Monday, December 22, 2014

गीत चुल्बुल चुल्बूल हुन्छ

मन चोखो भए, पलांश पनि फूल हुन्छ
पापीमन् चुल्ठोको गूरांश पनि धूल हुन्छ

बषन्तमा मग् मगाएका बेली चमेली ति
आजै यो चुल्ठो नसजाए भोलि भूल हुन्छ

धड्कन्छ मुटु चिरिन्छ छाती मायामा यहाँ
नबुझ्दा त्यही धड्काइ, पनि त शूल हुन्छ

नआत्तिय नमात्तिय,यो बैन्श तिम्रै हो नि
बहकिन्छ मन् यहिं, चुल्बुल चुल्बूल हुन्छ

भिडभाड् बाट टाडै बस रस चुस्न खोज्छन्
सम्हाल आँफै लाई, भमरा को हूल हुन्छ




No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...