Wednesday, December 31, 2014

Sueño nepalí (poema)

En realidad este poema ha dedicado a mi amiga, ella ha estado viviendo en Nepal para utilizará para suplir los sueños de los niños Nepalíes a través del amor, la educación y más. Me gustaría desearle todos los pasos de la vida. Su sueño es mejorar el futuro de los niños Nepalíes y estudiantes.


Sueño Nepalí (poema)

Su sueño no ha muerto todavía
Los brotes no ha caído todavía

Las toallas para limpiar las lágrimas de la gente
Sus deseos de hacerlo, no ha robado todavía

la naturaleza es la suya ,
sonrisas de tus labios no ha parado de embargo
Todas las flores del jardín todavía quiere florecer todavía

Su dura cree y pured sus promesas
Son aún como montañas , no han movido todavía

una gran esperanza es usted, usted es la creación de corazón y ama
Sueño nepalí , sueño tuyo no ha retirado todavía 

Un canción


El amor puro para quien 
el que da el verdadero amor

En recuerdo del amor,
 que da una canción


Él es mío siempre ,
 que llora en mi dolor

en el camino después de un tiempo ,
 que comparte su corazón y sentimientos



Yo aceptaría todos los desafíos ,
 cuando compartimos misma hoja de amor



Incluso al derrotar a sí mismo,
 me permite todas sus victorias

Aunque no tengo dolor en mi corazón,
cuando mi quemadura en el pecho ,


que el tiempo que lleva el rocío frío de la luna,
La vida es el tránsito del amor y de la gente ,

llega y se va después de respiración corta ( para descansar ) ,,
pero mi amor mi corazón por lo que se inició
 el sistema de no olvidar el tránsito .....


(Los colores de la vida )


Desde hace muchos años , estoy tratando de averiguar el color real de mi propia vida . Debido a que la gente usa para mí decir que : la vida está lleno de color , pero no he visto ninguna gota de ella . No Bueno, yo soy como un poco romántico y passimistic sobre la vida y la naturaleza. Pero ¿por qué no puedo conseguir el sabor de la vida de colores ? Tengo esperanzas, sueños y la fe en Dios y la gente

आफन्तका ३ मुक्तक

१,
अहँ झुन्ड्याउन्न म, पात्रो नयाँ
यो जिउँदो लासको, कात्रो पुरानै
जडौरीमा कैयौं बषन्त गुज्रे पनि
पाईन मैले नौलो,खै मजेत्रो पुरानै
२,
महलको सपना देख्ने अधिकार लुटे
बाँचेको छु जहाँ खोली थोत्रो पुरानै
कामनाका शब्द नयाँ अनुहार नयाँ
किन अनुभुती सधैं झैं,झुत्रो पुरानै
३,
फेरियो लाली उमङ गतसाल भन्दा
अहँ किन हुन्थ्यो नयाँ भुत्रो? पुरानै
अहँ झुन्ड्याउन्न म, पात्रो नयाँ
यो जिउँदो लासको, कात्रो पुरानै



कबिता नयाँ पात्रो

फेरि भित्तामा अर्को नयाँपात्रोले स्थान पाउँदै छ
बिद्धुतीय भित्ताहरु मै सिमित रहे शुभकामनाहरु
न दुई छाती जुधेर, आत्मियताको आभास हुँदैछ
न विश्वाश र समन्वयताको, न्यानो अनुभुती नै
तै पनि सिंगो संसार चिच्याइरहेको छ कि आज
नयाँ बर्षको शुभकामना,,,

खै कसरी मनाउने हो, यो नयाँ बर्ष आज फेरि
पोहोर पनि त मनाएकै हो शुभ शुभ कामनाहरु
नै अर्पितगर्दै मनको तिक्तता अझै हटेन तै पनि
निस्केकाछन दुखित आत्माहरु मनाउनका लागि
नयाँ बर्षको शुभकामना ,,,

अन्यत्र त के कसरी मनाउने हुन् थाहा छैन तर
बानेश्वरका बानरहरुले मनाउदै छन् नयाँ बर्ष कि
पक्का भयो खाजा, खजाना कथित नयाँबर्ष भरी
न चुरेमा छाप्रा बने न महाकालीमा बांध परन्तु
नयाँ बर्षको शुभकामना ,,,

पोहोरको नयाँबर्ष टुटाउदैमा र फुटाउंदैमा बितिगो
कतै ढाँटेर, कतै छांटेर, रिसोर्टमा उग्राउँदै बिताए
कुरी गरिसक्यो दैलो देख्यो आज यही ¨थिम¨मा
नयाँ बर्षको स्वागतमा लागि परेकाछन् बानरहरु
नयाँ बर्षको शुभकामना ,,,

पिउने पानी र बाल्ने बत्ती,बाढि राँके जुलुश हैन
शान्ती सुरक्षाको अनुभुती,युद्धको त्रास होइन अब
सिमाना का खम्बाहरु, सम्झौतामा हस्ताक्षर हैन
ल्याउँछस भने मात्र मनाउनेछु भरे ढाका टोपिमा

आत्मै देखि साट्नेछु कामनाका शब्दहरु,,
स्विकार्नेछु भित्ताका नयाँ बर्षका नयाँ पन्नाहरु
होइन भने म मुर्ख बन्नेछु भिडमा,,
जलाउनेछु तिनै पात्राहरु
,,,,,,,,,,

31 december, 2014
श्रीभक्त पौडेल¨आफन्त¨
रामपुर चितवन
हाल स्पेन,,

Monday, December 29, 2014

गीत:-नजर् नजरमा फूलेको हुन्छु म

तिम्रो बगैँचामा, फूलेको हुन्छु म
पुष्पका पत्रमा, खुलेको हुन्छु म
टिपेर कहिल्यै, चुल्ठो सजाइनौ
बाटोको छेवैमा, फूलेको हुन्छु म

चिनिनौ मलाई, घुम्टो ओढ्यौ झनै
भमरा बनेर, डुलेको हुन्छु म
तिमी निदाउँदा, सिरानमा सधैं
सँगै सपनीमा, भुलेको हुन्छु म

पल्टाउदा हरेक, पन्नाहरु´मा
शब्द ति भाबमा, घुलेको हुन्छु म
लाली ओठका, गाजल नयनका
अधर् अधरमा, फूलेको हुन्छु म

लजाउँदै एेनामा, नहेर् त्यसरी
नजर् नजरमा फूलेको हुन्छु म

गजल दोधारमा छु

बताउन सक्दिन आज्, कस्तो कस्तो मारमा छु
विश्वाश लाग्दैन होला, खुकुरी को धारमा छु

समयले लुट्यो कुट्यो, बेबारीसे जस्तै भएं
नुन चुक छर्छौ अझै? हेर त् नाङ्गे झारमा छु

भिकारी दुनियाँ भन्थे, खोटो सिक्का मिल्काउदै
खोटो सिक्का पाईन्छ कि, मगन्तेको हारमा छु

धन्न लोड सेडिङ्ग् रैछ्, आज त बांचियो अब
खाली खुट्टा धूप उस्तै, बिजुली को तारमा छु

बिहानीमा पूर्व प्यारो, गोधुलीमा पश्चिम त्यो
मध्यान्ह कता जाउँ, लौन म दो´धारमा छु  

कबिता म अनि मेरो पहिचान

हातमा फित्ता बोकेर निस्केको छु म पनि
जल जमिन जंगलमा आफ्नो पहिचान खोज्न
कोही पूर्व देखाउछन् कोही पश्चिम
आखिर म जस्तै,
हामी कहाँ छौं त?

