Monday, December 8, 2014

गजल धीत जिन्दगीको

लौन जाने सिकाइ देउ, गीत जिन्दगीको
बिन्ती माने चिनाइ देउ, मीत जिन्दगीको

चलन रैछ भिन्न भिन्न, नौलो शहर यहाँ  
आफ्नै सम्झि बुझाई देउ, रीत जिन्दगीको

भोक होकी प्यास जीवन, नमेटिने कस्तो 
सके आजै मेटाइ देउ, धीत जिन्दगीको

बन्धन भन्छन संसार, बाधिनु नै पर्‍यो
कथा मेरो सुल्झाइ देउ, प्रीत जिन्दगीको

असफल भयो आफन्त, बाटो भुले पछी
धेरै हारे देखाई देउ, जित जिन्दगीको

श्रीभक्त पौडेल आफन्त
स्पेन
 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...