकेर

दोश भाग्यलाई पनि तेर्साउछु
अलिकती मन बुझ्छ पनि,
सृस्टिको यती ठुलो सम्रचना
बिगार्ने पद्दती मै बाट सुरु भएकोमा
खिन्न हुन्छु ,
विश्वाश गर्दैनन् कोही
सुहाउदैन पनि,

तर यही नै यथार्थता हो
वास्तविकता पनि हो
जहाँ सृस्टिकर्ताले नै
पक्षपात गर्छिन भने
यो आफन्तको भन्नु केही छैन,

मनको भित्री कुनाको एक छेउ
सधैं सु-सुप्त मै हुन्छ
जहाँ यस्तो लाग्छ
मात्सल्यको कमी
हुर्कन बढ्न फक्रन
कहिल्यै सकेन

कोशीस नगरेको होइन
जिन्दगीको अन्तरालमा
सुसुप्त जिजिबिषा केलाउन
तर के भन्नु
उनले कहिल्यै बुझिनन्

यसैले
कती कठोर छु
कठोर छाती बोकेको छु
पत्थर भन्दा कठोर,,
किन कि
पत्थर पगाल्ने माया
मैले कहिल्यै पाइन
यद्दपी, मैले माया नै रोपे
प्रेमको बगैचामा,तर
एउटा बोट, जुन मेरो सधैं आफ्नो थियो
उसैमा प्रित फुल्न सकेन
होइन प्रित होइन
ममता फुल्न सकेन,

मैले चिनिन कि
बुझिन कि अझै
त्यो ममताको फुल
टिप्न सकेको छैन,
आज त्यसैको फेदमा छु
हिजो पनि थिए
अनन्त रहनेछु
शितल पाएको छु
छहारी पाएको छु
मल जल स्याहार
केही कमी भएको हुन सक्छ
तर पनि, लालायित छु
पातका सित पिउन
उनैको छेवैमा जिउन
 ---------------------------

श्री भक्त पौडेल
रामपुर चितवन
हाल स्पेन
29 April 2014 Mothers day






आमाको माया n more..

समर्पण अनी स्विकारले भरिएको अमर माया 
सृस्‍टिसँगै आबिस्कारले भरिएको अपार माया 

अबिखन्डित,अबिछिन्न, सिलसिला अटुटको 
आकाश जस्तै आकारले भरिएको अजर माया 

नि-सन्देह,निस्पक्ष, सन्तती आफ्ना बराबरी 
आँखाचिम्ल निराकारले भरिएको अधर माया
-------------------------------------
तान्का
-----
तस्बिरमा नै 
पोखिएर जादैछ 
आमाको माया 
आशु पुछ्ने औंला 
कबितै कबिता मा।
---------------------------------------


haiku..

बाटो बिर्सेंर
अलमल्ल परेछ
परको यात्री

सपना मेरो
के थियो कुन्नी हिजो
टुटेर गयो

बिर्सियो आज
लगौटिया यारले
मतलबी छ

फुलेन फुल
यो बषन्तमा पनि
मनै अध्यारो

सुनको चरी
उड्यो भुरुरु उ
भाग्यको लेखा

Sunday, April 27, 2014

धन्य छौ आमा !!!

धन्य छौ आमा !!!

रुवाउछ्यौ हसाउछ्यौ, आँफै रुदै फकाउछ्यौ
हल्लाउदै काखमा कस्तो ममता जताउछ्यौ

ममताकी खानि आकाश भन्दा बिशाल मन
आँफै झुली अनिदोले झलुङो मा झुलाउछ्यौ

निन्द्रा सँगै प्रसब बेथा कसरी भुल्छ्यौ आमा
आफु भोकै बसीबसी दुधको धारा पिलाउछ्यौ

सृस्‍टि तिमी सम्भारकर्ता संसार पनि तिमी
लोरी सुनाइ कोखाइ कोखाइ भन्दै खुवाउछ्यौ

आज मात्र होइन आमा,हरेकपल तिम्रै माया
माया को छायामा आमा जिन्दगी भुलाउछ्यौ


Saturday, April 26, 2014

गजल बालुवामा

कस्तो काउकुती मनको बालुवामा तिम्रो तस्बिर
उस्तै तरङ यो  तनको बालुवामा तिम्रो तस्बिर

फर्की फर्की छाया हेर्छु, छौ कि भनी यता उता
बतास मा तिम्रै रनको बालुवामा तिम्रो तस्बिर

बगरमा एक्लै डुल्दा ,सम्झनामा तिमी छायौ
शुशेलि मा रन बनको बालुवामा तिम्रो तस्बिर

बालुवा सरी उडि जाने परदेशीको के भर भन्छन
हो नि तर पराइ धनको बालुवामा तिम्रो तस्बिर

अन्जुलिमा माया बोकी तिमी आउने पर्खाइमा
मारी सके सयौ फनको बालुवामा तिम्रो तस्बिर

when you are in love you feel love even hands of sands

A tickling in heart, but the image of you in sand----

कबिता 1 may



पात्रोमा फेरी अर्को दिवश,

पात्रोमा फेरी अर्को दिवश,
कसले चलायो होला चलन?
चलन दिवश मनाउनेको,

अहो! यो दिवश त अन्तराष्ट्रिय रहेछ
काम गर्नेहरुको
काम नगर्ने दिन रहेछ।

अलेक्स जेन्दर ग्रीनका पात्रहरुको
मेक्सिम गोर्की,आस्त्रोवस्की
र थुप्रै रसियन टोपी र कोट भिर्नेहरुको
दिवश भनिन्थ्यो उहिले,
नढाटिकन भन्दा (जती मैले बुझेको छु)
बुर्जुवा,सामन्ती के के बादिहरु बिचको
अन्तरद्वन्द पछी उदाएको उल्लाहस दिवस रहेछ,

सन् १८८६,मे १,
(नेपालमा सन् १९६३ बाट मनाउन थालिए पनि,सन् २००७ बाट मात्र सार्वजनिक बिदा दिन थालिएको हो)
¨पेटका लागि रोटी¨ छिन्नेहरुको दिवश
राता झन्डाहरु कफन बाधेर
युद्दको मैदानमा लड्नेहरुको रहेछ,
८, ८ , ८ घण्टा
काम मनोरन्जन र आराम
सिद्दप्राप्तिका लागि लड्नेहरुको रहेछ
सलाम छ ति योद्दाहरुलाई
युद्दमा बिरगती प्राप्त सपुतहरुलाई

बुझ्दैछु,देख्दैछु अचम्मित छु,
बर्तमान मजदुरहरुको हबिगत देखेर
कोही सुरुङ मा थिचिएका छन्
कोही लिफ्ट र औजारमा मिचिएका छन्

आखिर संसारले जती नै,
¨अन्तराष्ट्रिय मजदुर दिवश¨ मनाए पनि
टुन्डिखेलमा जती परेड र मुट्ठी उचाले पनि
सुटेड्-बुटेड सर्बहाराका हस्तिहरु जती कुर्ले पनि
खै यो नेपाल खाल्डोमा परिवर्तन??
खै त गास मजदुरलाई?
आठ घण्टा रोजी रोटीको ब्यबस्था?

समानता र उदारबाद्को जती व्याख्या गरे पनि
खै त मजदुरका पसिना र रगतको कदर ?
परिवर्तनका बाहकले जती नै छलाङ मारे पनि
घोसित अघोसित शहीदहरुको सम्झनामा
जतिऔ मिनेट मौनधारण गरे पनि
खै त मज्दुरका निम्ती,
न्युनतम मापदण्डको सुरुवात?
खै गास बास र कपास?

काकडभित्ता मा रिक्सा चलाऊनेलाई सोध,
हिजो सुरुङ्मा पुरिएकाको परिवारलाई सोध,
बिगत केही बर्ष यता बन्द भएका
राष्ट्रको एक मात्र कृषि औजार कारखानाका मजदुरलाई सोध,
आज मे १ के दिवश हो? भनेर
हैन भने नेपाल खाल्डोका
स्वघोसित मजदुर नेतालाई सोध
के गरे उनले भनेर?

जहाज चढेर बिदेश गएका छोराहरुको बाबालाई सोध
बाक्सामा चिसिएर आएका तिनै छोराहरुको परिवार लाई सोध
होइन भने कोही मलाई बताउ कि,
बिगत ५१ बर्ष देखी मनाउदै आएको यो दिवश
आज किन मनाउदै छौ हामी?

सक्छौ जवाफ दिन?

त्यसैले आउ नेपाली मजदुरहरु हो!
हसिया र हथौडाका झन्डा मुनी,
हाम्रा गास लुट्नेहरु बिरुद्द
हाम्रा बास भुट्नेहरु बिरुद्द
खबरदारी गर्न,
हाम्रा झन्डामुनी बसेका शोषकहरु बिरुद्द
महल निवासी कथित सर्बहारा बिरुद्द
तिनले भने जस्तो क्षितिज रातो छैन
त्यसैले आउ नेपाली मजदुरहरु हो
एक पटक फेरी
¨बिश्वका मजदुर एक हौ¨ मात्र होइन
¨पीडित नेपाली मजदुर एक हौ¨
भन्ने नारा बुलुन्द पारौ
शन्खघोष गरौ ..
सार्थकता दिऔ,,
आज को यो दिवशको

जय नेपाल! जय मजदुर!जय विश्व मजदुर दिवश !






