Monday, December 22, 2014

गजल जनतालाई

आखिर देखाइ छाड्यौ, कुरी जनतालाई
भकारी भर्यौ खै मुठी- मुरी जनतालाई

सत्ता पनि समालेकै हौ, मौका पाएकै थियौ
नदेखाउहै आम् हड्ताल् को, छुरी जनतालाई

चेतिसक्यौं देखिसक्यौं, तिम्रा आन्दोलनहरु
थाहा छ् पूराना तिनै, चुरी फुरी जनतालाई

बन्दुक् बोक्नु छैन, रोजीरोटी गरीखान पाउँ
बोक्दैनन् तिम्राझन्डा, नहेर् घुरी जनतालाई

कहिले थाक्छौ र?झूटोबोल्न थाल लेख्न एेन
कति उफ्रन्छौ माथि माथि, पुरी जनतालाई



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...