Monday, December 15, 2014

देश प्रति समर्पित गजल

केवल जात होइन मान्छे, ईमान बचाउ आज
मेटिदै गएको नेपालीको,पहिचान् बचाउ आज

नदिनाला त ओरालो लागे, हिमाल पग्लदै छन
स्वयम्भूका ति आँखा बुद्धका,मुस्कान बचाउ आज

भिर पाखा पखेरामै मात्र, सकिने भो हाम्रो रगत
लिलाम मा हाम्रो राष्ट्रियता, सम्मान बचाउ आज

प्राणभन्दा प्यारो छ, भन्थ्यौ हाम्रो देश हाम्रो नेपाल
रातो र चन्द्रसुर्य अंकित, जंगी निशान् बचाउ आज्

लड्नु पर्दैन सिमानामा,कर्तब्यको बाटोमा केबल
सहिदका सारा सपना र, बलिदान् बचाउ आज  



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...