गजल मायालुले बाटो पाइनन्

नझरे हुन्थ्यो अब यो झरी मायालुले बाटो पाईनन्
उधारो थियो जुन चुम्बन ,मायालुले साटो पाईनन्

अजम्बरी प्रेम कथाकी उनी राजकुमारी मेरी मायालु
खोजेकी थिईन सिन्दुर तर मायालुले माटो पाईनन्

सिंहाशनमा सजिएर, मलाई कुर्दै  होलिन सायद
झार्न खोज्थिन जुन तारा,मायालुले भाटो पाईनन्

न त अभाब थाहा भयो न त दु:ख उनले देखिन
बुझ्दै थिईन जीवन अर्थ, मायालुले पाटो पाईनन्

सडकको रमिते आफन्तले जती बिर्सन खोजे पनि
टार्न खोज्थिन सम्बन्ध आज,मायालुले फाटो पाईनन्

(झरी परेको साँझ)
१९डिसेम्बर,२०१३
०७:०५ बेलुकी
Spain,
,,,,

गजल गजल तिमी

कती टोलाउछौ नजरमा कती लेख्छौ गजल तिमी 
कती बोलाउछौ नहरमा कती सुन्छौ गजल तिमी  

परेलीका गाजल कहिले कहिले ओठका लालिहरु 
काफिया पिच्छे बहरमा कती सोच्छौ गजल तिमी

केशराशी बिशाल ललाट, अधरका मुस्कान तिम्रै 
नजाउ अन्त शहरमा, कती खोज्छौ गजल तिमी 

गहिरिएर खोज यी नयनमा हृदयका भाब पाउछौ 
मिलेका दन्त लहरमा कती रोज्छौ गजल तिमी

भन तिमी तिम्रा लागि अझै श्रृङ्गार थपिदिउ कि 
साँझ बिहान प्रहरमा , कती घोक्छौ गजल तिमी 

Friday, April 25, 2014

गजल श्रीङ्गार मेरो

श्रृङ्गार  मेरो ब्यर्थ जाला भन्ने डर लाग्छ
आफ्नो भन्दा पराइको सायद भर लाग्छ

कुर्दा कुर्दै थाकी सके म दिन बित्दै गयो
सिउदो भरी लैजाने उस्लाई कर लाग्छ

मेहन्दीको रङ्ग पनि फिका फिका देख्छु
जन्म घर भन्दा प्यारो पराइ घर लाग्छ

औठी चिनो साट्यौ हाम्ले बिझाउन थाल्यो
भोली हुने बिहे साइत अल्ली पर लाग्छ

कस्तो पग्ली भए हजुर लाज लागे जस्तो
जती जती पर जान्छौ, उती वर लाग्छ

रोग

रोग

म एक रोगी हुँ
मलाई ठुलो रोगले च्याप्दै छ
नतर्सनुस्,सरी हाल्दैन
तर साबधान पनि,
यो १९औ सताब्दिमा फैलिएको
असती ज्यानमारा ¨एडस्¨भन्दा भयन्कर छ,
सुनेको छु त्यसको त उपचार पत्ता लाग्यो रे
तर यो रोग जुन मलाई ङ्याकेको छ
भो कुरै नगरौ,के कुरा गर्नु

सोच्नु भएको होला सायद
यसलाई ठुलो चर्म रोग हैन गुप्त रोग
डिप्रेसन,डायबेटिज युरिक यसिड
त्यो पनि होइन कि पागल
अहिले त को पागल छैन र?
यो दुनियाँमा,अह होइन
पागल सागल होइन

सुन्नुस् !
मलाई रोग लागेको छ
बिपन्नता बाट छुट्कारा
सम्पन्नताको भुमरिमा घुम्ने
मध्यम बर्गिय चुडेलले होइन
उच्च बर्गिय भुतले लखेटेकोले
बर्बराउने रोग लागेको छ
सपनामा होइन बिपनामा,

यो रोग ¨हिस्टेरिया¨ भन्दा कडा
मानशिक रोग भन्दा जटिल,
लाग्दैछ आँफैलाई
सुरुसुरुमा त केबल कुर्चीको मोह
बिस्तारै सान र अलिशान महलहरुको
गाडी, मालाहरुको सिम्ट्रम्स सामान्य

सोच्नुभएको होला, यो कस्तो रोग हो
हो यही रोग हो
आज अधिकान्स नेपाली युवालाई सताएको
उपचारको खोजिमा भौतारिदै छन्
बिदेशी मुलुकहरुमा,,,,,

जय आधुनिकता

जय आधुनिकता

आजकल म चिन्तनको खोजिमा छु
या भनु एक यस्तो आदर्श शैलिको खोजिमा छु
कि यो समाजमा जिउन सकु ,बाँच्न सकु

बिरोध गरेको होइन, बर्तमान सामाजिक सिद्दान्तलाई
तर म आधुनिक ¨पाखे¨भएको छु, आजकल
नितान्त पुर्बिय सन्स्कार खोजेको पनि होइन
ना कि पश्चिमा अगाल्नु पर्छ म भन्दै छु।
लाग्छ एक भिन्न सिद्दान्तको नै प्रतिबाद
किन नगरु म कि
हे मान्छेहरु हो! यसरी जिय त्यसरी होइन
मुन्डल र कुन्डल त हाम्रो नै हो नि सन्स्कार
होइन र? आखिर को पछाडि त?

एक बित्ताको टुपिमा जुम्रा पालेका जगल्टेहरुको भिडमा
जब म पाखे कहलाइन्छु,नेपाली मन रोएर आउछ
चिच्याएर ,कराउन सोध्न मन लाग्छ उनैलाई,
खै के हो तिमीहरुको जीवन शैली भनेर?

सिलसिला बिनाका शैलिहरु
खोक्रो आडम्बरका मिज्जुहरु
आकाश तर्फ फर्केर थुक्दैछन्
भुकाइ र प्राथनामा फरक नदेख्नेहरु,
अझै सिकाउदैछन्, जीवन आदर्शहरु

सकेको छैन पछ्याउन, म भन्दा समाज
दुई कदम अगाडि चल्दै छ, म ढिला भए
होइन मेरा ¨स्क्रियु ढिला¨भए रे
आँफै अचम्ममा पर्छु,
आधुनिक पन्डित्याइ सँग,

हातमा लिएको चुरोट्को खिल्ली देखी लिएर
हफ्तामा फरक फरक ¨डेटिङ्¨ होस् या
आधुनिकिकरण सँगै आएको ¨कन्बेर्स¨
भाई भाईको चुम्मा चाटी
दिदी बहिनिको ¨माया¨
सबै सँग चल्न जानिन रे म,
यसमा मेरो के दोश छ ?

मेरो दिमागमा यसरी भरिएको छ,
कि मलाई यो आधुनिकता सँग रमाउनु नै छैन
मलाई चाहिएकै छैन,
यो उत्तर त दक्षिण प्रतिबादी सिद्दान्त,

त्यसैले म परिस्क्रित, मैले सोचेको जस्तो
एक सहजीकरणको जीवन सिद्दान्तको खोजिमा छु
¨द आर्ट अफ लिभिङ¨ भनेर डलरको खोजिमा होइन,
न ८० औ सताब्दिको ¨लिभ होम्¨ हिपिहरु नै

तर म अलिकती पाउछु,परिवर्तन, म भित्र पनि
¨बिच्¨ मा दारी पलाएका भाई सँग,
उस्को जिब्रो को स्वाद नलिए पनि
¨रेड लाइट्¨एरियामा घरकी लाई छाडेर
जब स्वछन्द रुपमा घुम्छु,
¨हेप्पी फ्राइ डे¨,मा
नजानिने संगीत र नबुझिने गीतमा झुम्छु,

यी सबै म गर्छु जानेर कि नजानेर
थाहा छैन तर डराउदै,
या यहाँ मैले भन्नै पर्छ
¨टु बी सोसियल¨

हो त्यसैले, हो त्यसैले
फ्रान्क्ली मैले भन्नै पर्छ कि
म खोजिमा छु,
निर्धक्क जीवन जिउने परीपाटीको
¨कन्क्लुजन¨(निचोड) आखिर एउटै छ
आधुनिक जिवन पद्दती
जहाँ तपाइ अट्नु हुनेछ
म अट्नेछु, इन फ्याक्ट
हामी सबै अट्नेछौ,

जय आधुनिकता !!

आशु,,,

आशु,,,,
.....................

तिम्रो गुमसुम, तिम्रा मौनता बोलेका छन्
ओठका धर्साहरु होइनन्
तप् तप तप्किएका आशु बोलेका छन्
मेरा आँखाले होइनन्,
मेरो मनले सुनेको छ,

बग्न देउ आज ति आशु
तिमीले बताइराख्नु पर्दैन
कि तिमी जलेकी छ्यौ।
सजिब बिम्ब हुन् आशु
मनका प्रतिबिम्ब हुन् आशु
जब छचल्किन्छन्,
पारदर्शी नुनेला पानी,परेली भरी
लाग्छ गहिराइमा,अनन्त पिडा छ
पिडा आफन्तका मात्र होइनन्
तिरस्कार,घात अनी प्रतिघातका,

थाहा छ तिमीलाई,
कि आशु एक भाषा हो?
जहाँ नबोली धेरै बुझिन्छ
हुन त म आशुको ज्ञाता होइन
तर पनि,
तिम्रो मेरो अतित
सँगैको लामो सामिप्यताले
यती सम्म बुझ्न सकेको छु कि,
कि तिम्रो रुवाइका आशुले
के बताउन खोज्दैछन्?

