Thursday, December 25, 2014

गजल नबोक

धर्मको निहुँमा, पाप नबोक
खाली छ भने´नी, दाप नबोक

जल्नेछौ उँड्नेछौ, खरानी बनी
त्यसैले त बिन्ती, राप नबोक

दलदल हो त्यो, निस्कन गार्हो
लोभ् इर्श्या मोहको, ढाप नबोक

ठुलो छ परन्तु, सुन्य संसार
लानु केही छैन, नाप नबोक

दिनु नै पहिले, मिठो बचन
ओठको मुस्कान, श्राप नबोक 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...