Thursday, December 25, 2014

गजल $$$ $$ $$ $$$

बोलेको बोल्यै, कुरा पुरानै
उधायौ कस्तो, छुरा पुरानै

धक्का दीयौं भो, गोरु चुट्यौहै
तिम्रो गाडाको, धुरा पुरानै

धम्की डिङ्गाको, झिङ्गा मारेनौ
चाला त्यो खुट्टी, लुरा पुरानै

सम्हालेको छौं, थुप्रो बिशाल
धागोमा पोते, चुरा पुरानै

गल्ती हाम्रै हो, झुक्कीयौं फेरी
नौलो प्याला मा, सुरा पुरानै



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...