निर्दोश आशु ,
आशु भन्दा निर्दोश तिमी,
तर म पाकेको छु, भित्र भित्रै
साच्चै जलाएको छ त्यो आशुले
म र मेरो म´पाइत्वलाई
तै पनि अनुरोध गर्न सकेको छैन
कि नरोउ,आशु नझार भनेर

किन कि मेरो कुनै अधिकार छैन
त्यो अधिकार त,!?
भो म आज त्यो अतित कोट्याउन चाहन्न
झनै कोक्याउने अतित,

आज तिम्रो गालमा बगेको मोती
न म टिप्न सक्छु न पुछ्न नै
तर अन्जुली थाप्न त सक्छु नि
त्यसैले, आकाश हेरेर नरोउ
मेरा आँखा हेरेर रोउ,
म तिम्रो परेलिमा डुब्न चाहन्छु
आशु थाप्न चाहन्छु
सायद,तिमिले पनि देख्नेछौ
कि मेरो छाती कती जलेको छ,
मन कती भकानिएको छ,
बहानै बहानामा,
आउ एक अर्कालाई हेरौ
अघाउन्जेल,धित मरुन्जेल

म कती लालायित छु लोभी छु
तिम्रो निलो नयनको सागरमा हराउन
हालाकी आज, छचल्किएको छ सागर
ज्वार भाटा सँगै,
मन्जुर छ मलाई अहिले,
यदी आशुको सुनामी बिस्फोट भएपनि
म कम्प सहितको छालहरुमा
हराउन चाहन्छु।

त्यसैले,बगाउ आज
भित्रको तिक्तता निकाल
रिक्त बनाउ त्यो गहिराइ
अनी त्यहाँ भर ¨माया¨
माया यो संसारको
आफन्तको अनी यो सुन्दर
सृस्‍टिको,,

आशु सबै बगाएर आउ
गाला परेली पुछेर आउ
आउ प्रेम रोपौ मिलेर
मिलेर माया रोपौ ।।।

श्रीभक्त श्रीजन ¨आफन्त¨
रामपुर चितवन

गजल :कोपिला फेक्दैनौ


सोध्छौ´नी मलाई सधैं किन लेख्दैनौ
कबिता हुन् आशु, तिमीले देख्दैनौ

उर्दु जान्दिन, अङ्रेजी बुझ्दिन अझै
बग्छन् मोती तर तिमीले छेक्दैनौ

शब्द´कोशमा मेरा, शब्द सकिएछन्
सिकाउ भन्दा आङ्गन आफु टेक्दैनौ

फुलबारी मा छौ, गुलाब टिपी देउ
माग्छु म फुल तिमी कोपिला फेक्दैनौ

एकोहोरो मायामा रुदा, थाकिसके
रात दिन भिजेका परेली सेक्दैनौ? 

गजल : मर्न जरुरी भो


 मरेर बाच्नु भन्दा त, मर्न जरुरी भो 
तिम्रै सामु आत्महत्या गर्न जरुरी भो 

नहेर त्यो हेराइ सास रुके जस्तो छ
 आँखाको माहा´सागर तर्न जरुरी भो 

ख्याल हैन नमुस्कुराउ त्यसरी अब
 घुमी निधारमा फेरी झर्न जरुरी भो 

कस्तो कौतुहल केछ ती नयन भित्र
बैशालु बिषालु झिल पर्न जरुरी भो

ओठ होइनन् तिम्रा धारिला तीरहरुती
 तिरका प्रहारमा मर्न जरुरी भो      




गजल- सोचेनौ है एक पटक?

कसरी भुल्न सक्यौ हरे सम्बन्ध हाम्रो अपार थियो
आज यो तिम्रो केबल हिजो छुट्टै हाम्रो संसार थियो

टुट्यो हावाको झोकाले भन्यौ निहु त तिम्रो त्यही थियो
लाग्दथ्यो हाम्रो जिउने, मर्ने, त्यही एक आधार थियो

डुल्दा रिम झिम साउनमा सधैं खेल्दै जुनेली रातमा
हातमा हात हुन्थे सोच्थ्यौ हर मौसम बाहार थियो

पाउदैनौ माया तिमीले जालिम दुनियाँ तिमी जस्तै
सोचेनौ है एक पटक? तिमी बिना अन्धकार थियो

किन भाग्यौ तर्किएर भन, हैन भने दोश देखाउ  
जुन ठाउमा त्याग्यौ मलाई गहिरो मझधार थियो

गजल मन्दिर धोका हुन्छन्



महिला तर्फ चोर औला पुरुष चोखा हुन्छन्
समाजको इज्जत भन्दै पुरुष भोका हुन्छन्

देहआग बराबरी रे निभ्नुपर्ने पुरुष भन्छन्
त्यही आगमा कुनाबसी महिला रोका हुन्छन्

घाट घाटको पानी चाख्ने पुरुष ठुलो मान्छे
सिता जस्ती पत्नीलाई दुधले धोका हुन्छन्

कहिले सम्म बस्छौ नारी ओढेर उही बर्को
नाना थरी उपनामका धेरै पोका हुन्छन्

किन पुज्छौ दुर्गा काली छाड्देउ,उग्रचन्डी
होइन भने धर्म हाम्रो मन्दिर धोका हुन्छन्

धोका - धोईएका
धोका - घात

Thursday, April 24, 2014

शुभकामना हजुरलाई ! (उर्दु सायरिहरु बाट प्रभावित)

                                         शुभकामना 



मेरो शुभकामना सधैं खुशी हजुर लाई  
नपरोस कहिल्यै हुन दुखी हजुर लाई  

सागर जस्तै गहिरो  हजुरको छ भावना 
मोतिको भन्डार छ नदिउकी हजुर लाई 

चाहेको पुगोस आटेको पनि पुगोस सदा 
भगवान सँग यस्तै कामना हजुर लाई

उपहार अरु छैनन् सिवाय यिनै शब्दहरु
चाहिएन मलाई, भगवान पनि हजुर लाई

भाग्यमा उज्यालोको एक किरण नभएर के भो 
चम्कने घाम जुन तारा सब हजुर लाई 

गजल बौलाउछु (sad)


साँझको त्यो क्षितिज हेरी जब म टोलाउछु
लाग्छ कोही त आउँदैछ उही म बोलाउछु

भ्रमित छाया´नी सरी पर पर जान्छ जब
क्षण भरको  खुशी बिर्सी फेरी म बौलाउछु

एेना हेर्दा रिषउठ्छ सिङ्गारिने मनै छैन
अस्थिर मन चङ्गासरी,कता! म डुलाउछु

जुन पनि रुन्छ अरे सित सँगै बिहानीमा
यस्तै गीत गुन गुनाइ होश, म भुलाउछु

रातपापी नआओस कहिल्यै सपना अब देख्नु छैन
टुक्रिएका तिनै सपना शिशा झै म धुलाउछु

(धुलाउछु=धुल्याउनु/छु)  

गजल गजल फुर्दैछ


कस्तो साइतमा निस्केछु तिम्रो दर्शन जुर्दैछ
लाग्छ तिम्रो नाममा आज यो गजल फुर्दैछ

बषन्त बहार सँगै बगान भए ढकमक्क हेर
मायालु भोटमा सायद, मुनाले मदन कुर्दैछ

रोमान्चित हुँदैछु गीत गाउ गाउ कि नाचौ भन
जसरी आङनिमा, परेवी सँग, परेवा घुर्दैछ

सोचेको थिइन भेट हाम्रो यसरी नै हुन्छ भनी
जसरी निराश अतित हाम्रा, बर्तमान पुर्दैछ

कहाँ कहाँ खोजे मैले कसकस्लाई सोधे सुन्छ्यौ?
हिजो सम्म नचलेको घडी त अहिले द´गुर्दैछ   

गीत (sad)

गीत
...............................
बर सँग पिपल छुट्यो छाया सँग साथ
धन सँग आफन्त छुटे माया सँग रात ...
गित सँग संगीत छुट्यो धुन सँग राग
जुन सँग जुनेली छुटे सुन सँग आग
आँखा सँग गाजल छुट्यो ओठ सँग लाली
केश सँग रिबन छुटे, कान सँग बाली
थोपा सँग सागर छुट्यो धुल सँग मोती
पात सँग कोपिला छुटे फुल सँग ज्योति
तारा सँग आकाश छुट्यो बर्षा सँग मेघ
घाम सँग बादल छुटे , हावा सँग बेग
(डायरी को पन्नाबाट )









गजल:चलन यस्तै छ है

गजल  चलन यस्तै छ है 

धुवा बारुद नेपाल बन्द, चलन यस्तै छ है
हिजो भन्दा बिकाश मन्द चलन यस्तै छ है

प्रजातन्त्र , लोकतन्त्र कोयलीले गीत गायो
सब्लाई प्यारो घुसको गन्ध चलन यस्तै छ है

रातारात पार्टी एकजुट भोलीपल्टै फुट्छन पनि
देशै भरी लुटको चन्दा , चलन यस्तै छ है

भ्रष्टचारीको पूजा हुन्छ हत्यारालाई टिकेट पनि
उही ठुलो देशको बन्दा, चलन यस्तै छ है

