Friday, December 26, 2014

जिवित देश (कबिता)

कलम एक्कासी रिसायो
कती घोट्छस ए मलाई भन्दै
तेरो त अस्तित्व छैन छैन
मेरो निब र मसीको
तँ किन अपमान गर्दै छस्?
भाँचेर मिल्काइदे बरु
न बाँस न बाँसुरी,,
कसले सुन्छ ए तेरा
कबिताका अक्षरहरु
कतै मुल्यन अबमुल्यन हुँदैनन् भने
किन लेख्छस् तँ कबिता?
कागज पनि हो मा हो मिलाउदै
बम्किन थाल्यो म सँग
हो, हो आखिर किन
मैलाउँछस् सेता पानाहरु
रहन दे मलाई सेतै
म बराखी नै मनाउछु बरु
किन कि तेरा शब्दहरु
कसैले पढ्दैनन् यहाँ
खेर जांदैछु म अनि खेर जाँदैछन् तेरा
कबिताका हरफहरु,
बस! के चाहियो र
मेरा टेबल कुर्ची कोठा सबै
बम्किन थालछन्।

आँफैलाई चिथोर्छु, कोपर्छु
आफ्नै अनुहार क्षत् बिक्षत् पार्छु
तर एक शब्द फर्काउन्न
मेरा कलम कापी कुर्ची टेबल र कोठा प्रति
यद्धपी आफ्नै जीवन सङ्गिनी
नमिठो हांस्छिन्
मेरो परिस्थितीमा,

हुन पनि के दोश छन् र?
मेरा कलम कापी टेबल कुर्चिहरुको
अमुक सोचेर निर्बाध घोटिरहन्छु
निर्जिबहरु माथि एक्लो हैकम चलाऊछु,
थाहा थिएन एक दिन
यिनै म माथि जाइलाग्छन् भनेर।

अनि सोच्छु यि निर्जिबहरु त
म सँग सन्तुस्ट छैनन् भने
यो जिवित देश
म सँग कति असन्तुस्ट छ होला??
-------------------
El viernes, 26 de diciembre, 2014



No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...