दक्षिण जान्छु जहाँ
मेरो टुप्पी काट्ने धम्की दिन्छन्
उत्तर जान्छु मेरो श्यामबर्ण माथि नै
प्रश्न तेर्स्याउंछन्न्,
अनि म पनि छिर्छु भिडमा
पहिचानबादिको भिडमा,
म झनै अन्यौलमा पर्छु,,
त्यहाँ त हजुर
भिडले बोलेको नै भिडले सुन्दो रहेनछ
भिड अन्यन्त्रित छ,
भिड भित्र अनगिन्ती मागहरु छन्
पुर्ती गर्न कुनै अर्थशास्त्रीले पनि
सक्छ जस्तो यो अर्ध शिक्षित दिमागलाई त लाग्दैन
अहो कस्ता कस्ता माग छन्
सिङो काटेर ठुलो खोज्छन्
जरा काटेर काण्ड रोज्छन्
अह बुझ्दिन,,
होइन म अब
बुझ्ने कोशीश पनि गर्दिन,,

हातमा फित्ता बोकेर निस्केको छु म पनि
जल जमिन जंगलमा आफ्नो पहिचान खोज्न
हैन मैले के बिराएँ र?
नापेर चाहियो मलाई मेरो पहिचान
जोखेर चाहियो मलाई मेरो पहिचान
होइन, कसरी कसले दिने हो ?
मलाई मेरो पहिचान,,
शिरमा ढाका टोपी छ
निधारमा रातो टिका छ
टाउकोमा एक बित्ताको टुप्पी पनि छ
हातमा चन्द्र-सुर्य निलो किनारा
हिमालयको झन्डा छ,
छातीमा मेची-कालीको सम्झना
आँखामा स्वयम्भुको नजर
सगरमाथानै मेरो शिर लाग्छ
नेपाल नै आमा लाग्छ घर लाग्छ
जहाँ म जान्छु आफ्नो देश लाग्छ,,

चाँदनी र दोधारामा देउँशी खेल्न पाउनुपर्छ
मुस्ताङको स्याउ टिप्न पाउनुपर्छ
कोशीमा डुबुल्की मार्दै टप्पुमा शुशेल्न पाउनुपर्छ
निर्धक्क ढाका टोपिमा जनकपुर घुम्न पाउनुपर्छ
रारा रोल्पा रुकुमको कबिता लेख्छु
लम्जुङ तनहुँ गोर्खा कास्कीका
घाटु र चुट्कामा नाच्छु,,
हो कसैले नरोकुन् मलाई
मन्दिर गुम्बा र मस्जिदमा
भजन सेलो र बकरीमा
म स्वतन्त्र छु, थिएं र रहनेछु
नेपाल आमाको छत्र छायामा

शुक्रराज शास्त्रीको जयनेपाल प्यारो छ
हुसेन गुरुलाई स्लाम आलेकुम
काफ्ले गुरुलाई नमस्कार
डोल्मा दिदिलाई तासिदेले
हजुरलाई राम राम,तारेमाम
जोजोलोप्पा,सलाम

संस्कार र पहिचान यही नै हो मेरो

यो भन्दा मेरो पहिचान अरु के हुन सक्छ र,??
------------
पौष १४ सोमबार


गीत जानेलाई

दिलमा किला ठोकेर जानेलाई
बार्हसत्ताइस् खोकेर जानेलाई
ब्यर्थै आंसु बगाउन्न बनपाखा
सिर्सिर् बतास रोकेर जानेलाई

दिलमा किला ठोकेर जानेलाई

यो मनमा पिर् रोपेर जानेलाई
छातीमा घाऊ खोपेर जानेलाई
ब्यर्थै आंसु बगाउन्न निरमाया
सुन्दर् संसार छोपेर जानेलाई

दिलमा किला ठोकेर जानेलाई

उल्टो कदम मोडेर जानेलाई
बाचा कसम तोडेर जानेलाई
सम्झी सम्झी रुँदिन भो अब
एक्लो मलाई छोडेर जानेलाई

ब्यर्थै आंसु बगाउन्न बनपाखा
सिर्सिर् बतास रोकेर जानेलाई


   

गजल आफ्ना

नीभाउने भन्दा जलाउने आफ्ना
उठाउने भन्दा ढलाउने आफ्ना

मलम् पट्टी लुटनेहरुको भिड्मा
तंग्राउने भन्दा गलाउने आफ्ना

सागर हुँ म भन्छु पत्थर हान्छन्
बगाउने भन्दा तलाउने आफ्ना

पर्दैन खोज्न ति दुस्मन सिमाना
सघाउने भन्दा छलाउने आफ्ना

आची हो त्यो नचलाऊ गनाउँछ
माटोपुर्ने भन्दा चलाऊने आफ्ना
-----------
पौष १४ 

Saturday, December 27, 2014

गीत यो मन उध्रिएछ

कसरी हो टाल्ने अब, यो मन उध्रिएछ
पिरती मा डुबाई जाने, मान्छे सुध्रिएछ

सम्बन्ध त सियो धागो, छुटने छैन भन्दै
रङ्गिचङ्गी दुनियाँमा, ती पल गुज्रिएछ

मिठामिठा सपना देखें, न्यानो अंगालोमा
उपहार उसैको त्यो, गुलाब मुर्झिएछ

नयाँनयाँ लाग्थ्यो संसार्, बिहानी नी उस्तै
फर्किएर हेर्दा आज, जीवन झुत्रिएछ

कसरी हो टाल्ने अब, यो मन उध्रिएछ
पिरती मा डुबाई जाने, मान्छे सुध्रिएछ
---

photo - google



गजल आउन चांडो

गफै-गफमा हांगो, नूगाइ छाडे
अंग्गालोमा नै डांको, रूवाइ छाडे

शितलता बांड्दैछु, उघारें ढोका
अाइ छातीमा रांको, लगाइ छाडे

उर्बर थिए फांट, नहर् कुलेशा
छर्केर नुन बांझो, बनाइ छाडे

जिउनी कसैको त, थिएन तर
तेरो र मेरो आँठो, खनाइ छाडे

बुद्ध राम चाणक्य, आउन चांडो
बिषमता को गांठो, कसाइ छाडे

छ इतिहाँस भारी

उसै छ इतिहाँस भारी, अझै नखेप है
तक्दिरले ठगेको हिजो, सधैं नहेप है

दागैदाग छ् भुत भबिस्य र बर्तमानको
समयले घोलेको आज, हिलो नछेप है

सिमाना हराए, दशगजा हराए हेर त्
निचोरी सक्किंदै आँफैमा, अरु नचेप है

खुलामन्च बनायौ देश, युद्धको मैदान
धिक्कार्दै छन रगतले, कतै नलेप है

उसै छ इतिहाँस भारी, अझै नखेप है
तक्दिरले ठगेको हिजो, सधैं नहेप है 

जिन्दगीमा घरिघरी

नगरौं भन्छु सम्झौता, जिन्दगीमा घरिघरी
तोडनै पर्ने मौनता, जिन्दगीमा घरिघरी

गुमनाम् बांच्दैछु म, जिवनका भिडहरुमा
रोज्नै पर्ने छ एउटा, जिन्दगीमा घरिघरी

कहिलेसम्म छेक्छ लाज्, नांगाहरुको बस्तिमा
च्यातिएको यो लगौंटा, जिन्दगीमा घरिघरी

कथित पथिक हुँ म, देश भित्र हराएको
राज्यबिनाको रजौटा, जिन्दगीमा घरिघरी

नास्तिक हैन परन्तु, मन्दिर धाउन्न अब
खोज्नै पर्छ कि देउता, जिन्दगीमा घरिघरी     

Friday, December 26, 2014

बारुद् बन्दुक बुट छ

बजारे हुन्छ बुट् तिम्रा, देशमा भारी छुट छ
लुटि खान पल्केका को, हेर्नुस कति गुट छ

तैँ रानी मै रानी लौ, कस्ले भर्ने कुवा पानी
दोश दिन सिपालु को, बुझ्नुस् मिठो झुट छ