दल जती सिन्डिकेटमा, जनता सडक तिर
राजनिती मा भित्री धन्दा चलन यस्तै छ है

बन्दा (नागरिक)

गजल : कोही भन्छन्



कोही भन्छन् पत्थर सँग मुटु साट्नु पर्छ
कोही भन्छन् पहाड सँग चोट बाट्नु पर्छ

बल्ल पास हुन्छन् अरे पिरतिको परिक्षमा
कोही भन्छन् आकाश सँग कुरा काट्नु पर्छ

मुना मदन लैला मज्नु पढेर मात्र होइन
कोही भन्छन् बादल सँग मन फाट्नु पर्छ

सबै कहाँ सफल हुन्छन् प्रेमको लडाईंमा
कोही भन्छन् मैदान सँग युद्द आट्नु पर्छ

धनदौलतका पूजारिहरु मायालुको शहरमा
कोही भन्छन् मायालु सँग गफ छाट्नु पर्छ
 



गजल :हरे राम

गजल 

हरे हरे राम राम , ठुला जोगी धेरै भए
कस्तो हेर साम दाम नाम भोगी धेरै भए

काम काज केहो कुन्नी कुरा धेरै गर्ने भए
जम्मा भए ठुला घरा माम भोगी धेरै भए

साधु पनि चोर भए, चोर पनि साधु यहाँ
औठा छापे अती ब्यस्त काम भोगी धेरै भए

साँढे गोरु अघी लाग्छ बाँकी गोरु ताली ठोक्ने
लेख्ने भन्दा च्यात्ने धेरै खाम भोगी धेरै भए

लुट्ने फुट्ने फेरी जुट्ने निती यीन्का जानी राखौ
पछी पछी छुरा बोक्ने , राम भोगी धेरै भए

Wednesday, April 23, 2014

दिवसको शुभकामना !!

रास्ट्रिय लोकतन्त्र दिवसको शुभकामना !!

कहिले बहुदलका कुरा कहिले प्रजान्तन्रका कुरा  
फ्याकी राजतन्त्र सबको प्यारो लोकतन्त्रका कुरा 
अनुभुती छिटा सम्म पनि गर्नपाए कस्तो हुन्थ्यो 
संबिधान बनी संघियता अनी जनगणतन्त्रका कुरा

कता गए समाजबादी बहुदलिय जनबादिहरु आज
भाषणमा सिमित किन महिला स्वतन्त्रताका कुरा 
परिवर्तनका हिमायतीहरुको बन्दुक अझै सिरानी मै
भ्रस्टचारिलाई फुलकोमाला कस्तो लोकतन्त्रक कुरा

महङ्गीले शिखर चुम्यो हामी युवा पलायन सधैं
एउटा राजा पाखा लगाइ श्रीपेच भिरतन्त्रका कुरा  
गास,बास,कपासको मेसोमिलाई न्याय देउ हाम्लाई
तबमात्र नया नेपाल भने जस्तो लोकतन्त्रका कुरा         
 
    जय नेपाल जय लोकतन्त्र    

गजल : भन्दाभन्दै

गजल

समयकै दास भए अन्तै भाग्छु भन्दाभन्दै
नयनकै खास भए अन्तै लाग्छु भन्दाभन्दै

दैलो ठेलमा ठेस लाग्यो, साइत गर्दै थिए
गोधुलिकै बास भए अन्तै जाग्छु भन्दाभन्दै

आफु सँगै छाया भाग्छ छोडु भने कता छोडु
आङ्गनीको रास भए अन्तै माग्छु भन्दाभन्दै

भारी जीवन भारी संसार,कती बोकी हिंड्नु
पुलेसोकै पास भए अन्तै नाग्छु भन्दाभन्दै

कोही छ कि पारी तार्ने, दुनियाँ माहासागर
दोबाटोकै लास भए अन्तै बाच्छु भन्दाभन्दै

गजल


गजल 


समयको मारले म त चुकें हजुर 
नखेलेको हारले म त झुकें हजुर 

तापी राख्या आगो निभेपछी गर्नु के 
छानोतानी घारले म त फुकें हजुर 

साहुहरु मै´लाई देखे पछी सोध्छन 
ज्यानै जाने मारले म त लुकें हजुर 

भिकारीको बस्तिमा आफु परें उस्तै
भोको पेट खारले म त सुकें हजुर

Tuesday, April 22, 2014

गजल

गजल

छाडेर सुरा प्यालाको नशा गजलको पिउदैछु
मारेर छुरा भालाको, नशा गजलको पिउदैछु

केही पाइन मन्दिरमा,खरानी धसी रातदिन
त्यागेर लुरा मालाको, नशा गजलको पिउदैछु

मोह मदिराको छाडेर मेहफिलको नै खोजिमा
छलेर चुरा बालाको, नशा गजलको पिउदैछु

बूँद बूँदमा लठ्याउने गजब भाब गजलमा
फोरेर पुरा तालाको, नशा गजलको पिउदैछु

मर्नपरे मरी दिन्छु बरु जिउनुको मज्जा छुट्टै
छाडेर सुरा प्यालाको नशा गजलको पिउदैछु

गजल

गजल

नेपाल एउटा नेपाली एउटै किन धेरै बादहरु  
अखन्डताको नारा एउटै किन धेरै अपबादहरु

अनुहारहरु एउटै यहाँ नारा जुलुश भिन्न भिन्न
बन्द सत्र सहमती एउटै, किन धेरै सम्बादहरु

झन्डाको रुप रङ्ग एउटै नजानिदो सिद्दान्त बेग्लै
बोलाउने नाम एउटै, किन धेरै बाद´बिबादहरु

युद्द क्रान्ति परिवर्तन,छलाङ्ग भाषा अनेक अनेक
प्राप्ती भने छैनन् एउटै किन धेरै जिन्दा´बादहरु

आधुनिकताका खोल ओढी अधिनायकहरु बिरोधमा
उदेश्य लेख्ने कानुन एउटै किन धेरै मुर्दा´बादहरु  

Monday, April 21, 2014

गजल : उदास

गजल उदास

कहाँ लुक्छन् रङ्गहरु,जब मन उदास हुन्छ
खोज्छु फुलका पत्रहरु,जब मन उदास हुन्छ

ऋतुहरु निस्ठुर हुन्छन सधैं सधैं फक्रे हुन्थ्यो
बषन्त रोज्ने आँखाहरु,जब मन उदास हुन्छ

कता भाग्छन् हरियाली शरदका छोटा दिनमा
माया खोज्ने रहरहरु, जब मन उदास हुन्छ

कस्तो बिरक्ती आज कोयलीले गाउन छाड्यो
सुन्य सुन्य शहरहरु, जब मन उदास हुन्छ

उराठ लाग्ने बनपाखा मुग्लानीको साथ सम्झी
नआए हुन्थ्यो यादहरु, जब मन उदास हुन्छ 

आफन्तका केही मुक्तकहरु:

न आउ नजिक फेरी बदनामी भएं आज 
पिएछु मजाले फेरी,बेइमानी भएं आज 

न बन कुरौटे भोली,उसले त पिए छ नि 
बेहोशी बनायौ फेरी, बदमासी भएं आज 

बोलौंला नमिठो यहाँ नदुखाउ चित्त तिमी 
तिम्रो नै नशाले फेरी, बेशरमी भएं आज 

लर्खरिय म, पाइला तिम्रै तिर आउँदैछन् 
बुझिनौ आशय फेरी, उत्ताउलो भए आज 

नदेउ मलाई दोश यो प्रितको मात यस्तै 
लाउन्न भनेथें फेरी, बेबकुफ भएं आज

Sunday, April 20, 2014

गजल/गीत

गजल

लेख्छौ कलमले ब्यर्थ, नाम सागर बालुवामा
देख्छौ लहरले खेद्छ,  नाम सागर बालुवामा

छाड्देउ सजाउन दुनियाँ,  महलहरु बगरका
भेट्छौ सुनामिले मेट्छ नाम सागर बालुवामा

फुल मरभुमीमा होस् या धुल नदीकिनारहरुका
भोग्छौ समयले रेट्छ, नाम सागर बालुवामा

सतह कि गहिराहीमा कि त मझधार हरुमा
खोज्छौ तर कहाँ भेट्छ नाम सागर बालुवामा

केहीपलको निम्ती किन कोर्छौ नाम बालुवामा
भेट्छौ सुनामिले मेट्छ नाम सागर बालुवामा

बैशाख ७,२०७१ आइतबार
श्रीभक्त पौडेल
चितवन रामपुर,
हाल स्पेन



कबिता : कोठे कबी

कबिता
कोठे कबी

¨अनुहार किताबको¨ भित्तामा
पिडा पोख्छ, रुन्छ, हास्छ एक्लै एक्लै,
नितान्त बन्द कोठा भित्र,मुग्लानी उ,
स्वतन्त्रताको अभिनय गर्छ
शब्दहरुमा,,,
कथित समाजमा परिवर्तनका झिल्काहरु
दासत्व बिरुद्द आवाजहरु बुलन्द पार्न खोज्दै
कम्मर होइन मुट्ठी कस्दै छ
कोठे कबी अक्षरहरुमा,
कसैको बेवास्तालाई बेवास्ता गर्दै
लागि परेको छ,
जब टायर बालिन्छ कायरहरुको देशमा,
अनी सल्बलाउछन उस्का औलाहरु
कहिले रक्तिम भएर उदाउछ
कहिले गुलाब भएर फक्रन्छ
कोठे कबी,
हालाकी उ एक्लो छैन
तर पनि उ एक्लो छ
स्थापित असत को जरो खोताल्न
के थाहा, कालान्तरमा उ कतै बिलाउने पो हो कि
विश्वस्त छ उ,
उ बिलाए पनि बिलाउने छैनन्
उस्का हरफहरु,ह्र्स्वदिर्घका अनुच्छेदहरु।
उ,
यथार्थताका बिम्बहरु खोज्छ
बिद्रोहका नाराहरु खोज्छ
त्यती मात्र होइन उ,
आफन्ती सँग पैठेजोरी खेल्छ
आफ्नै अस्तित्व र अधिकारको लागि
कोही उसलाई पागल सम्झन्छन्
कोही भाबुक त कोही के,
तर,
उ निरन्तर आँफैमा
घोत्लिरहन्छ, जुझिरहन्छ

