Monday, December 15, 2014

नखोज गजल

कागजको डुङ्गामा सागर, तर्न नखोज
हरिया लहरा मा पहाड, झर्न नखोज

उम्रलान एकाध पिपल, पर्खाल्´मा कतै
भन्दै ढुङ्गामा तीलका बिउ, छर्न नखोज

हिजो धानेको थियो कदम, भिरमा पत्थर्´ले
त्यही पत्थरमा आज भर, पर्न नखोज

उम्लिय पछी पोखिन्छ नै, सर्ब ज्ञान जो
उम्लिएको पुरा गर्न टिपी, भर्न नखोज

भूलाउने झूलाउने कस्तो, माया प्रिती यो
जानिजानी यो माया जालमा, पर्न नखोज

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...