सहिस्णुतामा निर्पेक्ष्यको, बिषालु बिउ रोप्यौ
एकताको माला चुंड्यो, त्यसैले आज फुट छ

भाई फुटाइ रमिता, कस्तोकस्तो खेल खेल्छौ
सत्तामा जान खोज्नेको,ती अनगिन्ती रूट छ

कलम् भन्दा हतियार, मतियारी बड्दै गए
चामल छैन देशमा, बारुद् बन्दुक बुट छ

जिवित देश (कबिता)

कलम एक्कासी रिसायो
कती घोट्छस ए मलाई भन्दै
तेरो त अस्तित्व छैन छैन
मेरो निब र मसीको
तँ किन अपमान गर्दै छस्?
भाँचेर मिल्काइदे बरु
न बाँस न बाँसुरी,,
कसले सुन्छ ए तेरा
कबिताका अक्षरहरु
कतै मुल्यन अबमुल्यन हुँदैनन् भने
किन लेख्छस् तँ कबिता?
कागज पनि हो मा हो मिलाउदै
बम्किन थाल्यो म सँग
हो, हो आखिर किन
मैलाउँछस् सेता पानाहरु
रहन दे मलाई सेतै
म बराखी नै मनाउछु बरु
किन कि तेरा शब्दहरु
कसैले पढ्दैनन् यहाँ
खेर जांदैछु म अनि खेर जाँदैछन् तेरा
कबिताका हरफहरु,
बस! के चाहियो र
मेरा टेबल कुर्ची कोठा सबै
बम्किन थालछन्।

आँफैलाई चिथोर्छु, कोपर्छु
आफ्नै अनुहार क्षत् बिक्षत् पार्छु
तर एक शब्द फर्काउन्न
मेरा कलम कापी कुर्ची टेबल र कोठा प्रति
यद्धपी आफ्नै जीवन सङ्गिनी
नमिठो हांस्छिन्
मेरो परिस्थितीमा,

हुन पनि के दोश छन् र?
मेरा कलम कापी टेबल कुर्चिहरुको
अमुक सोचेर निर्बाध घोटिरहन्छु
निर्जिबहरु माथि एक्लो हैकम चलाऊछु,
थाहा थिएन एक दिन
यिनै म माथि जाइलाग्छन् भनेर।

अनि सोच्छु यि निर्जिबहरु त
म सँग सन्तुस्ट छैनन् भने
यो जिवित देश
म सँग कति असन्तुस्ट छ होला??
-------------------
El viernes, 26 de diciembre, 2014



Thursday, December 25, 2014

गजल नबोक

धर्मको निहुँमा, पाप नबोक
खाली छ भने´नी, दाप नबोक

जल्नेछौ उँड्नेछौ, खरानी बनी
त्यसैले त बिन्ती, राप नबोक

दलदल हो त्यो, निस्कन गार्हो
लोभ् इर्श्या मोहको, ढाप नबोक

ठुलो छ परन्तु, सुन्य संसार
लानु केही छैन, नाप नबोक

दिनु नै पहिले, मिठो बचन
ओठको मुस्कान, श्राप नबोक 

गजल $$$ $$ $$ $$$

बोलेको बोल्यै, कुरा पुरानै
उधायौ कस्तो, छुरा पुरानै

धक्का दीयौं भो, गोरु चुट्यौहै
तिम्रो गाडाको, धुरा पुरानै

धम्की डिङ्गाको, झिङ्गा मारेनौ
चाला त्यो खुट्टी, लुरा पुरानै

सम्हालेको छौं, थुप्रो बिशाल
धागोमा पोते, चुरा पुरानै

गल्ती हाम्रै हो, झुक्कीयौं फेरी
नौलो प्याला मा, सुरा पुरानै



एक टुक्रा

एक दिन मैले आफ्नै कबिता सँग सोधेँ
तिमी किन रुन्छ्यौ?
के तिमीले हास्न बिर्सिएकी नै हौ र?
हेर त क्षितिज कति रमाइलो छ
अस्ताउँदो सुर्यले छाडेका रक्तिम धर्साहरुमा
चखेवा र सामुन्द्रिक चिलहरु
कस्तरी रमाइरहेका छन्।
यहाँ हरेक बिहानी नौला छन्
रङ्गिन छन् हर पलहरु
भने तिमी किन ?
निराश निराश छ्यौ।
एक्कासी झर्किदै भन्छिन
कुन रमाइलो क्षितिजको
कुन रङ्गिन धर्साहरुको कुरा गर्छौ तिमी?  
म कुन खुशीमा रमाऔं भन?

गीत जसले चोखो प्रित दिन्छ

चोखो माया उसैलाई, जसले चोखो प्रित दिन्छ
मायालुको सम्झनामा, जसले मिठो गीत दिन्छ

आफ्नो भन्ने वही हुन्छ, ठेस लाग्दा रोई दिन्छन्
मन चित्त मिल्दै जांदा, जसले भित्री हित दिन्छ

स्विकार्य छन् दु:खसुख, एउटै पातको ओत् लाग्दा
जानी जानी आफु हार्दै, जसले सारा जित दिन्छ

मुटु जल्दा यो मन् रुँदा, अनायसै छाती पोल्दा
जून सँगै जुनेली´मा, जसले चिसो शित दिन्छ

आउने जाने धेरै गर्छन्, थकाई मारी चौतारीमा
यो चौतारी नबिर्सने, जसले लामो रित दिन्छ

photo my friend Onoria (honduras)

एक रात

चोकचोकमा अब चिहान खने हुन्छ  
किन कि बस्तिमा काल पस्दैछन्
मुर्कुट्टा जस्ता देखिने,
स्याल र ब्वान्साका खाल पस्दैछन्
अनन्त नअघाउने
दरिद्री भित्रका चन्डालहरु
पण्डाल बोकेर
शहरबाट जङ्गल हुँदै
पून:गाउँ पस्दैछन्,
बस्तिमा फेरी
आर्तनाद सुनिनेछन्
चित्कार सुनिनेछन्
सुखद बिहानीको लालचमा
बन्दुक बोकाइनेछन्
बारुद बोकाइनेछन्
ठेलिका ठेली

राता दस्ताबेज घोकाइनेछन्
बोक्न र घोक्न नमाने
सङिन र खुँडा ठोकाइनेछन्।

हो
परिवर्तनका मुकुटधारी महाराजाहरु
घोड्चढीका दस्तामा छिर्नेछन्
छलाङ मार्नेछन्
तिम्रा हाम्रा आङ्गनमा भोज खानेछन्
गाई काटेर गधा पोस्दै
ढेच्युँ ढेच्युँमा नाच्नेछन्,