कतै अबमुल्यन हुन्छन्
उसका भावनाहरु
नाम चलेकाहरु माझ
कतै प्रतिकृया र अन्तरकृयामा
हुँदैनन् उसका कबिताहरु
काममा जलेकाहरु माझ ।

कहिले मायामा घात कहिले प्रतिघातका
धुनहरु बज्छन उसका गीतहरुमा
यस्तो लाग्छ , हो न हो उ नै
¨मुना मदन¨ र ¨पिग्मालिओन्¨का
पात्र हो,

यस्तै छ दिन चर्या
कोठे कबी र उसका माहोलहरु
.....................................

७ बैशाख,२०७१
आईतवार, स्पेन   

Saturday, April 19, 2014

कबिता:श्यामश्वेत तस्विर


श्यामश्वेत तस्विर जस्तै लाग्छ जीवन हिजोआज,
जीवनका बहुरुप देखाउने रंगहरु फूङ्ग उँडेको ।

किन होला,हिजोआज जीवन
श्यामश्वेत तस्बिर जस्तै लाग्छ
पुरानो,रङहरु केही उडेको जस्तै
कोर्दा कोर्दै क्यानभासमा छोडेको
एक अभिसप्त घरको बैठक कोठामा,
बेढंग कोठामा,दशकौ धुलो नझारेको जस्तो
यो बषन्तमा पनि मुस्कुराउदै फुल्न नसकेको
खै कुन फुल भनु,,त्यस्तै लाग्छ

रहर मरेका छैनन्,सपना सरेका छैनन्
तर पनि जिन्दगीका हिसाबहरुमा
कही कतै समिकरण बाझिए जस्तो
हुन त रङहरु पनि बेइमानी हुन्
बहुरुप देखाउछन् जिन्दगी कै
कतै सुहाएका रङहरु कतै बेढंग लाग्छन्
मन नरमाउदा, तिनै बेरङ लाग्छन्
हो आज म आफ्नै जीवन
श्यामश्वेत आफ्नै तस्बिर सँग दाज्दै छु
जीवनका बहुरुप देखाउने रङहरु सँग दाज्दै छु
फुङ्ग रङ्ग उडेका रङ्गिन तस्बिरहरु सँग दाज्दै छु

हुन त सोचेको पनि छैन
भोगेको पनि छैन तै पनि
बेमतलब झरेका सुकेका पातहरु जस्तै
बतासीएका छन् जीवनका पलहरु,,
त्यसैले,, म रङहरुको खोजिमा छु
जीवनका बेजोड रङ्गहरु
ईन्द्र धनुषको रङ्ग टिप्न मनलाग्छ
निलो आकाश र उज्यालो चन्द्रमाको रङ्ग
आफ्नो जीवनमा सजाउन मन लाग्छ
कुनै सायर कबिले भने जस्तो
बषन्त बहार अनी रिमझिम बर्षाका रङ्गहरु

अनी अझै सिङार्न मन छ मलाई
मेरो जीवन जस्तै बेरङ्ग लागेको
यो संसार अनी दुनियाँ
सायद यही बेरङ्ग संसारले नै
आफु जस्तै बनाउदै छ
म मलाई र मेरो जीवनलाई

श्यामश्वेत तस्विर जस्तै लाग्छ जीवन हिजोआज,
जीवनका बहुरुप देखाउने रंगहरु फूङ्ग उँडेको ।








गजल ( गित)

गजल ( गित)

एउटै छहारी मुनी जुनी बित्छ हाम्रो भन्थ्यौ
दुइको प्रेमले नै संसार जित्छ हाम्रो भन्थ्यौ

सोध्दैछु आज यती टाढा म बाट तिमी किन
पवित्र बन्धन यहाँ बोली बिक्छ हाम्रो भन्थ्यौ

आउथे तिम्रो छेउ, भुरु भुरु उड्न पाए म त
दुनियाँ यही प्रितको पाठ सिक्छ हाम्रो भन्थ्यौ

धन्न यादहरु छन् साथी एक्लै रुन्छु हास्छु
समयले समयको काडा झिक्छ हाम्रो भन्थ्यौ

एकपल काट्न मलाई लाग्छ सार्है भारी आज
चिन्ता नगर प्यारले जित्छ जित्छ हाम्रो भन्थ्यौ

(खै कहिले के जित्ने हो ?)

६ बैशाख २०७१  
शनिबार
स्पेन

Thursday, April 17, 2014

गजल


संसार हेर्ने आँखा मेरो, फरक पर्‍यो भन्छन
संसार बुझ्ने भाका मेरो फरक पर्‍यो भन्छन

आँखा खोली हेरेकै हो, बत्ती बाली पढेकै हो
दुनियाँ बन पाखा मेरो, फरक पर्‍यो भन्छन

म पछी पर्या हुँ कि दुनियाँ अघी दौड्या होला
जगत कोर्ने खाका मेरो, फरक पर्‍यो भन्छन

घाम उही चन्द्र उही समय कहाँपुग्यो भन्नेहरु
जीवन चौकी नाका मेरो, फरक पर्‍यो भन्छन

लौन कोही बुझाई देउ संसार केहो भन्ने मलाई
जिन्दगी चल्ने साखा मेरो फरक पर्‍यो भन्छन

साखा:सन्तती/इज्जत
खाका: योजना



Wednesday, April 16, 2014

गजल



गजल

नजिक होइन तिम्रो आँखामा थिए
तिमीले गाउने गीत भाकामा थिए

तिमीले वास्तै नगरेर पो त काली
दाउरा स्याउला, बन पाखामा थिए

कती चाडै बिर्सेंकी मोरी तिम्ले पनि
जिस्काउदै खेली तिम्रै काखामा थिए

खाली दोस मात्रै खोजीहेर्ने होइन क्यार
लगाएकी उही, चोली ढाकामा थिए

न टाढा न म परिवर्तित भए ¨कालु¨
बुझिनौ? सधैं झै तिम्रो हाकामा थिए

बैशाख ३,बुधवार २०७१
सान सेबस्टिअन
स्पेन




कबिता - मुर्कुट्टाहरुको बस्तिमा

मुर्कुट्टाहरुको बस्तिमा 

मुर्दाहरुको नाम लिइदै छ
मुर्कुट्टाहरुको बस्तिमा
जिउदाहरुको नाम मेटिदै छ
जिउदा लासहरुको बस्तिमा

कस्तो बिडम्बना हो यो,
हेर्नुस् आफ्नै लासको
बार्गेनिङ गर्दैछन घाटे पूजारीहरु
झुसिल किराहरुको बस्तिमा।
जसले जसको पुत्ला जलाए
लम्पसार छन्, सालीक अघी  
उनै/तिनै चिहानहरुको बस्तिमा।

नसुहाउने रहेछ स्यालहरु रोएको त (२)
सम्साझै ठाडो मुन्टोगरी
चल्लाहरुको बस्तिमा,
किन यती सार्है बिच्किन्छन
जिउदा भनाउनेहरु,
यस्तो लाग्छ सामुन्नेमा
आफ्नो अन्तेस्टी हुँदैछ
गुरिल्लाहरुको बस्तिमा।

लासमा परिवर्तन देख्नेहरु
रगतमा क्रान्ति देख्नेहरु
आज आँफै नराम्ररी झस्किएका छन्
कतै आफ्नै हबिगत देखे जस्तै
आफ्नै जस्ताहरुको बस्तिमा।

निकुन्जमा फैलिएको आगो जस्तै
फैलिदै छ आगो
उनिहरुको बस्तिमा
जो अर्काको घर फुकी आगो ताप्ने गर्थे,
आज तिनै पिशाचहरु
काँचो बायु बनेर तर्साउदै छन्
लखेट्दै  बस्ती बस्तिमा।

अघोसित द्वन्द्दमा होमिएका छन मुर्कुट्टाहरु
उनिहरुकै मितेरी बस्तिमा
साच्चै नचिनिने रहेछन,
जब मुर्कुट्टाहरु नाङ्गिएर नाच्छन
जिउदाहरुको बस्तिमा।

साबधान!
मुर्दाहरुको नाम लिइदै छ
मुर्कुट्टाहरुको बस्तिमा
जिउदाहरुको नाम मेटिदै छ
जिउदा लासहरुको बस्तिमा
:__________:_::_:__::__:::_:_::


२०७१/०१/०३ ,  बुधवार
१६ अप्रिल २०१४
११:१५ बिहान
स्पेन









Tuesday, April 15, 2014

गजल

गजल

निद परेन आँखामा रातले छाड्दैछ
बिष मरेन आँखामा मातले छाड्दैछ

कती रात बित्ने होलान् यसरी अझै
सित झरेन पातमा रातले छाड्दैछ

जुनकिरी नि जुनै लाग्छन अन्धेरिमा
प्रित बुझेन घातमा रातले छाड्दैछ

मधुमास न बषन्त,परेली जलेपछी
लोरी बजेन साथमा रातले छाड्दैछ

थुम्थुम्याउने मुग्लानी भए त्यसैले
पानी मरेन आँखामा रातले छाड्दैछ

निद परेन आँखामा रातले छाड्दैछ
बिष मरेन आँखामा मातले छाड्दैछ

१६ अप्रिल २०१४
बिहान १२:२५
बुधवार

  

केही भावनाहरु

डर (केही भावनाहरु)...

