Wednesday, December 3, 2014

गजल जिन्दगीले भुट्यो हजुर

सारङ्गीको तार छुट्यो, भाग्यले नै कुट्यो हजुर
एेना सरि चर्किएरै, भाग्य मेरो फुट्यो हजुर

ज्यान मेरो झ्याल रोज्ने भाग्य मेरो खरानी मा
दोश दिन्न यो दुनियाँ, समयले लुट्यो हजुर 

हिजोसम्म सोध्नेहरु, सन्चो बिसन्चो केछ भनी
कमाउन नसक्नाले, आऊ जाऊ टुट्यो हजुर

पर्खिएर लैजानेले, दोबाटो मा एक्लै पर्‍यो
संसार् को जीवन गाडी, मेरो भने छुट्यो हजुर

झिल्को खोज्दा मुस्लो भेटे, रुमल्लिए धुवा भित्र
भाग्दा भाग्दै आज यहाँ, जिन्दगीले भुट्यो हजुर

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...