यी यस्ता कालहरु हुन्
जो मशानघाटमा भाग नपुगेर
लाशका चौटाहरु माथि राज नपुगेर
सिङो कंकाल घाटिमा झुन्ड्याउन चाहन्थे
त्यही कंकाल भांचिएर
तातो रगत पिउन
बस्ती छिर्दैछन्,

अहो!!
कस्तो डरलाग्दो सपना,
चोकचोकमा चिहान खन्ने
कसले पो खन्ने हुन
बस्ती सुन्य छ,
उफ्! के हुँदैछन् मेरा रातहरु
हर रात कालरात्री लाग्दैछन्
निदाउन सक्दिन,,




Wednesday, December 24, 2014

गुनासो

----------
ए बाबु सुन त,
सुन न बाबु!
सुन्दैछु कान्छो भूमिगत हुँदैछ रे
ठुले स्वदेश नफर्किएको बर्षौं भैसक्यो
माइलो त दुईटा उपनाम बोकेर
कहाँ गयो कुन्नी ,,

साइलो पनि त
बेपत्तै भयो नि
नसोध कती बर्षभयो भनि
कोहि भन्छन्
¨बिप्लबी¨ थियो
कोही भन्छन्
¨देशद्रोहि¨ थियो,,
चाहे जो जे थियो
उ मेरो छोरो थियो।

बाबु !
आजभोलिको यो पारीलो घामले
यो आङ तात्दै तात्दैन
झस्किरहन्छु रात भरी
ठुलेको पसिनाले पोल्छ
साइलोको रगतले पोल्छ
माइलोको सम्झनाले पोल्छ
के भन्नु खै बाबु?

खै के सुन्दैछु फेरि
सुन्दैछु कान्छो भूमिगत हुँदैछ रे
किन? बाबु, किन ?
के पुगेनछ त्यसलाई??
सत्ता कि सम्पत्ती,,
सत्तामा त पुगेथ्यो नि हिजो
सकी सकेछ है बाबु त्यसले
उसको भागको अन्श पनि?

बाबु, तिमी जङ्गल नपस है
तिम्रो जीवन भन्दा मेरो लास प्यारो छ
म त डाँडा माथिको घाम नै त हुँ
भोलिको उदय देखिन भने
तिमी आँफै भन त?
मलाई घाट सम्म कसले पुर्याउछ ??
उसै त गाउँवस्ति सुन्य छ
----
छिमेकी काइला हजुरबाको
गुनासो थियो यो।
जवाफ थिएन म सँग
हातमा नयाँ एम आर पि
राहदानी थियो,
भोलि राजाधानी जाने माइक्रो को टिकेट
नतमस्तक बनायो आज मलाई
काइला हजुरबाको गुनासोले।
---
श्रीभक्त पौडेल ¨आफन्त¨
रामपुर चितवन

गजल जहर जुटाउँदै छु

रहर् पुरा नभए´सी, जहर जुटाउँदै छु
यी लामाचिसा रातका, प्रहर लुटाउँदै छु

लोभ छैन मोह छैन, देखावटी छ केबल
पत्थरिला घुम्तिबाट, डगर छुटाउँदै छु

सावन् मेरा खडेरीमा, ती बषन्त फुलेनन्
पिउनको लागि आज, नहर फुटाउँदै छु

कबितामा भाब छैनन्, गीतमा खै सङ्गित
मित्रहरुको गजल् मा, बहर खुटाउँदै छु

जुवा भन्थे जिन्दगानी, साँच्चै नै जुवा रैछ
आफन्त्´को नैलामा आफ्नो, दहर भुटाउँदै छु

Tuesday, December 23, 2014

गजल नहुनु थियो

आखिर भएरै छाड्यो जो नहुनु थियो
देख्दै हुनु हुन्छ आज यो नहुनु थियो

माछा देखे दुलामा हात भने झै सधैं
सहमति कस्तो यस्तो भो नहुनु थियो  

सहेकै थियौं हामीले बिगत् केही बर्ष
अति माथि अतिचार् पो नहुनु थियो

जुन जोगी आएपनि कानै चिरेका रे
खरानी धसे को हुने को नहुने थियो

जान्दा जान्दै जनताले मोहोर लगाए
धिक्कार्दै छन अहिले हो नहुनु थियो

आफन्तका ५ हाइकु

कलम भाँचे
एेन लेख्नु पर्नेले
पेन्सिल् तिखार्दै

दोहोरी सुरु
प्रचन्ड ओली बिच
ताली बजाऔं

दोश कसको
सडक कि सदन
नबन्ने भयो

मिचाहा साँढे
जनता बबुरो भो
भाग्ने पो कता

ब्युँझ ब्युँझाऔं
खेल अल्लि ढिलो भो
मेरो यो गुनासो

गजल मिचेका छन् हेर्नु


मन ओभानो परेला भिजेका छन् हेर्नु
गाला सदैब आँशुले सिंचेका छन् हेर्नु

उन्मुक्त छैनन हाँसो प्लास्टिक देखिने
छाती सदा एेंठनले थिचेका छन् हेर्नु

रुवाउने, हसाउने, माथि छन् भने´नी
तक्दिर मेरो कसले खिचेका छन् हेर्नु

पानी दर्किन्छ, बाली आँगनमा पसारो
दुई मुठी अन्न सबै सिजेका छन् हेर्नु  

तीन हात बित्ता घडेरी राजिनामा छैन्
सिमाना आफन्तलेनै मिचेका छन् हेर्नु

Monday, December 22, 2014

गजल जनतालाई

आखिर देखाइ छाड्यौ, कुरी जनतालाई
भकारी भर्यौ खै मुठी- मुरी जनतालाई

सत्ता पनि समालेकै हौ, मौका पाएकै थियौ
नदेखाउहै आम् हड्ताल् को, छुरी जनतालाई

चेतिसक्यौं देखिसक्यौं, तिम्रा आन्दोलनहरु
थाहा छ् पूराना तिनै, चुरी फुरी जनतालाई

बन्दुक् बोक्नु छैन, रोजीरोटी गरीखान पाउँ
बोक्दैनन् तिम्राझन्डा, नहेर् घुरी जनतालाई