म धेरै रुन डराउछु, म हास्न डराउछु
त्यसैले आजकाल प्रित गास्न डराउछु
पल पल रातमा ब्युझी रहने डरले म
एेना बताउछ कि म,निदाइन डराउछु।।

आउ अङाल मलाई थाम मेरा हातहरु
बषन्त बहारमा मेहन्दी लगाउन डराउछु
मेरो लाजलाई कमजोरी ठान्नेहरुको भिड
जहाँ घुम्टो उघारीकन,लजाउन डराउछु।।

म धेरै बोल्न डराउछु,कुरो सुन्न डराउछु
त्यसैले हिजोआज गुन गुनाउन डराउछु
दिनदहाड झ्यालढोका लगाउनु पर्ने शहरमा
दिल खोलेर हास्न मात्र हैन रुन डराउछु।।



कबिता

युद्दको धङ्धङी, त्रास र यो मन 

आज अखबारका पन्नाहरुमा
यी आँखा टिक्न सकेनन्
एक्कासी अध्यारो मडारियो सामुन्ने 
भबितब्य त्रास, केही असहज लाग्न थाल्यो 
नयाँ बर्षको पुल्कित मनलाई 
दरो झापड हाने जस्तो लाग्यो। 
बढे बढे अक्षरमा 
कतै अलिकती भएको कानुनको 
उपहास थियो भने कतै 
हुँदै नभएको नजिरका हरफहरु थिए। 
एस्तो लाग्छ, बिषाल महलहरु 
गिर्दैनन् / गिराइदै छन्  
शिलन्यास भन्दा पहिले नै,
भर्खर भर्खर ताते ताते 
हिंड्न खोजेको बालकको पाइतालामा 
नेलहरु ठोकिदै छन्। 

भर्खर त लामो युद्द पछी 
केही मत्थर हुँदै थियो यो मन 
तर आजका अखबारहरुले 
फेरी यो मनलाई चस्काउदै छ 
कतै हिजोको जस्तै 
आफ्नै छाया सँग त डराउनु पर्ने होइन?
घोसित अघोसित युद्द बिरामहरु 
घोसित अघोसित सरकारहरु 
यस्तै यस्तै सोचमा 
पेन्डुलम हुँदैछ आज मन। 

¨युद्दको लागि युद्दको आवहान¨ 
खै कस्तो हो शिर्षक पनि 
खै किन यती धेरै उत्ताउला भएका हुन 
मान्छेहरु,,रगत बारुद धुवा लास सँग 
खेल्न रमाउन, 
ससन्कित छन सबका अनुहारहरु 
विश्वाश र भरोषा टुटेका छन्। 

एक मन त लाग्छ 
जलाई दिउ सब अखबारहरु
कामना गर्छु 
झुट होउन सबै समाचारहरु 
यी त केबक अफबाह हुन। 

किन कि यो मन चाहदैन 
होइन सिङो नेपाली मन चाहदैन 
युद्द,धुवा,हतियारहरु 

आज अखबारका पन्नाहरुमा
यी आँखा टिक्न सकेनन्

Monday, April 14, 2014

गजल कतै नयाँ बर्ष

गजल कतै नयाँ बर्ष

हिजो कतै रङमा, रङ्गिएछ नयाँ बर्ष
रात कतै दङ्गमा दङगिएछ नयाँ बर्ष

भोज भतेर सबै मातेर नै मनाइएछन्
कही कतै उदाङ्गमा बल्झिएछ नयाँ बर्ष

कती शिशिहरु रित्तिए कती फुटे पनि
भता कतै भुतुङ्गमा बल्किएछ नयाँ बर्ष

पूर्वबाट पश्चिम छिर्दै थिए नयाँ किरणहरु
उतै कतै बेढङ्गमा अल्झिएछ नयाँ बर्ष

लागोस सबैलाई सबैले दिएको आशिक पनि
साच्चै कतै उमङ्गमा सकिएछ नयाँ बर्ष


Saturday, April 12, 2014

रमाइला शेर/मुक्तक

रमाइला शेर मुक्तक

कर नगर साथी पिउन मैले धेरै पिइसके
कर नगर साथी जिउन मैले धेरै जिइसके

नसोध कती पिए मैले मधुशाला रित्ताइसके
कर नगर साथी पिउन, मैले धेरै पिइसके

नसोध कती जिए मैले एक युगको कुरा हैन
कर नगर साथी जिउन मैले धेरै जिइसके

जवानी नै मैले लुटाइसके बाँकी अब केहीछैन
कर नगर साथी जिउन मैले धेरै जिइसके

हर चुस्की मजालिए कहिलेकही त बेहोशिमा
कर नगर साथी पिउन, मैले धेरै पिइसके

जिउनु नै पिउनु सम्झे पिउनु नै जिउन पनि
कर नगर जिउन पिउन मैले धेरै जिपीइसके 

गजल

गजल

हिजो भन्दा आज फरक भए हुन्थ्यो नयाँबर्ष
आज भन्दा भोली फरक भए हुन्थ्यो नयाँबर्ष

फुल मात्र होइन परिवर्तनका घोच्ने काडा पनि
क्रान्ति भन्दा अलि फरक भए हुन्थ्यो नयाँबर्ष

आउँदा हङ्कङ बाट सुन भन्दा भोटबाट नुन बरु
काम भन्दा बोली फरक, भए हुन्थ्यो नयाँबर्ष

न्याय पाउन जनताले कानुन बनोस छिट्टै भनी
नाल भन्दा गोली फरक, भए हुन्थ्यो नयाँबर्ष

आज धेरै आशा धेरै विश्वाष नयाँबर्ष एकहतरको
आज भन्दा भोली फरक, भए हुन्थ्यो नयाँबर्ष

तीन मुक्तक

आफन्तका तीन  मुक्तक

दिलको धड्कन सुन्थ्यौ होला नजिक भएको भए
सँगै सँगै गुनगुनाउथ्यौ होला नजिक भएको भए।
जुनेली रातमा हात समाउदै बगान घुमेको अतित
त्यही कबिता सुनाउथ्यौ होला नजिक भएको भए।।

नजिक नै छु म तिम्रो दिलको पर्दा उघारी खोज
समिप मै छु म तिम्रो मनको पर्दा उघारी खोज।
गीत गाएकै छु कबिता सुनाएकै छु केबल तिम्रो
प्रितको अर्को नाम पर्खाइ होला पर्दा उघारी खोज।।

निर्दयीको बस्तिमा दया खोज्दैछु म
निर्मोहिको बस्तिमा माया रोज्दैछु म
सिसा हिरा/नचिनेर नै होला शायद
बिरहिको बस्तिमा साया खोज्दैछु म।। 

Friday, April 11, 2014

दुरीले झारेको आशु

दुरीले झारेको आशु
;;;;;;;;;;;;;;

मेरा पनि आशु झरे
मन भित्रै भित्र रोयो आज
तिम्रो मायाले नै हो सायद
तिम्रो आफ्नोपनले हो कि
रोए एक्लै धेरै बेर रोए
मोती भन्थ्यौ तिम्ले
आज पोखे गहभरी भरी
छाती छताछुल्ल हुने गरी पोखे,,

तर आज मैले एक चिज पाइन
आशुमा, सधैं झै तिम्रो याद
तिम्रो माया, अनी कोमल स्पर्श
न तिम्रो आफ्नोपन पाए
पाए त केबल, मेरो आफ्नै एकान्की पन
अधुरो अपुरो लाग्ने धर्साहरु...

खै किन हो कुन्नी
आजकल तिम्रो मायाले नै
पोल्न थालेको छ,डस्न थालेको छ
एकान्तमा, आजभोलि
आँफै जलेको भान हुन्छ
अबिश्वास र डगमगिएको सम्बन्धको ज्वालाले  
अधैर्य हुन्छु, निस्सासिन्छु
निर्बिकल्प सम्हालिन्छु केहीबेर
तर तर, श्यामस्वेत दिवा सपनाहरु
जिस्काउन आउछन मलाई
अतित बनेर,भाग्न खोज्छु बर्तमान बाट
उही अतित पछ्छाउदै
तर, कोशीस बेकार..

