Tuesday, December 16, 2014

नारा बनेनन्

पसिना बगे फांटमा चारा बनेनन्
बिरोधका मेरा शब्द नारा बनेनन्

तम्सिएको थिएं म कथित युद्धमा
हतियार जो उठाएं आरा बनेनन्

शालिनतामा उडाई प्राण पखेरु ति
आषा थिए आकाशमा तारा बनेनन्

युगौंजो प्यासी संसार यथावत् रही
महल् सदरमुकाममा धारा बनेनन्

निभाउनु पर्ने कर्तब्य् अधिकार् अनि
भुलें बाचा ति अभि´भारा बनेनन्



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...