कहिले थाक्छौ र?झूटोबोल्न थाल लेख्न एेन
कति उफ्रन्छौ माथि माथि, पुरी जनतालाई



गीत आजकल

नचिनेका छायांलाई, बोलाउंछु आजकल
छायां सँगै आँफैपनि, टोलाउंछु आजकल

बिना धागो फूलटिपी, माला पनि बुन्छु एक्लै
माला हेर्दा हेर्दै वहिं, लोलाउँछु आजकल

दोबाटोमा बाटो छेकी, केके सोध्छु पराइलाई
मन को धोको सायद, भुलाउँछु आजकल

पिरतीको बगानमा, मायालुको काख सम्झी
लाज मान्दै आँफै लाई, झुलाउँछु आजकल

नचिनेका छायांलाई, बोलाउंछु आजकल
छायां सँगै आँफैपनि, टोलाउंछु आजकल







आँशुले सिरानी धुनुहुन्न माया


जलेर खरानी हुनुहुन्न माया
गलेर परानी जानुहुन्न माया

लेख्ने ले जेपनि लेख्छन् यहाँ
आँशुले सिरानी धुनुहुन्न माया

बिगतले युद्ध छेडेको न भूली
पिरती पूरानी छुनुहुन्न माया

आस्थाविश्वाशमा अडेको छ् दुनियाँ
हरेक बिहानी भुल्नुहुन्न माया

भुल कसले, गर्दैन भन्नुस त
सम्झेर रिसानी लिनुहुन्न माया






गीत चुल्बुल चुल्बूल हुन्छ

मन चोखो भए, पलांश पनि फूल हुन्छ
पापीमन् चुल्ठोको गूरांश पनि धूल हुन्छ

बषन्तमा मग् मगाएका बेली चमेली ति
आजै यो चुल्ठो नसजाए भोलि भूल हुन्छ

धड्कन्छ मुटु चिरिन्छ छाती मायामा यहाँ
नबुझ्दा त्यही धड्काइ, पनि त शूल हुन्छ

नआत्तिय नमात्तिय,यो बैन्श तिम्रै हो नि
बहकिन्छ मन् यहिं, चुल्बुल चुल्बूल हुन्छ

भिडभाड् बाट टाडै बस रस चुस्न खोज्छन्
सम्हाल आँफै लाई, भमरा को हूल हुन्छ




गीत गजल दबाब भो

आज एक्कासी मनमा, मनको दबाब भो
नलेखी बस्छु भन्दा झनै, धेरै तनाब भो

भाब त छन, जिन्दगीका तितामिठा पल
कतै काफिया त् कतै रदिफको अभाब भो

घाम छायां जिन्दगीको कर्कलाको पानी हो
परन्तु जिन्दगी´मा, सधैं उतार चढाव भो

शिखर को अभिलाषा, फेदि´मा बास मेरो
पुग्नु पर्ने माथि, नदिको उल्टो बहाब भो

सोधें¨आफन्त¨लाई नै,किन यस्तो भयो आज्
सवाल् झर्न पा´छैन, मुख् भरिको जवाफ भो

Sunday, December 21, 2014

गजल बुलबुलमा

नबिथोल सुन्दैछु म गजल बुलबुलमा
पाउँछु सदा उर्जा मल-जल बुलबुलमा

हरेक साँझहरु यसै मदहोशी छन् मेरा
हिलोमा नै फक्रिएको कमल बुलबुलमा

साकीहरु हररात् फेरिन्छन् मधुसलामा
आउने छ एक मित्र असल बुलबुलमा

दुखिलाई हांसो बाँच्नेलाई साहारा लिएर
हरियाली ति फाँटका फसल बुलबुलमा

नयनमा गाजल निधारमा टिका सृङ्गार
चाहना विश्वाश मेरा अटल बुलबुलमा 

Friday, December 19, 2014

एउटै काफियामा

तिम्रो लागि सातै दिन, एक बारको कुरा नगर
ओछ्याएको रातो कार्पेट्, कांडे बारको कुरा नगर

कस्ले भन्छ माया ब्यापार्, पिरतीनै हो धन दौलत
त्यही भएर् बिन्ती मेरो, कारो बारको कुरा नगर

पार्वती तिमी हौ भने, म पनि त हुँ तिम्रो शंकर
ब्रत हैन प्यार बाँढ, सोम बारको कुरा नगर

यस्तै रै´छ जिन्दगानी, कहिले घाम कहिले छाया
भेट्ने भए आजै भेट, बार बारको कुरा नगर 

Thursday, December 18, 2014

गजल एक दिन

 चिहान बाट लास, चल्ने छ एक दिन
रोकिएका ति सास, चल्ने छ एक दिन

जब् सम्म दासत्वका, पूजारी छन् यहाँ
धरोहर ति विश्वाश्, ढल्ने छ एक दिन

पत्याउ भाडाका यी, पादरीका बचन
गास बास कपास, जल्ने छ एक दिन

अब पनि नजागे, अंध्यारो नै देख्नेछौ
हिजो सम्मको आश, गल्ने छ एक दिन

रोपेका रोपेइ छन, मनिप्लान्ट् आँगनमा
मनिप्लान्टमा दास, फल्ने छ एक दिन

------
एस बि पौडेल (आफन्त)
१८ दिसेम्बर २०१४,
सान सेबस्टिअन
स्पेन
@ ekchin.com 

कबिता भित्रका सेन्युहरु



,,,
केहि हाइकु
मान्छेको नाममा है
म पनि मान्छे,
मान्छे होइन
मुर्दा बन्न चाहन्छ,
जिउँदो मान्छे,
अमुक छैन
तै पनि बोल्दैन ऊ
आँखा चिम्लिन्छ
देखेको न् देख्यै
बैनी बलात्‍कृत् हुँदा
कानुन बुझ्छ
भाषण गर्छ
महिला शिर्षकमा
ताली खान्छ ऊ
दोशी उम्किन्छ
बिद्धवान् अन्धो आँफै
लेप्चे पो ठोक्छ
यस्तै छ मान्छे
मुर्दा बन्न चाहन्छ
आजको मान्छे
बन्दुक बोक्छ
निशाना मान्छे नै
के भन्नु र खै,
बदला हैन
सत्ता चाहन्छ सधैं
धम्की कि घुर्की ??

Wednesday, December 17, 2014

गजल उस्तै छु

गजल उस्तै छु

किन फरक देख्दैछौ, म पनि त उस्तै छु
पत्यार लागेन अझै, एेना´मा दुरुस्तै छु

भ्यागुता हुँ कुवाको त्यो, जति उफ्रेँ संसार
तिम्रै चालमा चलेको, म पनि त सुस्तै छु

बिगत सारा सपना, दिवा हुन या रात् का
टिका हो कि कलन्क, म पनि त पुछ्दै छु

बग्रेल्ती काँडा पत्थर्, पन्छाएँ गोरेटो´का
आँसु सँगै रहर, म पनि त मुछ्दै छु

धुवाँ खरानी नखोज, तिमी त उडी सक्यौ
केही बेर पर्ख अझै, म पनि त बुज्दै छु

बुज्दै - dying (fire off)







गजल मेरो

एेना हो गजल मेरो चियाएर हेर
डुङ्गा हो गजल मेरो खियाएर हेर

नशा हुँ मायाको क्रान्ति अक्षरहरुमा
आँफै´लाई गजल् मेरो पियाएर हेर

जोड्छ फोड्छ तोड्छ परिआए सारा
धागो हो गजल मेरो सियाएर हेर

छायाँ देख्छौ आफ्नै सागर छेउ ईनार् यो
जिन्दगी हो गजल् मेरो जियाएर हेर

एेना हो गजल मेरो चियाएर हेर
डुङ्गा हो गजल मेरो खियाएर हेर

गजल नसोध

नसोध ल मलाई, गजल के भनेर
उम्रदै बिज लाई, फसल के भनेर

लगाउ त्यो टिपेर, हिलोमा नै फूले´नि
ब्यर्थ् सरस्वति लाई, कमल के भनेर

पहरामा छन् मेरा, टहरा सधैं भरी
जो कोही रिसाउछ, महल के भनेर

रजहाँस् हो दुनियाँ, दुधजल् छुट्ट्याउने
किन उस्लाई फेरि, असल के भनेर

पोखेको शब्दमा केबल्, मनका गूनासा    
नसोध बिन्ती मेरो, गजल के भनेर

गीत कहाँ आउँथिन र उनी

निदाएकै रहेनछु, कहाँ आउँथिन र उनी
बिनाधून बांसुरीको, किन गाउँथिन र उनी ?

बेईमानी निस्ठुरी रे, नचिनेर हो कि कतै
परदेशी सँग ब्यर्थ्यै, माया लाउँथिन र उनी ?