सोच्छु आँफैलाई सोध्छु आँफैलाई
कती कमजोर भएछु म,
होइन, होइन म कमजोर छैन
छ त केबल दुरी
हामी दुई बिचको भौतिक दुरी
जसले नजानिदो प्यारलाई दुखाएको छ
कहिल्यै न रोएको मनलाई रुवाएको छ,
पापी छ यो दुरी, पापी छ समय
तर पापी छैन माया
हो उही मेरो माया उही मेरो प्रित
मेरो साथी,जीवन, प्राण ....
के के हो के के उपमा छन मेरो
उन्लाई,,

तोड्दै छु त्यो दुरी आज
मोड्दै छु त्यो घुम्ती आज
समय भन्दा बलवान् हुँदै छु म,

अह म रुन्न अब झार्दिन
मेरा आशु,,
तर हिजो म रोए,बेसरी रोए ।।।।

१२:४५ बिहान
स्पेन



गजल जिन्दगीको


जिउदै  जाउ जिन्दगी आफ्नो, अर्थ नखोज
कुनै महामानबको परीभाषा, ब्यर्थ नखोज

जस्तो भोग्यो त्यस्तै नै हो जिन्दगानी हाम्रो
कर्मको फल बराबरी भन्छन, स्वार्थ नखोज

कर्कलाको पातको पानी,कुमालेको माटो जस्तै
नाच छमछम् रमाउ गीतमा, भावार्थ नखोज

सिउन जाने उध्रेकोले नि लाज ढाक्छ भन्छन
सफा सोचेर अघी बड्दै जाउ, अनर्थ नखोज

शब्दकोश मै छैन अर्थ तिम्रो हाम्रो जिन्दगीको
समय कै चालमा चल सदा, शब्दार्थ नखोज 

गजल जिन्दगीको

गजल जिन्दगीको

जिउदै जाउ जिन्दगी आफ्नो, अर्थ नखोज
कुनै महामानबको परीभाषा ,ब्यर्थ नखोज

जस्तो भोग्यो त्यस्तै नै हो जिन्दगानी हाम्रो
कर्मको फल बराबरी भन्छन स्वार्थ नखोज

कर्कलाको पातको पानी,कुमालेको माटो जस्तै
रमाउ नाच छमछमी गीतमा भावार्थ नखोज

सिउन जाने उध्रेकोले नि लाज ढाक्छ भन्छन
सकरात्मक सोची अघी बढ, अनर्थ नखोज

शब्दकोशमा शब्द छैन तिम्रो हाम्रो जिन्दगीको
जस्तो बुझ्छौ त्यस्तै पढ लेख, शब्दार्थ नखोज 

गजल

गजल

नरोक मलाई नशामा नै मर्न देउ
होशमा हैन बेहोशिमा नै मर्न देउ

फुलभन्दा प्यारा अतितका भुलहरु
त्यही भुलको चुलेशिमा नै मर्न देउ

घातआघात कती पचाइसक्यो यो मुटुले
स्वर्ग नर्कको तलाशिमा नै मर्न देउ

बाचेकाहरु को हालत हेर के देख्यौ
मज्जा मस्त मदहोशिमा नै मर्न देउ

आफन्तले नै ¨श्री¨लाई सिद्दाउछ भने
जिन्दगीको सानो कशिमा नै मर्न देउ




Thursday, April 10, 2014

गजल: रसिकहरु


गजल रसिकहरु

कता हराएछन रसिकहरु, भट्टिमा धाउन छाडे
बाटो बिराएछन रसिकहरु, भट्टिमा गाउन छाडे।।

मायामै रमाएछन् कि त की बेहोशिमा गए कतै
किन डराएछन रसिकहरु, भट्टिमा छाउन छाडे।।

कहिले गुन्द्रि कहिले सुकुल पारदर्शी जलै मिठो
मुटु चर्याएछन रसिकहरु, भट्टिमा पाउन छाडे।।  

माहोल बनाउथे मज्जाको मज्जामै बित्थ्यो साँझ पनि
हिजो कराएछन रसिकहरु, भट्टिमा आउन छाडे।।

कोही कतै कहिले काहि गल्ती त गरी हाल्छन
गल्ती दोराएछन रसिकहरु, भट्टिमा लाउन छाडे।।

लाउन:नशा लाग्नु,धोक्नु  
 

केही हाइकु !



नआए पनि
यादले रुवाउछ
निस्ठुरीको त!

दिएर आफ्नो
खौरिएर मसिनो
हुन्न भन्छन।

हातले दियो
पैतलाको हैरान
भन्दा सापटी।

धनको मुख
कालो देखेको हैन
आज था´पाए।

छन् त गेडी
सबै मेरी छैनन्
सबै त टेडी।

अर्काको धन
गन्दै नगन अरे
हो त रहेछ।

ताङ्का
रगत रातो
आकाश नी एउटै
फरक मान्छे 
बसुदेब कुटुम्ब...
प्रश्न,सिमाना किन?

गजल

फेरी आउदिन सपनामा तिमीलाई सताउन
फेरी छाउदिन बिपनामा तिमीलाई फकाउन

टाढा हुँदैछु है म तिम्रो आवाज सुन्न नसकुला
फेरी पाउदिन बगानमा तिमीलाई छकाउन

उकाली ओरालीमा तिम्रो छाया अह हुन्न अब
फेरी धाउदिन आङनमा तिमीलाई मनाउन

जस्को मुहार हेर्थ्यौ एकान्तमा तिमी हिजो
फेरी भ्याउदिन रोदनमा तिमीलाई हसाउन

बरु लेख्छु मेरा कथा ब्यथा गीत अनी गजलमा
फेरी गाउदिन दोभानमा तिमीलाई बताउन

फेरी आउदिन सपनामा तिमीलाई सताउन .....

१० अप्रिल २०१४,
बिहीवार, १९:०५ बेलुकी

गजल

गजल

यस्तो साथ चाहेको छु जसलाई आफ्नो बनाउन सकु
यस्तो हात चाहेको छु स्पर्शलाई आफ्नो बनाउन सकु

आवाज हैन नाकी बोली नै मेरो धड्कन बुझ्न सक्ने
यस्तो रात चाहेको छु, उसलाई आफ्नो बनाउन सकु

मेरा आशु सँगाली मेरै लागि गीत गजल कोर्ने कोही
यस्तो मात चाहेको छु नशालाई आफ्नो बनाउन सकु

नचाउने त ईशारा मा धेरै छन्, मायालुहरु यहाँ
यस्तो चाहत चाहे´ छु बसलाई आफ्नो बनाउन सकु

परेलीमा लुकाई मलाई नाकी पापी नजर नलागोस
यस्तो खास चाहेको छु कसलाई आफ्नो बनाउन सकु

१० अप्रिल,२०१४
बुधवार 

कबिता: बहश,धुवा र जिन्दगी


कबिता: बहश,धुवा र जिन्दगी

एक खिल्ली चुरोट सल्काउछु
आनन्द कुर्चिमा बसेर फुक्न थाल्छु
आगो नजिक नजिक आउछ
खिल्ली सकिदै जान्छ
धुवा निल्छु फेरी ओकल्छु
खै के लिदैछु मैले?
यो एक खिल्ली चुरोट बाट,

न धुवामा केही देख्छु म
न आगोमा केही पाउछु म?
अझ खरानी बेमतलब
एस्ट्रेमा झार्छु,
न खरानीमै केही हुन्छ,

यस्तै यस्तै सोच्दै थिए
झसँग हुन्छु
चुरोटको ठुटोले हातको औला पोल्छ।
अझ भ्रमित पार्छ त्यो पोलाइले,
कतै मैले चुरोट पिउन त जानिन
जसरी जीवन जिउन नजाने झै?

धत् म पनि,
कसरी चुरोट र जिन्दगी एकै हुन सक्छ?
पुन:प्रश्न तेर्सीन्छ आँफै पट्टी
मन मनको चर्को बहश चल्छ
मनको अदालतमा।

आगो खरानी धुवा चुरोट अनी जिन्दगी
ओहो धेरै सोचमग्न भएछु म
त्यसो भए जिन्दगीको आगो के त?
बहश चल्छ, जिन्दगीको आगो
जिन्दगीको आगो त समय हो
समयले बोकी ल्याएका उतारचडाव
समस्या हो, अनुभब हो
नतिजा हो, जुन चुरोट्को आगो झै
नजिक नजिक जान्छ
खरानी बिगत हो,र समय पनि
अनी धुवा ?? बहश चली रहन्छ
धुवा सपना हुन चाहना हुन
कसरी ? द्दवन्दी प्रतिद्द्वन्दीका बिचारहरु
अदालत मनको एक कुना,
छर्लङ्ग छन् नि सपना र चाहना
उडिरहेका छन्, गोल गोल फुस्स
धुवा जसरी।

तर म रन्थनिन्छु,
के एक खिल्ली चुरोटमा सल्किएको आगो नै जिन्दगी हो त?
¨नो¨भित्रै बाट चिच्याउछु
अह म मान्दिन, नमाने के त?
सहमत र बिमतका सुनामी चल्छन्।
चलिरहन्छन्।

म अर्को एक खिल्ली चुरोट सल्काउदै छु।

 













Wednesday, April 9, 2014

५ हाइकु

५ हाइकु (समसामयिक)


रोक्न सक्दिन
छाडेर गयौ तिमी
बलवान् समय

बन्ला कानुन
अभिमत जाहेर
छैन विश्वाश

छ सय एक
काठमाडौं मा छन
नखोज अन्त

छोटा कपडा
पारदर्शी नभए
के को नायिका?