बहाना नै भुले पछी, आउनेजाने बाटो बिर्सिन्
पँधेरो त्यो सार्नु अघि, साँच्चै धाउँथिन र उनी

निदाएकै रहेनछु, कहाँ आउँथिन र उनी
बिनाधून बांसुरीको, किन गाउँथिन र उनी ?



गजल कता लौ

जमाना कहाँ गो, म खोजुँ कता लौ
मयालु हजारौं, म रोजुँ कता लौ

मलाई दिए भो, पूरानो कहानी
हराएँ निशाना, म सोधुँ कता लौ

बिहानी पखैमा, मिठो जो रूमानी
फूरेथ्यो मनैमा, म पोखुँ कता लौ

नजाउ नभेटी, गूनासो छ मेरो
छ पोको ठूलो यो, म बोकुँ कता लौ

भूवाले बिझायो, बिना हात तिम्रो
सिरानी रिसायो, म टोकुँ कता लौ
---------------------------
१२२ १२२ १२२ १२२
















रात मिल्यो गजल जस्तै

दिन अर्कैको रहेछ, मलाई रात मिल्यो
रातसंगै सपनीमा, यो बज्रपात मिल्यो

ठिकै भनेका हुन, जसको जत्रो आँचल
थैलो अनुसार को, हेर्नु सौगात मिल्यो

बषन्त बहार, शरदका जून् उनै लाई
मेरा भागमा लौ तुषारो हिमपात मिल्यो

पिउँदा उसै त्यसै, म बदनाम छँदै´छु
नपिउँदा पनि अहो! कस्तो मात मिल्यो

आफुँ भलो त जगत भलो, हैन रैछ् हजुर
दुनियाँ एस्तै छ घातैघातको खात मिल्यो

Tuesday, December 16, 2014

देशबन्दका कुरा

नगर फेरि त्यही सम्बन्धका कुरा
अप्ठेरोमा परेका परिबन्दका कुरा

नराम्रो बानी अंधेरोमा तिर हान्यौ
नेतानै त पर्यौ अन्धा-धून्द कुरा

स्वतन्त्रताका नाममा खेलखेलायौ
हारेपछि किन नि स्वछन्दका कुरा

नथाक्ने रैछौनी किन हो अझै पनि
बाटो भुलेर छन्द न बन्धका कुरा

खुलाउ, नराख देश अन्यौलतामा
नगर् भो आजैदेखि देशबन्दका कुरा

नगर फेरि त्यही सम्बन्धका कुरा
अप्ठेरोमा परेका परिबन्दका कुरा

गजल घूनका कुरा गरौं है

आऊ औंसीका रातमा, जूनको कुरा गरौं है
सम्बन्ध् टुक्रिएर गयो, खूनको कुरा गरौं है

बिर्सिएर आफुं को हुँ, औंलो ठड्याई रह्यौ
पैन्चो नदिएका तिनै, गूनको कुरा गरौं है

मकै सके बांदर ले, खेत बारी भए रित्तै
भुट्ने झुत्तोमा रहेका, घूनका कुरा गरौं है

बाक्सा ओराले जहाज्ले, गाउँमा भो रुवाबासी
बिल्ना वस्ती झनै बिल्ना, नूनका कुरा गरौं है

हुना-हार दैब नटार्, चित्त बुझाउनै पर्‍यो
आज झनै बिरक्तिएँ, धूनका कुरा गरौं है 

गीत रानी खोज्दैछु

प्यासी छैन म किन पानी खोज्दैछु
कहाँ हुनु पुरानो,, बानी खोज्दैछु

दिलको दरबारमा मनको राजा
त्यसैले त सायद,, रानी खोज्दैछु

भुलेको जवानी अब् कहाँ पाउनु र
जवानी फर्काउने,, खानी खोज्दैछु

हत्केलामा दिल् राखी शहर निस्कें
शहरमा आफु जस्तै दानी खोज्दैछु

खै कस्तोमा नजर बस्यो उहिल्यै
कबिता  गजल छानी छानी खोज्दैछु

नारा बनेनन्

पसिना बगे फांटमा चारा बनेनन्
बिरोधका मेरा शब्द नारा बनेनन्

तम्सिएको थिएं म कथित युद्धमा
हतियार जो उठाएं आरा बनेनन्

शालिनतामा उडाई प्राण पखेरु ति
आषा थिए आकाशमा तारा बनेनन्

युगौंजो प्यासी संसार यथावत् रही
महल् सदरमुकाममा धारा बनेनन्

निभाउनु पर्ने कर्तब्य् अधिकार् अनि
भुलें बाचा ति अभि´भारा बनेनन्



केही शेर

तिम्रो खुशीको लागि म रुन तयार छु
सत्य! जूनको दाग त धुन तयार छु

धुवाँ र धुवाँमै अल्झेको छु भने यहाँ
हेर्छौ दन्केको त्यो आग छुन तयार छु

मरेर बाँचेको जो, कहानी धेरै सुनायौ
भन,जिउंदो लास् हुँ, पुन: तयार छु

आखिर तिमी आफ्नो मान्छे चिमोटे सहिन्छ
दिलमा राज गर्दै घाटी,, निमोठे सहिन्छ

बाडुल्की लगाउनेले छिट्टै, भेट्न आए हुन्थ्यो
धमिलिए पिरतीका रेखा, मेट्न आए हुन्थ्यो

Monday, December 15, 2014

गजल भरोषा छ

बेइमानी को हैन मेरो प्यारको भरोषा छ
जवानी सँगै बिताएको, यारको भरोषा छ

पहिराएका तिनै फूल, एउटै धागो भरी
ओइलिएर झरे पनि, हारको भरोषा छ

तुषारोले खायो लेक् खडेरिले बारी त्यस्तै
आखिर उनै गहिरिखेत्, टारको भरोषा छ

सम्हालेको जोवन अनि उन्कै नाम् ओठ्मा
उसले नै गाडी  छाडेको, बारको भरोषा छ

उल्टो छुरा चाहे तरबार् मेटिदैनन् सम्झना
पवित्र हाम्रो पिरती कै, धारको भरोषा छ

नखोज गजल

कागजको डुङ्गामा सागर, तर्न नखोज
हरिया लहरा मा पहाड, झर्न नखोज

उम्रलान एकाध पिपल, पर्खाल्´मा कतै
भन्दै ढुङ्गामा तीलका बिउ, छर्न नखोज

हिजो धानेको थियो कदम, भिरमा पत्थर्´ले
त्यही पत्थरमा आज भर, पर्न नखोज

उम्लिय पछी पोखिन्छ नै, सर्ब ज्ञान जो
उम्लिएको पुरा गर्न टिपी, भर्न नखोज

भूलाउने झूलाउने कस्तो, माया प्रिती यो
जानिजानी यो माया जालमा, पर्न नखोज

देश प्रति समर्पित गजल

केवल जात होइन मान्छे, ईमान बचाउ आज
मेटिदै गएको नेपालीको,पहिचान् बचाउ आज

नदिनाला त ओरालो लागे, हिमाल पग्लदै छन
स्वयम्भूका ति आँखा बुद्धका,मुस्कान बचाउ आज

भिर पाखा पखेरामै मात्र, सकिने भो हाम्रो रगत
लिलाम मा हाम्रो राष्ट्रियता, सम्मान बचाउ आज

प्राणभन्दा प्यारो छ, भन्थ्यौ हाम्रो देश हाम्रो नेपाल
रातो र चन्द्रसुर्य अंकित, जंगी निशान् बचाउ आज्

लड्नु पर्दैन सिमानामा,कर्तब्यको बाटोमा केबल
सहिदका सारा सपना र, बलिदान् बचाउ आज  



Sunday, December 14, 2014

गजल छैन अझै

मायामा हार खाएँ, हारेको छैन अझै
पूरानै हो त्यो डेरा, सारेको छैन अझै

कबिता लेख्दिन त, कलम भाचियो नि
अरुले झै जून् तारा, झारेको छैन अझै

जग्गे आँगनमा ऊ, चँदुवा च्यातियो कि
पन्डित ले लगन, टारेको छैन अझै

अँगालो अझै छ् खाली, सम्हाल मलाई लौ
कसम तिम्रो माया, मारेको छैन अझै  

जवानी घर्कियो सानु गीत


छाती चर्कियो मेरो, जवानी घर्कियो सानु
सम्झेर हो कि सायद पानी सर्कियो सानु

रुन्न भन्दा भन्दै पनि,याद्ले चिमोटे पछी
रोक्न सकिन आँखाका नानी, दर्कियो सानु

मधुशाला छिर्दिन भन्थें, आईन्दा कहिल्यै  
कुरा बुझ आँफै त्यही बानी, फर्कियो सानु

नयाँ दिन नयाँ उज्यालो, आफ्नो त भएन
साँझरात् सपनी झै बिहानी, झर्कियो सानु

छाती चर्कियो मेरो, जवानी घर्कियो सानु
सम्झेर हो कि सायद पानी सर्कियो सानु

Tuesday, December 9, 2014

गजल चिहान भएन

रात कट्यो मेरो, बिहान भएन
उनको त्यो हात, सिरान भएन

किटानी जाहेरी, मायाकै अदालत्
फर्छ्यौट् हुन्थ्यो कि, बिधान भएन

पूर्व र पश्चिम, उत्तर दक्षिण
मिल्ला तर हाम्रो, मिलान भएन

मर् भूमिको यात्रा,अन्योल छ बाटो
मरुद्धान् भेटियो, मूहान भएन  

जिउँदो लास् आफ्नै, मलामी तयार
आज यो शहरमा, चिहान भएन

गीत हुन्छु सङ्गी

थाहा छैन किन कस्को, पर्खाइमा हुन्छु सङ्गी 
एकान्त नै प्यारो अनि, झर्काइमा हुन्छु सङ्गी 

निदरी ले चाडै छोड्छ, झिस्मिसे अन्ध्यारोमै
दिन भरी मिठा याद, मर्काइमा हुन्छु सङ्गी 

भञ्ज्याङको चौतारीमा, प्यास भुल्दै दिन बित्छ
गोधुलिमा प्यास मेट्दा, सर्काइमा हुन्छु सङ्गी

कोही आई लगे हुन्थ्यो, डोली चढि जाने रहर्
बैन्श मेरो लाली जोवन्, घर्काइमा हुन्छु सङ्गी 

बिहानी´को सिर्सिरे´ले, पछ्यौरी उडाइ लान्छ
सावन् भन्दा पहिले नै, दर्काइमा हुन्छु सङ्गी

गजल नेपालीले

क्रान्तिमा रगत का भल्, देखेकै हुन् नेपालीले
सिम्हाशनमा तिम्रा छल्, खेपेकै हुन् नेपालीले

पुस्तक हैन भ´रु´वा, बन्दुक बोक् नानीहरु
आङ्गनमा लाशका पल्, टेकेकै हुन् नेपालीले 

नाला पानी लडेकै हुन्, गोर्खालीले ईतिहासमा
अनेक्ता मा एकता बल्, गरेकै हुन् नेपालीले

छेपारे राजनीति अब्, तिलान्जली दिए उत्तम्
सम्सदमा सदैब कल्, छेकेकै हुन् नेपालीले

आज फेरि किन गर्छौ, त्यहि युद्धका कुरा तिमी
शान्तिशान्ति शान्तिका जल्, लेपेकै हुन् नेपालीले

Monday, December 8, 2014

गजल धीत जिन्दगीको

लौन जाने सिकाइ देउ, गीत जिन्दगीको
बिन्ती माने चिनाइ देउ, मीत जिन्दगीको

चलन रैछ भिन्न भिन्न, नौलो शहर यहाँ  
आफ्नै सम्झि बुझाई देउ, रीत जिन्दगीको

भोक होकी प्यास जीवन, नमेटिने कस्तो 
सके आजै मेटाइ देउ, धीत जिन्दगीको

बन्धन भन्छन संसार, बाधिनु नै पर्‍यो
कथा मेरो सुल्झाइ देउ, प्रीत जिन्दगीको

असफल भयो आफन्त, बाटो भुले पछी
धेरै हारे देखाई देउ, जित जिन्दगीको

श्रीभक्त पौडेल आफन्त
स्पेन
 

कबिता अर्को नाटक मन्चन गरौ

आउ आज यहाँ अर्को,
नाटक मन्चन गरौ
म पर्दा उघार्न चाहन्छु
धेरै बोल्यौ नेपथ्यमा,
यो नाटक कुनै कोरा कल्पनामा
लेखिएको होइन र छैन पनि
यो तिम्रै नाटक हो
जहाँ म र म जस्तै
दर्शक छन्,
जो निरिह प्राणी हुन्
ढुङ्गा मुढा त परै जावस
बिरोधका कुनै गुन्जाइस हुने छैन।

आउ आज यहाँ अर्को,
नाटक मन्चन गरौ
आज,जहाँ तिमी
आँफै सूत्राधार हुन्छौ 
पटकथा तिम्रा,
त्यसैले,
सच्याउ सकेजति
तिम्रा आफ्ना सम्बादहरु
किन कि
कर्तब्यबाट त तिमी
बिमुख भैसकेका छौ।
नडराउ यहाँ तिमी, परिपक्क छौ
सम्बाद बोल्न त तिमी पोख्त पनि।

आउ आज यहाँ अर्को,
नाटक मन्चन गरौ


 

गीत बुझ्न चाहन्छु

जानेर होइन, नजानी नजानी
प्रेमको तलैयामा, डुब्न चाहन्छु
फरक लगाए, परिभाषा मान्छेले
जीवन् को शब्दार्थ, बुझ्न चाहन्छु

पिउने निहुँ त,कती छन, कती
नशा हो यो, के त सोध्न चाहन्छु
नरोक आज भो, उजाड् यो संसार
बेहोशीको सावन् मा,रुझ्न चाहन्छु 

थाकेको छैन म, बोकेर जिन्दगी
दुई´चार् मुठा अझै, थप्न चाहन्छु
आशू र रोदन, छातीको यो पिडा
थप्दे भगवान लौ, खप्न चाहन्छु  

एस बि पौडेल ¨आफन्त¨
स्पेन


Friday, December 5, 2014

गजल लत् बस्यो शराबमा

नराम्रो लाग्छ् आँफैलाई, लत् बस्यो शराब मा
बर्बाद् हुने हो कि छिट्टै, जग् बस्यो धराप मा

दिन्न दोश् यो भाग्यलाई, बेवकुफ् हुँ म आँफै
धारेहात् लाउँदा लाउँदै, खत् बस्यो निधार् मा

उँभो लाग्छु भन्दा आज उँधो उँधो सर्की जान्छु
लड्दा ताली बजाउनेको, घत् बस्यो सराप मा 