मेरो नेपाल
झन्डा झोलामा राखी
बिदेश तिर

Tuesday, April 8, 2014

तांका (आफ्ना पिडा)

तांका (आफ्ना पिडा)


रातो कागज
सबैको चाहना नै
स्वदेश को त
टोपी छ शिर माथि
मिलौ जय नेपाल।

चिसो बियर  
घाम लागेको बेला
दन्काइयो नी
आज रुवायो हरे!
दोश प्रकृति लाई।

घरी घरी यो
न आएको नै राम्रो
छाती दु:खाइ
दिन रात एक छ
याद आफन्तको है!

सब ठीक छ
यता भन्न त पर्‍यो
कसले देख्यो?
भि आई पि भिकारी
युरोपका गल्ली मा

जानी नजानी
तांका को प्रयासमा
पोल खोलियो
बह पनि पोखियो
के गर्ने त हजुर?


गजल (फरक फरक)

राम नवमीको मंगलमय शुभकामना सहित,,
गजल (फरक फरक)
----------------------
हरामको के कुरा गर्नु यहाँ कौडिमा बिके रामहरु 
मुहार हेरे उस्तै उस्तै फरक फरक लागे नामहरु
नामबताउछन सिता आफ्ना साँझगल्लिका नगरबधुहरु
वजन हेरे उस्तै उस्तै फरक फरक लागे खामहरु
बेइमानिको शहरमा इमान कहाँ पाईन्छ र हजुर
चिहाइ हेरे उस्तै उस्तै फरक फरक लागे लामहरु
साम दाम दन्ड भेद बुझी नसक्नु छन सिद्दान्तहरु
झन्डा हेरे उस्तै उस्तै फरक फरक लागे बामहरु
भोको बसी धर्म भन्दा डोको बोकी कर्म उत्तम
देउता हेरे उस्तै उस्तै फरक फरक लागे धामहरु

Monday, April 7, 2014

गजल


गजल

समयको धार समयकै उधार हो नयाँ बर्ष
बुढ्यौलिको एक मिठो प्रहार हो नयाँ बर्ष

चिन्नेलाई श्रीखन्ड नचिन्ने लाई के जस्तो
मध्यमा बषन्तको सदा बहार हो नयाँ बर्ष

खिल्ली नउडाउ पुरानै पन्ना दोहोरिए भन्दै
अज्ञानी अबुझ लाई , उपहार हो नयाँ बर्ष

कोइलीको कुहुकुहु नबपालुवाको आगमन सँगै
पवित्र बिषु सक्रान्ती को त्योहार हो नयाँ बर्ष  (त्योहार=पर्ब)

चन्द्र सुर्यको अबिरल परीक्रमा ब्रम्हान्डको
समयको धार समयकै उधार हो नयाँ बर्ष 

some stanzas

@
सृस्‍टि एउटै दृष्‍टि फरक फरक
बर्षाद को ब्रिस्टी फरक फरक
संसार एउटै आकाश एउटै छ
स्वदेश को मिट्टी फरक फरक
लिफाफा एउटै हुलाकी एउटै छ
मायालु को चिट्ठी फरक फरक


तिम्रो सामु झुक्न तयार छु किन कि आकाश झुक्छु भन्छ
परेली मा लुक्न तयार छु जहाँ कि गाजल लुक्छु भन्छ
बहाना धेरै हुन्छन मनमा तिमीले नराखे नराख
पिडामा म दुख्न तयार छु जब कि संसार दुख्छु भन्छ


तिम्ले भने जस्तो माया दिन सकिन मैले
तिम्ले भन्यौ कस्तो माया दिन सकिन मैले
आँफै बैगुनी छ्यौ, प्रित कती गासे मैले
बजारु झै सस्तो माया दिन सकिन मैले

म किनारा बनी & ३ शेर


तिमी नदी सरी बगी रह्यौ म किनारा बनी
न थुन्न सकें न भुल्न, म किनारा बनी

बग्यौ गहि-रिदै साथ तिम्रो छाड्न सकिन
सागर सम्म पछ्याई रहें म किनारा बनी

दाँया बाँया थिएं तिम्रो छुन सकिनौ त किन
सुसाएर बही - रह्यौ तिमी म किनारा बनी

कही म ठोक्किएं म आत्तिएं तिमीले सुनिनौ
झर्यौ तिमी मोती खोज्न तर म किनारा बनी

तिमी मिल्यौ महासागरमा डुब्न म सकिन
अनन्त टोलाई रहें, उहिं म किनारा बनी

३ शेर

नबोल भो दन्त लहर खोली पेटमा पाप बोकेर
गएनी भो अन्त जहर घोली मुटुमा राप बोकेर

तिमी हुनु नहुनुको कुनै औचित्य नभए पछी यहाँ
छाडे भो तुरुन्त शहर भोली छातीमा छाप बोकेर

छक्कायौ झुक्कायौ तोड्यौ,विश्वाशका पर्खालहरु
जाउ भो अनन्त रहर मोली मुखमा श्राप बोकेर

Sunday, April 6, 2014

गजल

गजल

एउटा रात खार्नु थियो,बाटै कुरी बसी रा´छु
एउटा बात मार्नु थियो,बाटै कुरी बसी रा´छु

सधैं हिंड्ने बाटो आज फेर्यौ जस्तो लागि रा´छ
पिरती लाई सार्नु थियो,बाटै कुरी बसी रा´छु

हुन्छ हुन्छ भनि भनी भाका सार्दै पर पुग्यौ
चन्द्रमा पनि झार्नु थियो,बाटै कुरी बसी रा´छु  

घाट घाटको पानी नपिउ हातजोडी बिन्ती छ है
जितेर अझै हार्नु थियो,बाटै कुरी बसी रा´छु

आज पक्कै आउछ्यौ आउछ्यौ पिरती´नी लाउछ्यौ
खडको अर्को टार्नु थियो,बाटै कुरी बसी रा´छु !

गीत

गीत

के भर छ र, सिमली भुवाको
आज जिते भोली हार्ने जुवाको

झोली बिसाउदै कान्छी झोली बिसाउदै
आए हजुर नबोले नि, बोली मिसाउदै

हिउ जस्तै टल्कने त्यो पारी पाखामा
छिन मै बस्ने छिन मै उड्ने रुवाको


झोली बिसाउदै कान्छी
किन पर पर जान्छ्यौ कान्छी
झन झन रिसाउदै ...

यस पाली त जित मेरै पक्का हो
एक्का छाडी हुकुमे दुवाको

झोली बिसाउदै
आए हजुर बोली मिसाउदै
किन पर पर जान्छ्यौ कान्छी
झन झन रिसाउदै ..

सवाल नयाँ बर्षको : गजल

सवाल नयाँ बर्षको

भित्ताको पात्रो सँगै बैन्शका रेखाहरु चोरिएका छन
बेखबर ¨श्री¨ सँगै बेमेलका रेखाहरु कोरिएका छन

मध्यरातमा पटका र आतिसबाजिले छोएन उसलाई
बिना जितको हर्ष बढाई श्यामपेनहरु फोरिएका छन

तुक देख्दिन म किन,मनाउनुको अर्थ नयाँ बर्षको
नाम गते बार पुरानै अनी पत्ताहरु दोहोरिएका छन

याम उही मौषम उही खाली नजरहरु फरक परेछन
निहु चाहियो बस पिउने जोडीहरु एकोहोरिएका छन

कुन साल नयाँ कुनसाल पुरानो बताइ दिनुस् कोही
सुन्य देखी नौ सम्म पुरानै अंकहरु सोहोरिएका छन

रोषनीमा होइन नयाँ बर्ष किन आउछ मध्य रातमा
आजभोली जमघटमा यस्ता प्रश्नहरु ओइरिएका छन


याद


निष्ठुरिको जातै यस्तो धेरै पछी याद आउने
नजिक हुँदा कस्तो टाढाभए पछी याद आउने।

नाता माथि आघात पार्छन सम्बन्धमा दरार
अतितको सम्झनाले सताए पछी याद आउने

खेल सम्झी प्रित गास्छन,अल्लारे मायालुहरु
साथीसङ्गी आफ्नो कथा सुनाएपछी याद आउने

खहरेले हाने जस्तो देउराली को चौतारोमा
बिरही कथा सारङिले गाएपछी याद आउने 

Saturday, April 5, 2014

गजल

गजल

ढालेर नै पिरतिमा किन हास्छ्यौ
ढाटेर नै पिरतिमा किन हास्छ्यौ

देखे धेरै अनुहार भिन्न भिन्न
काटेर नै पिरतिमा किन हास्छ्यौ

बोली दियौ मुटु लियौ सधैं भरी
साटेर नै पिरतिमा किन हास्छ्यौ

राप बढ्यो झनै जवानीको ज्वाला
बालेर नै पिरतिमा किन हास्छ्यौ

नलगाए भयो माया जिन्दगीमा
मारेर नै पिरतिमा किन हास्छ्यौ

ब्यथा सबै बराबर होइन र
सारेर नै पिरतिमा किन हास्छ्यौ ?


जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...