¨आगे होते चेते नही, पिछे चेते होते नही¨
रहरले हो कि करले हो, मत् बस्यो खराब मा

नराम्रो लाग्छ् आँफैलाई, लत् बस्यो शराब मा
भन्नु पनि लाजै मर्दो, धत् बस्यो शराबमा

- मत् - मती बिग्रनु

Wednesday, December 3, 2014

गजल जिन्दगीले भुट्यो हजुर

सारङ्गीको तार छुट्यो, भाग्यले नै कुट्यो हजुर
एेना सरि चर्किएरै, भाग्य मेरो फुट्यो हजुर

ज्यान मेरो झ्याल रोज्ने भाग्य मेरो खरानी मा
दोश दिन्न यो दुनियाँ, समयले लुट्यो हजुर 

हिजोसम्म सोध्नेहरु, सन्चो बिसन्चो केछ भनी
कमाउन नसक्नाले, आऊ जाऊ टुट्यो हजुर

पर्खिएर लैजानेले, दोबाटो मा एक्लै पर्‍यो
संसार् को जीवन गाडी, मेरो भने छुट्यो हजुर

झिल्को खोज्दा मुस्लो भेटे, रुमल्लिए धुवा भित्र
भाग्दा भाग्दै आज यहाँ, जिन्दगीले भुट्यो हजुर

राम काहानी

लेखेर सकिन्नन् मेरा, राम कहानी
गनेर सकिन्नन् सारा, दाम कहानी

भौतारिदै बिते हजुर, कैयौ बषन्त
मेटेर सकिन्नन् प्यारा, आम कहानी

नभेटेका होइनन् मैले, प्रेम पत्र ती
सुनेर सकिन्नन् आधा, खाम कहानी

रित्तिन्नन् मधुशाला यी, पिएर त हेर्
भनेर सकिन्नन् धारा, जाम कहानी

ब्यस्त आफन्त सधैं, कहलिन्छ लट्ठक्
गरेर सकिन्नन्, मेरा काम कहानी

भनेर सकिन्नन् सारा राम काहानी



Tuesday, December 2, 2014

गजल है सानु

मन् बहकिदा, भुलाउ है सानु
काखमा राखी, झुलाउ है सानु

बिहानीमा घाम, रातमा ती तारा
नजर् मा सधैं, फूलाउ है सानु

आशुको पर्खाल् बन्न सक्ला कतै
म् आउने बाटो, खुलाउ है सानु

प्रेमको बगान् चुम्दै शिखर त्यो
विश्वाश् ले तिमी चुलाउ है सानु

तिम्रो ¨आफन्त¨ तिम्रै शहरमा 
आउँदै छ् भोलि बुलाउ है सानु

झुर भो साथी

हिजोको साँझ झुर भो साथी 
नपिउने आज् सुर भो साथी

मौषमको बहाना मिल्दामिल्दै
योज्ना चकना चुर भो साथी  

सानो कामले बाहिर् निस्केको
यो मुटु थुर, थुर भो साथी

नजर्´ले दिन्थिन् भरेर प्याला
त्यही ईशारा, घुर भो साथी

कौशिमा बस्दै लुकामारी खेल्ने
शरद् को जून, दुर भो साथी





गजल ऊनी प्यारी

गाउँदिन गीत् जूनको, जून भन्दा ऊनी प्यारी
गास्दिन प्रित् फूलको, फूल भन्दा ऊनी प्यारी

पर्खाइमा जूनी बितोस्, यादै काफी मेरा लागि
लेख्दिन चीठी खूनको, खून भन्दा ऊनी प्यारी

मिर्मिरेमा झिस्मिसे´मा, गोधुली र मध्यान्हमा 
झार्दिन म आशु भूलको, भूल भन्दा ऊनी प्यारी

बाचा कसम् भन्दा ठूलो, विश्वाश् मैले जिती सके
खादिन म कसम् सूनको, सून भन्दा ऊनी प्यारी

गाउँदिन गीत् जूनको, जून भन्दा ऊनी प्यारी
गास्दिन प्रित् फूलको, फूल भन्दा ऊनी प्यारी

गास्दिन प्रित् फूलको, फूल भन्दा ऊनी प्यारी
गाउँदिन गीत् जूनको, जून भन्दा ऊनी प्यारी

गजल जल्दैछ यो देश कतै

रूदैछ यो देश कतै,  ढल्दैछ यो देश कतै
उभिनै नसक्ने छाट्मा, गल्दैछ यो देश कतै

असहमतिको खेति, बार्ता बार्ता भन्दा भन्दै
छक्किदै छन जनता, चल्दैछ यो देश कतै 

रोपेर बिष ब्रिक्ष जो, फल्दैन यहाँ अमृत
ओकल्दै पूर्व पश्चिम, फल्दैछ यो देश कतै

नमेटिदै पूराना ति, युद्धका महान बाणी
भित्ताभित्तामा रगत, दल्दैछ यो देश कतै

फुकेर आगो सत्ताको, ताप्दैछन् महामहिम
देखेर मुस्लो धुवाको, जल्दैछ यो देश कतै  


Monday, December 1, 2014

भिजेको मुढोमा आज फेरि,

कबिता

भिजेको मुढोमा आज फेरि,
कोही बन्चरो चलाऊदै छन्
कोही सलाई कोर्दै छन्,
यद्धपि थाहा छ,
मुढो सल्कने छैन,
बर्षौ देखि मिल्किएको
लेउ र च्याउले राज गरेको मुढोमा
आज उनलाई जाडो भयो भन्दैमा
किन पो सल्किन्थ्यो र आगो?

कैयौ हिउँद गयो
कैयौ गृष्म गयो
निर्जिब मुढोलाई कसैले चाहेन
पुगेको थियो सबैलाई।
आज एकाएक जाडो बढ्यो भनेर
कोही राको लिएर तम्सिएका छन् भने
कोही खरका मुठा।
समयको अन्तरालमा सबैले बिर्सिएको मुढो
आँफैमा साउनको झरिले केही गलेको छ
तर ओशिएको छ, चिसिएको छ
लेउले आफ्नो हिरिन प्राणलाई छोप्दै छ
कयौ धमिराहरु हुर्के वही
च्याउले आफ्नो बन्श बढायो वही
कसैले एक पटक चियाएनन्,
तर आज उनको घर चिसो भयो भन्दैमा
तो ओसिएको मुढोमा
झिल्का झोस्दै छन्
पटक पटक मक्किएका चरहरुमा
सितका कणहरुले अर्को आयाम थप्दै थियो
आज एक्कासी मान्छे
बन्चरो,आगो,खर
कोही कोही त महँगो मट्टितेल
हातमा बोकेर निस्किएका छन्
त्यो बेबारिसे मुढो
चिर्न, काट्न,आगो सल्काउन
सबै बेग्र छन् फुटाउन,,

भिजेको मुढोमा आज फेरि,

अझ अचम्म के छ भने
मान्छे युगौ सबैको बेवास्थामा
मिल्किएको मुढो माथि
हुकुमत चलाऊन खोज्दैछन्
स्वामित्व खोज्दैछन्
होइन भने सबैको एक मत
आगो फुकौ र तापौ
अनि खरानी भाग लगाऔ।

दाउरा न सही आगो
आगो न सही राप
राप न सही खरानी।

भिजेको मुढोमा आज फेरि,

श्रीभक्त पौडेल ¨आफन्त¨
चितवन रामपुर
हाल स्पेन




 

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...